हैजा एक संक्रामक रोग हो जुन प्रायः दूषित पानी, फोहोर वातावरण र अस्वच्छ खानपानका कारण फैलिन्छ। यो रोग विशेषगरी गर्मी र वर्षा याममा बढी देखिन्छ किनकि यस समयमा पानीको स्रोत दूषित हुने सम्भावना धेरै हुन्छ। बिरगंज जस्तो शहरमा, जहाँ जनसंख्या घनत्व धेरै छ र सडक, बजार, खुला नालीहरू तथा फोहोर व्यवस्थापनमा समस्या हुन्छ, हैजाको जोखिम अझै बढी हुन्छ।
हैजा के हो?
हैजा एक प्रकारको ब्यान्टेरियल संक्रमण हो जुन भाइब्रो कोलेरा नामक ब्याक्टेरियाबाट हुन्छ। यो रोग प्रायः पानी र खानाको माध्यमबाट शरीरमा प्रवेश गर्छ। यस रोगको मुख्य लक्षण भनेको अत्यधिक पखाला (पानी जस्तो दिसा), बान्ता, शरीरमा पानीको कमी (डिहाइड्रेसन) र कमजोरी हो।
बिरगंजमा हैजाको जोखिम किन बढी छ?
१. जनसंख्या घनत्व – धेरै मानिस एकै ठाउँमा बस्ने हुँदा सरसफाइको कमी हुन्छ।
२. खुला फोहोर र नालीको समस्या – सडक र बजार क्षेत्रमा पानी जम्ने र नाली फोहोर हुने समस्या।
३. पिउने पानीमा प्रदूषण – ट्यांकी, इनार वा सार्वजनिक धाराको पानी सफा नहुनु।
४. खुला खानेकुराको सेवन – सडकमा बिक्री हुने खाना धेरै मानिसले धुने बिना नै खान्छन्।
५. सावधानी नअपनाउनु – हात धुने बानी नहुने, उमालेको पानी नपिउने आदिले संक्रमण बढाउँछ।
हैजाबाट जोगिने उपायहरू
१. पानीको सुरक्षामा ध्यान दिनुहोस्
उमालेको पानी मात्र पिउनुहोस् – पानी उमालेर चिस्याएर मात्र पिउनुहोस्।
फिल्टर गरिएको पानी प्रयोग गर्नुहोस् – यदि फिल्टर उपलब्ध छ भने पानी फिल्टर गरेर मात्र पिउनुहोस्।
क्लोरिन ट्याबलेट प्रयोग गर्नुहोस् – बजारमा पाइने क्लोरिन ट्याबलेट प्रयोग गरेर पानी शुद्ध गर्न सकिन्छ।
बोत्तलको मिनरल वाटर प्रयोग गर्नुहोस् – बाहिर यात्रा गर्दा सकेसम्म बोत्तलको पानी मात्र प्रयोग गर्नुहोस्।
२. खानेकुरामा विशेष ध्यान
ताजा र सफा खाना मात्र खानुहोस्।
सडकमा खुला राखिएको खाना नखानुहोस् – यसमा ब्याक्टेरिया र धुलो मिसिएको हुन्छ।
तरकारी र फलफूल राम्ररी धोएर मात्र खानुहोस्।
मा“स, माछा राम्ररी पकाएको मात्र सेवन गर्नुहोस् – कच्चा वा आधा पकाएको खाना नखानुहोस्।
३. व्यक्तिगत सरसफाइमा ध्यान दिनुहोस्
खाना खानु अघि र शौचालय गएपछि साबुनले राम्ररी हात धुनुहोस्।
नङ छोटो राख्नुहोस् र सफा गर्नुहोस्।
बालबालिकालाई हातमुख नछुन सिकाउनुहोस्।
४. फोहोर व्यवस्थापन सुधार्नुहोस्
घर र वरिपरिको सफाइमा ध्यान दिनुहोस्।
फोहोर खुला नफाल्नुहोस् – डस्टबिन प्रयोग गर्नुहोस्।
नाली र ढल सफा राख्नुहोस् – पानी जम्न नदिनुहोस्।
५. स्वास्थ्य शिक्षामा ध्यान
हैजा रोगबारे जानकारी लिनु र अरुलाई जानकारी दिनु।
बिरामी देखिए तत्काल नजिकको स्वास्थ्य केन्द्रमा जानु।
लक्षण देखिए घरमै उपचार नगरी अस्पताल जानुहोस्।
हैजाको लक्षण देखिए के गर्ने?
लगातार पानीजस्तो पखाला हुनु।
धेरै पटक बान्ता हुनु।
शरीर कमजोर हुनु र चक्कर लाग्नु।
छालामा रुखोपन देखिनु र मुख सुक्खा हुनु।
तुरुन्त गर्नु पर्ने काम:
पानी-नुन-चिनी घोल पिउनुहोस्।
धेरै पानी पिउनुहोस्।
तत्काल नजिकको अस्पताल वा स्वास्थ्य केन्द्रमा जानुहोस्।
बिरगञ्जमा विशेष सावधानी किन जरुरी?
बिरगंजमा वर्षायाम सुरु हुँदा पानी जम्ने समस्या, सडकमा फोहोर, खुला खानेकुराको बजार, नालामा पानी जम्ने समस्या बढ्छ। यसले गर्दा हैजाको जोखिम धेरै हुन्छ। त्यसैले स्थानीय स्तरमा निम्न उपाय अपनाउनु आवश्यक छ:
१. नगरपालिका र स्थानीय निकायले फोहोर व्यवस्थापन कडाइ गर्नुपर्छ।
२. सडक र बजार क्षेत्रमा खानपान नियन्त्रण र नियमित अनुगमन हुनुपर्छ।
३. पिउने पानीमा क्लोरिन प्रयोग गर्ने अभियान चलाउनुपर्छ।
४. सार्वजनिक सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्नुपर्छ।