मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, असोज ८, २०८३
Thu, Sep 24, 2026
बिहीबार, असोज ८, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
स्तनपान गराइरहेका आमाहरूका लागि दुग्धवर्द्धक शतावरी चूर्णको महत्त्व
ध्यान दिनुपर्ने कुरा: यदि तपाईंलाई कुरिलो वा यसको प्रजातिको तरकारीबाट एलर्जी छ भने शतावरी प्रयोग नगर्नुहोला। कुनै पनि जडीबुटी वा पूरक आहार सुरु गर्नुअघि आफ्नो डाक्टर वा आयुर्वेद विशेषज्ञसँग सल्लाह लिनु सधैँ सुरक्षित हुन्छ।
बिहीबार, असार २५, २०८३
गर्मीमा के गर्ने र के नखाने?
गर्मी मौसममा सही खानपान, पर्याप्त पानीको सेवन, व्यक्तिगत सरसफाइ र घामबाट बच्ने बानी अपनाएमा विभिन्न स्वास्थ्य समस्याबाट बच्न सकिन्छ। स्वस्थ जीवनशैली अपनाउनु नै गर्मी मौसममा स्वस्थ र ऊर्जावान् रहने सबैभन्दा प्रभावकारी उपाय हो।
बिहीबार, असार २५, २०८३
नेपालको स्वास्थ्य क्षेत्रमा नर्वेको सहयोग निरन्तर रहने प्रतिबद्धता
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र नेपालका लागि नर्वेका राजदूत ड्याग्नी म्योसबीच बिहीबार मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ। भेटका क्रममा नेपाल र नर्वेबीचको द्विपक्षीय सम्बन्धका साथै स्वास्थ्य क्षेत्रमा भइरहेको सहकार्यलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको छ।
बिहीबार, असार २५, २०८३
महिलाले लुकाउँदै आएको समस्या: पेल्भिक अर्गन प्रोल्याप्स र यसको उपचार
सामान्य भाषामा यसलाई 'आङ खस्ने' वा 'पाठेघर झर्ने' समस्या भनेर चिनिन्छ। तर वास्तवमा यो समस्या पाठेघरमा मात्र सीमित हुँदैन। विभिन्न कारणले मूत्रथैली, पाठेघर वा मलाशयसमेत तल झर्न सक्छन्, जसले महिलाको दैनिक जीवन, आत्मविश्वास र जीवनस्तरमा गम्भीर असर पार्न सक्छ।
बिहीबार, असार २५, २०८३
बर्ड फ्लुको डर : विज्ञ भन्छन् - ‘राम्रोसँग पाकेको मासु र अण्डा खान डराउनुपर्दैन’
राम्रोसँग पकाइएको मासु र अण्डाबाट मानिसमा बर्ड फ्लु भाइरस नसर्ने सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन पनि पुष्टि गर्छन्। राम्रोसँग पकाइएको माछामासु निर्धक्कसँग खान सकिने जानकारी दिँदै उनले काँचो माछामासुको बिक्रीवितरण तथा ढुवानी गर्ने व्यक्तिहरूले भने विशेष सावधानी अपनाउनुपर्ने र काम गरिसकेपछि साबुनपानीले राम्ररी हात धुनुपर्ने बताए।
बिहीबार, असार २५, २०८३
शरीरमा पानीको कमी भएको कसरी थाहा पाउने?
