काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा गौतम र नेपालका लागि जापानका राजदूत महामहिम माइदा तोरुबीच आज एक शिष्टाचार भेट सम्पन्न भयो। पारस्परिक सद्भावपूर्ण वातावरणमा सम्पन्न उक्त भेटमा नेपाल–जापानबीचको स्वास्थ्य सहकार्यका विषयमा महत्वपूर्ण छलफल भएको मन्त्रालयले जनाएको छ।
मन्त्री डा गौतमले जापानले विगतदेखि नै नेपालप्रति देखाउँदै आएको सहयोगप्रति विशेष आभार प्रकट गरिन्र भूकम्पदेखि कोभिड–१९ महामारीसम्मका चुनौतीपूर्ण क्षणमा जापानले उपलब्ध गराइ आएको सहयोग, साथै कान्ति बाल अस्पताल, वीर अस्पताल र त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको भौतिक पूर्वाधार निर्माणमा पुर्याएको योगदानप्रति उनले धन्यवाद व्यक्त गरिन्।
छलफलका क्रममा मन्त्री डा गौतमले नेपालका प्राथमिकतासहितका स्वास्थ्य क्षेत्रका एजेन्डा प्रस्तुत गर्दै मातृ–शिशु स्वास्थ्य, मानसिक स्वास्थ्य, स्वास्थ्य बीमा, राष्ट्रिय औषधी प्रयोगशालाको परीक्षण क्षमता वृद्धि तथा जापानमा रहेका नेपाली श्रमिकको स्वास्थ्य सुरक्षाका विषयलाई विशेष महत्व दिइएको बताइन्। उहाँले यी क्षेत्रमा द्विपक्षीय सहकार्य अझ मजबुत बन्ने अपेक्षा व्यक्त गरिन्।
राजदूत तोरुले पनि नेपालको स्वास्थ्य पूर्वाधार सुदृढीकरणका लागि जापान निरन्तर साथ दिन इच्छुक रहेको बताउँदै विशेषगरी राष्ट्रिय औषधी प्रयोगशालाको क्षमता विस्तार तथा जापानमा कार्यरत नेपाली श्रमिकहरूको स्वास्थ्य प्रवर्द्धन, परीक्षण तथा उपचारमा सहयोग गर्न सकिने स्पष्ट पारेर
दुवै पक्षले विगतको सफल सहकार्यलाई अझ प्रभावकारी र दीगो बनाउदै आगामी दिनमा स्वास्थ्य क्षेत्रमा नयाँ परियोजना र साझेदारीका ढोका थप खुल्ने विश्वास व्यक्त गरेका छन्।