काठमाडौं– देशभर १० हजारभन्दा बढी कोरेना संक्रमित होम आइसोलेसनमा रहेका छन्।
बुधबार १६ हजार ६ सय ३९ जना संक्रिय संक्रमित मध्य १० हजार १ सय ८४ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मंन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार सबै भन्दा धेरै बाग्मती प्रदेशमा ७ हजार ५ सय २५जना होम आइसोलेसनमा छन्।
त्यस्तै प्रदेश १ मा १२४७, प्रदेश २ मा २७७, लुम्बिनी प्रदेशमा २८४, सुदूरपश्चिम प्रदेशमा २२६, गण्डकी प्रदेशमा ६२० र कर्णाली प्रदेशमा ६ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।