हाम्रो शरीरमा ७२ प्रतिशत पानी हुने गर्छ। त्यसकारण हामीले पिउने पानीले हाम्रो शरीरमा रहेका मिर्गौला, कलेजो, फोक्सो, पाचन प्रक्रिया र शरीरका सबै अङ्गलाई सही तरिकाले काम गर्न अर्थात् हाम्रो शरीरमा रहेका कोषहरूलाई जीवित राख्न मद्दत गर्दछ।
बिहीबार, असार २५, २०८३
स्वास्थ्य सेवा व्यवस्थापनका लागि छुट्टै शैक्षिक कार्यक्रम र व्यवस्थापकको अनिवार्य नियुक्तिको माग
नेशनल ओपन कलेजद्वारा आयोजित '१३औँ राष्ट्रिय स्वास्थ्य सेवा व्यवस्थापन सम्मेलन' चार प्रमुख प्रस्तावहरू पारित गर्दै सम्पन्न भएको छ। असार २० गते सम्पन्न उक्त सम्मेलनमा नेपाल र भारतका गरी १६ जना स्वास्थ्य क्षेत्रका विज्ञहरूले स्वास्थ्य सेवा व्यवस्थापनका विविध समसामयिक विषयमा आफ्ना अनुसन्धानमूलक कार्यपत्रहरू प्रस्तुत गरेका थिए।
बुधबार, असार २४, २०८३
नारायणी अस्पतालमा ६ वर्षदेखि थन्किएको 'क्याथ ल्याब' जडान कार्य अन्तिम चरणमा
वीरगञ्जस्थित नारायणी अस्पतालमा लामो समयदेखि थन्किएर रहेको 'क्याथ ल्याब' मेसिन जडानको कार्य अन्ततः अन्तिम चरणमा पुगेको छ। वि.सं. २०७६ चैतमा खरिद गरिए पनि विभिन्न प्राविधिक तथा व्यवस्थापकीय कारणले हालसम्म उक्त मेसिन जडान हुन सकेको थिएन।
बुधबार, असार २४, २०८३
सिभिल अस्पतालमा औषधि खरिदमा अनियमितता: ८ कर्मचारीविरुद्ध झन्डै ३ करोडको भ्रष्टाचार मुद्दा
अख्तियारले अस्पतालको फार्मेसी शाखामा काम गर्ने आठ जनालाई २ करोड ९१ लाख ३४ हजार ५४७ रुपैयाँ ३७ पैसा बराबरको सार्वजनिक सम्पत्ति हानी–नोक्सानी पुर्याएको भन्दै विशेष अदालतमा आरोपपत्र दायर गरेको हो।
बुधबार, असार २४, २०८३
गेटा अस्पताललाई दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालका रूपमा सञ्चालन गर्न स्वीकृति
मन्त्रिपरिषद्को बैठकले गेटा अस्पताललाई उक्त विश्वविद्यालयको शिक्षण अस्पतालका रूपमा अगाडि बढाउने निर्णय गरेको हो। सुदूरपश्चिम क्षेत्रमा गुणस्तरीय स्वास्थ्य सेवा र चिकित्सा शिक्षाको विकास गर्ने उद्देश्य अनुरूप सरकारले यो निर्णय लिएको हो।
बुधबार, असार २४, २०८३
बीपी प्रतिष्ठानबाट कमिसनका लागि निजीमा बिरामी पठाउने १० जना बिचौलिया पक्राउ
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि आउने बिरामीहरूलाई विभिन्न प्रलोभनमा पारी अवैध कमिसनको चलखेल गर्ने १० जना बिचौलियाहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रतिष्ठानमा आउने बिरामीलाई विभिन्न निजी अस्पतालहरूबाट सस्तो मूल्यमा औषधि मिलाइदिने बहानामा अवैध गतिविधिको चलखेल भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।
बुधबार, असार २४, २०८३
शरीरका लागि आवश्यक क्याल्सियम कसरी प्राप्त गर्ने? यस्ता छन् मुख्य खानेकुरा
क्याल्सियमलाई शरीरले राम्रोसँग सोस्नका लागि भिटामिन 'डी' को आवश्यकता पर्दछ। त्यसैले, दैनिक केही समय बिहानको घाममा बस्ने वा भिटामिन 'डी' युक्त खानेकुरा (जस्तै अण्डाको पहेलो भाग, च्याउ) खाने बानी बसाल्नुपर्छ।
बुधबार, असार २४, २०८३
स्वास्थ्य क्षेत्रमा 'फिफा' र 'रेफ्री' को मोडल: उपचारमा हुने गल्तीमा कहिलेसम्म मौन बस्ने?
