काठमाडौं- सरकारी चिकित्सक संघ (गोदान) ले गैरजमानती हिरासतको कानुन ल्याउन सरकारसँग माग गरेको छ।
गोदानले आज प्रेस विज्ञप्ति जारी गरी कोरोनाको उपचारमा खटिएका चिकित्सकमाथि विभिन्न दुर्व्यवहार तथा कुटपिट हुने गरेको भन्दै गैरजमानती हिरासतको कानुन ल्याउन माग गरेको हो।
चिकित्सा सेवा ऐनको व्यवस्था गर्न, स्वास्थ्यमा कूल बजेटको कम्तीमा १० प्रतिशत छुट्याउन, चिकित्सकहरुको तलब तत्काल विश्व स्वास्थ्य संगठनको चलनचल्ती बमोजिम वृद्धि गर्नुपर्ने लगायत माग गोदानले पुनः अघि सारेको छ।
विपद्को यो समयलाई अवसरको रुपमा परिणत गर्दै यी मागहरु पूरा गर्नुपर्ने गोदानको भनाइ छ। गोदानले कोरोनाको उपचारका लागि आफूहरु सधैं अग्रपंक्तिमा रहेर काम गर्ने प्रतिवद्धता समेत व्यक्त गरेको छ।