मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, असोज ८, २०८३
Thu, Sep 24, 2026
बिहीबार, असोज ८, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
घर नजिकैको उपचारले बचायो ज्यान: हर्ट अट्याक भएका ५५ वर्षीय बिरामीको नेपाल मेडिकल कलेजमा सफल एन्जियोप्लास्टी
उपचारपछि स्वास्थ्य लाभ गरिरहेका पदमबहादुर तामाङले घर नजिकै सुविधा सम्पन्न अस्पताल र मुटुरोग विशेषज्ञ उपलब्ध भएकै कारण आफ्नो ज्यान जोगिएको बताए । “हामी सामान्य खेतीपाती गरेर जीविकोपार्जन गर्ने मान्छे हौं । यति छिटो र सहज रूपमा उपचार पाइन्छ भन्ने सोचेको थिइनँ । समयमै अस्पताल ल्याइएकाले आज नयाँ जीवन पाएँ । नेपाल मेडिकल कलेज र उपचारमा संलग्न सम्पूर्ण चिकित्सक तथा स्वास्थ्यकर्मीप्रति म आभारी छु,” उनले भने ।
मंगलबार, असार ३०, २०८३
कस्तो चिकित्सक संघ देख्न चाहन्छन् युवा चिकित्सक?
नयाँ नेतृत्वसँग उनीहरूको मुख्य आग्रह एउटै देखिन्छ- चिकित्सकका समस्या केवल विज्ञप्तिमा सीमित नरहोस्, समाधानका लागि परिणाम देखिने गरी काम गरोस्। युवा चिकित्सकहरू भन्छन्, 'यदि नेपाल चिकित्सक संघले समयसापेक्ष सुधार, समावेशी नेतृत्व र बलियो पैरवी गर्न सक्यो भने मात्रै संस्थाप्रति युवापुस्ताको भरोसा पुनः स्थापित हुन सक्छ।'
सोमबार, असार २९, २०८३
चुरोट तनाव घटाउने कि बढाउने?
हामीले आफ्ना सन्तानलाई केवल सम्पत्ति मात्र होइन, आफ्ना बानीहरू पनि विरासतका रूपमा दिइरहेका हुन्छौँ। बालबालिकाले हामीले भनेको भन्दा धेरै हामीले गरेको कुरा सिक्छन्। त्यसैले आजको हाम्रो एउटा बानी भोलिको उनीहरूको जीवनशैली बन्न सक्छ।
सोमबार, असार २९, २०८३
मस्तिष्कको ट्युमरको शल्यक्रियापछि के छ दीपाश्रीको अवस्था? यस्तो छ अस्पतालको भनाइ
चर्चित नेपाली अभिनेत्री तथा चलचित्र निर्देशक दीपाश्री निरौलाको मस्तिष्कमा रहेको ट्युमर सफलतापूर्वक शल्यक्रिया गरेर पूर्ण रूपमा निकालिएको अन्नपूर्ण न्यूरो अस्पतालले जनाएको छ। शल्यक्रियापछि उनको स्वास्थ्य अवस्था स्थिर रहेको र हालसम्म कुनै नयाँ जटिलता नदेखिएको अस्पतालद्वारा जारी आधिकारिक प्रेस विज्ञप्तिमा उल्लेख छ।
सोमबार, असार २९, २०८३
बर्डफ्लु : किसानको आर्थिक संकट, जनस्वास्थ्यको जोखिम र नीतिगत पहलको खाँचो
आजको आवश्यकता किसानप्रति सहानुभूति व्यक्त गर्नु मात्र होइन, उनीहरूलाई फेरि उभिन सक्ने आर्थिक आधार प्रदान गर्नु हो। राहत छिटो पुग्ने व्यवस्था, बैंक ऋणमा सहुलियत, औषधि खरिदमा अस्थायी सहयोग, स्थानीय तहबाट द्रुत निर्णय र पारदर्शी कार्यान्वयन सुनिश्चित गर्न सके बर्डफ्लुको संकटलाई धेरै हदसम्म व्यवस्थापन गर्न सकिन्छ।
सोमबार, असार २९, २०८३
कोशी अस्पतालको जग्गा ओगटेर बनेका २६ व्यावसायिक सटरमा चल्यो डोजर
अस्पतालको जग्गा लिएर सेवामूलक काम गर्ने भन्दै बसेका संस्थाहरूले नै सोही जग्गामा सटर बनाएर तेस्रो पक्षलाई भाडामा लगाई व्यापार गरिरहेको पाइएको छ। अस्पतालको जग्गा ओगट्नेहरूमा नेपाल रेडक्रस सोसाइटी (ब्लड बैंक), नेपाल क्षयरोग निवारण संस्था, गणेश मन्दिर समिति, देवकोटा पुस्तकालय लगायत थिए।
सोमबार, असार २९, २०८३
विराट मेडिकल कलेजमा अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न
विराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न भएको छ। हस्पिटलको न्यूक्लियर मेडिसिन तथा मोलिक्युलर इमेजिङ विभागद्वारा आयोजित ‘इन्टरनेशनल कन्फरेन्स अन न्यूक्लियर मेडिसिन–बीएमसीटीएच’ हस्पिटलको सेन्ट्रल हलमा सम्पन्न भएको हो।
सोमबार, असार २९, २०८३
स्वास्थ्य मन्त्रीलाई खुला पत्र : अस्पताल केन्द्रित अनुगमन र ओझेलमा परेका स्वास्थ्य चौकीहरू
सिंहदरबार र ठूला अस्पतालको चमकदमकभन्दा बाहिर निस्किएर हेर्ने हो भने मात्र देशको वास्तविक स्वास्थ्य अवस्था छर्लङ्ग हुन्छ। तसर्थ, यहाँको वृहत् दृष्टिकोण र पदको गरिमालाई उपयोग गर्दै यी ओझेलमा परेका आधारभूत स्वास्थ्य संस्थाहरूको अनुगमन र पुनर्संरचनामा तत्काल कदम चाल्न अनुरोध गर्दछु।
सोमबार, असार २९, २०८३
सुलभ फार्मेसी: नाम परिवर्तन कि नीतिगत रूपान्तरण?