अस्पतालहरू व्यापारिक केन्द्र बन्दै गएको र डाक्टरहरू व्यावसायिकतातर्फ बढी केन्द्रित भएको वर्तमान परिवेशमा स्वास्थ्य क्षेत्रलाई ट्र्याकमा ल्याउन नेपालले नियमनको क्षेत्रमा 'विशाल छलाङ' (Huge Step) मार्नुपर्ने बेला आइसकेको छ। स्वास्थ्य क्षेत्रमा फिफा जस्तै शक्तिशाली, स्वायत्त र निष्पक्ष 'सुप्रिम बडी' गठन नगरेसम्म नेपाली नागरिकको स्वास्थ्य अधिकार सुरक्षित हुन सक्दैन।
बुधबार, असार २४, २०८३
गगन थापाको पालामा सुरु भएका 'अस्पताल फार्मेसी'को नाम फेर्दै 'सुलभ फार्मेसी' राख्दै सरकार
मन्त्रिपरिषद्को गत चैत १३ गतेको बैठकको निर्णय अनुसार राज्यको शासकीय सुधार योजना बमोजिम अस्पतालहरुमा 'सुलभ फार्मेसी' सेवा सञ्चालनमा ल्याउने उल्लेख थियो। सोही अनुसार सरकारले अस्पतालहरुमा सुलभ फार्मेसी सञ्चालन गरेको देखाउन पहिले नै सञ्चालनमा रहेका अस्पताल फार्मेसीको नाम फेरेको हो।
बुधबार, असार २४, २०८३
सामाजिक सञ्जाल, भीड मनोविज्ञान र नेपाली समाजमा सत्यको संकट
यो भनाइले डिजिटल डर र स्वास्थ्य व्यवहारबीचको सम्बन्धलाई स्पष्ट देखाउँछ । धेरै नेपाली उपयोगकर्ताहरू सामाजिक सञ्जालमा देखिएको सामग्रीबाट प्रभावित भई अनावश्यक औषधि प्रयोग गर्ने, गलत उपचार खोज्ने वा लाजका कारण वास्तविक स्वास्थ्य सेवामा नजाने अवस्था देखिन्छ। विशेष गरी यौन तथा प्रजनन स्वास्थ्य जस्ता संवेदनशील विषयहरू अझै पनि सामाजिक रूपमा खुला छलफल गर्न कठिन मानिने भएकाले डिजिटल माध्यमको गलत प्रयोग अझ प्रभावकारी बनिरहेको छ।
बुधबार, असार २४, २०८३
एकै दिन १५ अस्पतालहरूको श्रम निरीक्षण: न्यूनतम परिश्रमिक र सामाजिक सुरक्षा कार्यान्वयनमा लापरबाही
जब हरेक श्रमिकले आफू सुरक्षित भएको अनुभूति गर्छ, जब हरेक बालबालिका विद्यालयमा हुन्छन्, जब हरेक रोजगारदाताले कानुनको सम्मान गर्छ, र जब हरेक युवाले आफ्नो भविष्य स्वदेशमै निर्माण गर्न सकिन्छ भन्ने विश्वास गर्छ, त्यति बेला मात्र राष्ट्र बलियो बन्छ।
मंगलबार, असार २३, २०८३
चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा. खत्री
मंगलबार, असार २३, २०८३
दही वा महीमध्ये कुन स्वास्थ्यका लागि बढी लाभदायक?
