काठमाडौं– देशभर १० हजार भन्दा बढी कोरेना संक्रमित होम आइसोलेसनमा रहेका छन्।
सोमबार १६ हजार ६ सय ३३ जना संक्रिय संक्रमित मध्य १० हजार ९ सय ९८ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मंन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार सबैभन्दा धेरै बाग्मती प्रदेशमा ६ हजार ८ सय ५८ जना होम आइसोलेसनमा छन्।
त्यस्तै प्रदेश १ मा १७४८, प्रदेश २ मा ३१९, लुम्बिनी प्रदेशमा ७५९, सुदूरपश्चिम प्रदेशमा ४१६, गण्डकी प्रदेशमा ७९१ र कर्णाली प्रदेशमा १०७ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।