काठमाडौं- अटिजम केयर नेपाल सोसाइटीको अध्यक्ष डा सुनिता मलेकु अमात्य इन्सार अवार्डबाट सम्मानित भएङ्कि छिन्। उनी अन्तरास्ट्रिय अटिजम अध्ययन सोसाइटी (इन्सार)को अनुसन्धान तथा बहस अवार्डबाट सम्मानित भएकी हुन्।
अटिजम प्रभावित समुदायका सदस्य तथा अटिजमको क्षेत्रमा काम गरेर अटिजमको बारेमा सचेतना, अध्ययन र अनुसन्धान बापत उक्त अवार्ड प्रदान गर्ने गरिन्छ । डा मलेकु अमात्यले अटिजमको बारेमा गरेको अध्ययन अनुसन्धानले नेपालको अटिजमको क्षेत्रमा पुगेको योगदानको कदर गर्दै उक्त अवार्ड दिइएको हो।
सन् २०११ देखि यो सम्मान प्रदान गर्न सुरु गरिएको हो। यो अवार्ड २०११ मा पोर्टिआ इवर्सन, एरिक लन्डन, कारेन लण्डन र जो शेस्टाकले २०१२ मा टेम्पल ग्रान्डिन, २०१३ मा डेम स्टेफिन शिर्ले, २०१४ मा पिटर बेल, २०१५ मा मेरि बरुवा, २०१६मा थोमस इन्सेल, २०१७ मा अलिसन सिंगर, २०१९ मा डेबोराह हिलिब्राण्ड, २०२१मा जोह्न ए रोबिन्सन, २०२२ मा जेम्स एच साइमन्स र मर्लिन हावरिस साइमन्स, २०२३मा हाराल्ड निरल्यान्ड र २०२४ मा पिटर मुन्डील लाइफटाइभ अचिभमेन्ट र डा सुनिताले अध्ययन र बहश अवार्ड प्राप्त गरेका हुन्।