दैनिक खानामा दही वा मही दुवै समावेश गर्न सकिन्छ। घरमै ताजा दूधबाट बनाएको दही र त्यसैबाट तयार गरिएको मही सबैभन्दा स्वस्थ विकल्प हो। अत्यधिक चिनी, नुन वा कृत्रिम स्वाद मिसिएको दही वा पेयभन्दा प्राकृतिक दही र मही रोज्नु राम्रो हुन्छ।
मंगलबार, असार २३, २०८३
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
होइन, त्यस्तो कडा वातावरण थिएन। गृहमन्त्रीले बोलाएर सहज रूपमा छलफल गर्नुभयो। उहाँले निजी मेडिकल कलेजहरूको विकास होस्, विदेशी विद्यार्थी नेपाल आउन्, देशमा लगानी बढोस् भन्ने सकारात्मक धारणा राख्नुभयो।
मंगलबार, असार २३, २०८३
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन : करिब ७० केजी मिठाई नष्ट , पसलमा सिलबन्दी
यस्तै काठमाडौंको मध्यपुर थिमीस्थित जिरे खुर्सानी दरबार रेष्टुरेन्टमा गरिएको निरीक्षणमा म्याद गुज्रिएका मसला, लेबलविहीन खाद्य सामग्री तथा सामान्य तापक्रममा ढुवानी गरिएको करिब १४.२ केजी कुखुराको मासु फेला परेको थियो। उक्त मासुको नमुना प्रयोगशाला परीक्षणका लागि संकलन गरी परीक्षण प्रतिवेदन नआएसम्म प्रयोग नगर्न निर्देशन दिइएको विभागले जनाएको छ।
मंगलबार, असार २३, २०८३
नेपालमा बर्ड फ्लूको बढ्दो जोखिम: 'वन हेल्थ' रणनीतिको आवश्यकता
यस सन्दर्भमा 'वन हेल्थ' दृष्टिकोण विशेष रूपमा महत्वपूर्ण छ। वन हेल्थको मूल अवधारणा मानव, पशु र वातावरणीय स्वास्थ्य एकअर्कासँग अविच्छिन्न रूपमा जोडिएका छन् भन्ने मान्यता हो। आज देखापर्ने अधिकांश नयाँ संक्रामक रोगहरू जनावरबाट मानिसमा सरेका छन्। त्यसैले मानव स्वास्थ्यलाई केवल अस्पताल र स्वास्थ्यकर्मीको जिम्मेवारीका रूपमा मात्र हेर्न सकिँदैन। पशु स्वास्थ्य, वन्यजन्तु संरक्षण, वातावरणीय व्यवस्थापन र जनस्वास्थ्यबीचको समन्वय नै दीर्घकालीन समाधानको आधार हो।
मंगलबार, असार २३, २०८३
योग्य उपाध्यक्ष नियुक्त नगरे असार २५ देखि सत्याग्रह गर्ने डा. गोविन्द केसीको चेतावनी
डा. केसीले लामो संघर्षपछि स्थापित चिकित्सा शिक्षा प्रणाली र आयोगको संरक्षणका लागि आफूहरू अन्तिमसम्म प्रतिबद्ध रहने उल्लेख गर्दै असार २४ गतेभित्र उपाध्यक्ष नियुक्ति नभए असार २५ गतेदेखि सत्याग्रह सुरु गर्ने घोषणा गरेका छन्।
सोमबार, असार २२, २०८३
कोशी प्रदेशको स्वास्थ्य सचिवमा डा कीर्तिपाल सुवेदी
गजेन्द्रनारायण सिंह अस्पतालमा कार्यरत स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा किर्तीपाल सुवेदीले कोशी प्रदेशको स्वास्थ्य सचिवको जिम्मेवारी पाएका छन् । केही समयअगाडि मात्रै एघारौं तहमा बढुवा भएका उनलाई कोशी प्रदेशको स्वास्थ्य सचिवको जिम्मेवारी दिइएको हो।
सोमबार, असार २२, २०८३
इन्टर्न चिकित्सकले भोग्दै आएका समस्याप्रति सांसद ओलीद्वारा सरकारको ध्यानाकर्षण
सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सरकारी मेडिकल कलेजको तुलनामा निजी मेडिकल कलेजमा कार्यरत इन्टर्न चिकित्सकहरूले अत्यन्त न्यून पारिश्रमिक र भत्तामा काम गर्नुपर्ने बाध्यता रहेको बताइन्।
