नेपालमा दक्ष स्वास्थ्य जनशक्ति एवम् पोष्ट ग्राजुयट अध्ययनको कमी भएको अवस्थामा वि.सं. २०५९ सालमा अध्यादेश मार्फत स्थापित भई वि.सं. २०६३ सालमा चिकित्सा विज्ञान राष्ट्रिवय प्रतिष्ठावन ऐनबाट सञ्चालन भई आज हामी २२ औ वर्ष पूरा गरेका छौं। यो प्रतिष्ठान देशकै सबैभन्दा पुरानो र ठूलो अस्पताल वीर अस्पतालको जगमा सुरु भएको हो। यसका मुख्य उद्देश्यनै स्वास्थ्य क्षेत्रमा दक्ष तथा उच्च स्तरीय जनशक्ति उत्पादन गर्ने, सर्वसाधारण जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने र स्वास्थ्य क्षेत्रमा अनुसन्धान गर्ने रहेको छ।
यसै अनुरुप चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानबाट एमडी/एमएस, डिएम, एमसिएच, नर्सिङ, एलाइड हेल्थ साइन्सका विभिन्न ६८ शैक्षिक कार्यक्रम तथा तालिम रहेको र हाल १००० जना हाराहारी तालिममा छन् भने ३२४६ जनाले तालिम प्राप्त गरिसकेका छन्। उक्त तालिम वीर अस्पताल, राष्ट्रि य ट्रमा सेन्टर लगायत काठमाडौं उपत्यकाका परोपकार प्रसूती तथा स्त्री रोग अस्पताल, नेपाल आँखा अस्पताल, कान्ति बाल अस्पताल, मानसिक अस्पताल, तीलगंगा आँखा अस्पताल, शहिद गंगालाल राष्ट्रि य हृदयरोग केन्द्र त्यस्तै काठमाडौं उपत्यका बाहिरका भरतपुर अस्पताल, रण अम्बिका आँखा अस्पताल, विराटनगर आँखा अस्पतालबाट सञ्चाबलन भइरहेको छ।
प्रतिष्ठान तथा सम्बद्ध अस्पतालहरुबाट तालिम प्राप्त चिकित्सक तथा स्वास्थ्यकर्मीहरु देशका विभिन्न सरकारी, गैरसरकारी तथा अन्य अस्पतालहरुमा गएर आम नागरिकहरुलाई सेवा दिइरहेको अवस्था छ। जसले देशको स्वास्थ्य सेवालाई गुणस्तरीय र सर्वसुलभ बनाउन महत्वपूर्ण भूमिका खेलेका छन्। प्रतिष्ठाोनबाट अध्ययन पूरा गरि गएका १३६ जना विदेशी चिकित्सकहरुले भारत, माल्दिभ्स, म्यान्मार, भुटान, श्रीलंका, कम्बोडिया, इस्टटिमोर तथा इरिटीयामा सेवा दिइरहेका छन्।
त्यस्तै विभिन्न स्वास्थ्यका विषयमा अनुसन्धान भइरहेको र देश विदेशका संघ संस्थाहरुसँग समन्वय गरि अनुसन्धानका कामहरु भइरहेका छन्। विभिन्न विदेशी विश्विविद्यालयहरुसँग पनि सम्झौता गरि अध्ययन अध्यापनलाई गुणस्तरीय र समय सापेक्ष बनाउने कोशिश गरिएको छ ।
देशको आवश्यकता, संविधानले प्रत्याभूत गरेको स्वास्थ्य सम्बन्धी हकलाई कार्यान्वयन गर्न पनि अझै धेरै स्वास्थ्य क्षेत्रमा जनशक्ति आवश्यकता रहेको छ जुन कुरा चिकित्सा शिक्षा आयोगले गरेको अध्ययन साथै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको आँकलनमा समेत आइसकेको छ । यसका लागि पनि चिकित्सा विज्ञान राष्ट्रि य प्रतिष्ठाकनले अझै धेरै नयाँ नयाँ विषयहरुमा तालिम, अध्ययनर अनुसन्धान गराउनुपर्ने अवस्था देखिन्छ।
हामीसँग भएका भौतिक पूर्वाधार र जनशक्तिको अधिकतम उपयोग साथै देशलाई आवश्यक चिकित्सक उत्पादन गर्न पनि हामीले आगामी आर्थिक वर्षबाट एमबीबीएस कार्यक्रम सुरु गर्ने तयारीमा छौं। सम्माननीय प्रधानमन्त्री एवम् कुलपतिज्यूबाट यसलाई कार्यान्वयनमा लग्न आवश्यक सहयोग प्राप्त हुने नै छ। भरतपुर अस्पताल चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानकै शैक्षिक आंगिक अस्पताल रहने नेपाल सरकार, मन्त्रीपरिषदबाट निर्णय भइसकेको अवस्था छ। उक्त अस्पतालमा पनि हामीले एमडी एमएसको शैक्षिक कार्यक्रम सञ्चापलन गरिरहेका छौं।उक्त अस्पतालमा एमबिबिएस कार्यक्रम पनि सञ्चालन गर्न सकिने अवस्था छ ।
हाल चिकित्सा विज्ञान राष्ट्रि य प्रतिष्ठा्नको आफ्नै अस्पताल वीर अस्पताल रहेकोमा यसलाई सेवा सुविधा विस्तार गर्न नेपाल सरकारबाट ५७० रोपनी जग्गा दुवाकोट प्राप्तस भएको छ। उक्त स्थानमा १५०० बेडको सुपर स्पेसियालिटी अस्पताल सहित मेडिकल कलेज, नर्सिङ कलेज तथा अन्य एलाइड हेन्थ साइन्सका कलेजहरुका साथै आवास गृह बनाउने योजना सहित गुरुयोजना पनि बनि सकेको अवस्था छ। उक्त गुरुयोजनालाई तीन चरणमा पूरा गर्ने गरि पहिलो चरणको ५०० बेडको अस्पताल र मेडिकल कलेज तत्काल बनाउनुपर्ने आवश्यकता महसुस गरि सम्बन्धित निकायहरुसँग समन्वय गरिरहेका छौं।
हाल चिकित्सा विज्ञान राष्ट्रि य प्रतिष्ठानन ऐनलाई संशोधन गर्न केही नेपाल ऐन संशोधन अगाडि बढेको अवस्था छ। दुवाकोटको अस्पताल बनाएर अध्ययन अध्यापनलाई नियमित गरेर मात्र उक्त संशोधन भएमा चिकित्सा क्षेत्रमा आवश्यक जनशक्ति उत्पादनमा सहज हुने कुरा पनि अनुरोध गर्न चाहन्छु।
-(चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति प्राडा भुपेन्द्र बस्नेतले २२औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा व्यक्त गरेको मन्तव्यको अंश)