काठमाडौं– देशभर १० हजार ७ सय भन्दा बढी कोरेना संक्रमित होम आइसोलेसनमा रहेका छन्।
बुधबार १६ हजार ५ सय ४७ जना संक्रिय संक्रमित मध्य १० हजार ७ सय ४१ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मंन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार सबै भन्दा धेरै बाग्मती प्रदेशमा ६ हजार ७ सय ८८ जना होम आइसोलेसनमा छन्।
त्यस्तै प्रदेश १ मा १६२९, प्रदेश २ मा २९८, लुम्बिनी प्रदेशमा ६२४, सुदूरपश्चिम प्रदेशमा ५४५, गण्डकी प्रदेशमा ७४९ र कर्णाली प्रदेशमा १०८ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।