सोमबार, असार २२, २०८३
नेपाल चिकित्सक संघ: ७५ वर्ष, संघर्ष र जिम्मेवारी
आज चिकित्सकहरू बिरामी र समाजको 'पन्चिङ ब्याग' बन्न पुगेका छन्। तर त्यसैगरी नेपाल चिकित्सक संघ र यसको नेतृत्वलाई पनि चिकित्सकहरूले 'पन्चिङ ब्याग' बनाउनु हुँदैन। हामी तपाईंहरूकै लागि छौँ। हामीले काम गर्नुपर्छ, जवाफदेही हुनुपर्छ। तपाईंहरूले प्रश्न गर्नुपर्छ। तर समाधानका लागि एकअर्कासँग सहकार्य पनि गर्नुपर्छ। बलियो नेपाल चिकित्सक संघ भनेको अन्ततः बलियो चिकित्सक समुदाय हो।
सोमबार, असार २२, २०८३
बीपी प्रतिष्ठानका उच्च तहका पुराना कर्मचारीको सम्पत्ति छानबिन गर्न समिति गठन हुने
मन्त्रीद्वयले प्रतिष्ठानको स्वास्थ्य सेवा, प्रशासनिक सुशासन र संस्थागत सुधारलाई प्रभावकारी बनाउने उद्देश्यले उच्च तहका पुराना कर्मचारीहरूको सम्पत्ति छानबिन गर्न समिति गठन गर्ने, संस्थागत सुधारका लागि रिफर्म कमिटी बनाउने तथा सुधारका कार्यक्रमलाई तीव्र रूपमा अघि बढाउने निर्णय गरिएको जानकारी दिएका छन्।
सोमबार, असार २२, २०८३
एउटा सरकारी पत्रले खोसेको उपचार सेवा
कम र मध्यम आय भएका देशहरूमा स्वास्थ्य संस्थासम्बन्धी नियमहरू प्रायः विदेशी अनुदान नियन्त्रण गर्न केन्द्रित छन्, समुदाय स्तरको स्वास्थ्य संरचना सक्षम बनाउन होइन। परिणामस्वरूप, प्रणाली अत्यधिक प्रशासनिक स्वीकृतिमा भर पर्छ, तर स्थानीय स्वास्थ्य संस्था टिकाउन आवश्यक लचकता अपनाइदैन ।
सोमबार, असार २२, २०८३
बाजुरा र धनगढीमा डिजिटल स्वास्थ्य सम्मेलन सम्पन्न: स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न डिजिटल स्वास्थ्य प्रभावकारी माध्यम बन्ने निष्कर्ष
सम्मेलनमा स्मार्ट हेल्थ ग्लोबलका प्रमुख कार्यकारी अधिकृत तथा संस्थापक मनोज खड्काले स्थानीय तहमा डिजिटल स्वास्थ्य कार्यान्वयनका अनुभव प्रस्तुत गर्दै प्रविधिलाई स्थानीय स्वास्थ्य प्रणालीसँग जोड्न सके दुर्गम क्षेत्रका नागरिकले विशेषज्ञ स्वास्थ्य सेवा आफ्नै नजिकको स्वास्थ्य चौकीबाट प्राप्त गर्न सक्ने बताए।
सोमबार, असार २२, २०८३
दुब्लो मानिसमा किन हुन्छ हृदयघात?
मोटोपनले हृदयघातको जोखिम बढाउने भए तापनि दुब्लो व्यक्तिहरूमा देखिने अन्य विभिन्न लुकेका स्वास्थ्य समस्याहरूका कारण यो रोग लाग्न सक्ने मुटुरोग विशेषज्ञ डा. अनिल भट्टराई बताउँछन्।
सोमबार, असार २२, २०८३
मनसुनको समयमा कस्तो खानेकुरा खाने, कस्तो नखाने?
उनका अनुसार यतिबेला रोगप्रतिरोधात्मक क्षमता बढाउन उच्च प्रोटिन, भिटामिन र मिनरल्सयुक्त खानेकुरामा जोड दिनुपर्छ। संक्रमण, पाचन प्रणालीको कमजोरी र पानीजन्य रोगहरूको जोखिम उच्च हुने भएकाले सन्तुलित, ताजा र सुपाच्य खानपान शैली अपनाउनु पर्छ। यस मौसममा शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउने र पेटलाई स्वस्थ राख्ने खानेकुरामा जोड दिनु आवश्यक छ।
सोमबार, असार २२, २०८३
Previous
23
24
25
26
27
Next
सर्च गर्नुहोस्
×
Search