औषधिको मूल्य नियन्त्रण गरेर बिरामीको आर्थिक भार कम गर्ने सरकारको 'सुलभ फार्मेसी' को प्रयास सराहनीय छ। तर, स्वास्थ्य नीति केवल सतही प्रचार वा सस्तो लोकप्रियतामा मात्र केन्द्रित हुनु हुँदैन। स्वास्थ्य मन्त्रालय, औषधि व्यवस्था विभाग (DDA) र नेपाल फार्मेसी काउन्सिलले संयुक्त रूपमा काम गर्दै निजी र सरकारी दुवै क्षेत्रलाई एउटै व्यावहारिक कानुनी र गुणस्तरको दायरामा ल्याउनु पर्छ।
सोमबार, असार २९, २०८३
तपाईंलाई कस्तो छ?
हामी सबैले मनन गर्नुपर्ने कुरा के हो भने मानसिक स्वास्थ्य अब प्राथमिकताको विषय बन्नैपर्छ। यो अत्यन्तै आवश्यक छ। जसरी रक्तदान र अंगदानलाई प्राथमिकता दिइँदै आएको छ, त्यसैगरी ‘तपाईंलाई कस्तो छ?’ भनेर सोधी कसैका लागि आफ्नो समय दान गर्ने व्यक्ति तयार गर्नु, वा हामी आफैं पनि कसैका निम्ति समय दिन सक्ने सामर्थ्य विकास गर्नु उत्तिकै महत्त्वपूर्ण छ।
सोमबार, असार २९, २०८३
दीपाश्रीको शल्यक्रियापछि दीपकराज गिरीले भने- आईसीयूबाट जनरल वार्डमा सारियो
चर्चित हास्य कलाकार तथा निर्देशक दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रियापछि उनका सहकर्मी एवं नजिकका मित्र दीपकराज गिरीले उनको स्वास्थ्यका विषयमा जानकारी सार्वजनिक गरेका छन्। गिरीले सामाजिक सञ्जाल फेसबुकमा दीपासँगै अस्पतालमा खिचेको तस्बिर राख्दै शल्यक्रिया सफल भएको र उनको स्वास्थ्यमा सुधार आइरहेको जानकारी दिएका हुन्।
आइतबार, असार २८, २०८३
कलाकार दीपाश्री निरौलालाई ब्रेन ट्युमर, अन्नपूर्ण न्युरोमा सफल शल्यक्रिया
चर्चित हास्य कलाकार एवं निर्देशक दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया गरिएको छ। स्वास्थ्यमा समस्या देखिएपछि केही दिनअघि उनलाई माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना गरिएको थियो।
आइतबार, असार २८, २०८३
नेपाल मेडिकल कलेजमा च्यारिटी स्पोर्ट्स सुरु
स्वास्थ्यतर्फ हाम्रो प्रयाससँगको सहकार्यमा भइरहेको च्यारिटी स्पोर्ट्स फेस्टमा एमविविएस, विडिएस, विएस्सी नर्सिङका विद्यार्थीहरु, फ्याकल्टी तथा स्टाफहरुको उल्लेखनीय सहभागीता रहेको छ । विद्यार्थीमा अन्तरनिहीत प्रतिभा प्रस्फुटन गराउँदै आर्थिक अभावसँग जुधिरहेका बिरामीहरुलाई सहयोग जुटाउने उद्देश्यले च्यारिटी स्पोर्ट्स फेस्ट आयोजना गरिएको हो ।
आइतबार, असार २८, २०८३
मानसिक समस्याको न्यूनीकरण: व्यक्तिलाई दोष होइन, सुरुवाती समस्या बुझौँ
वास्तवमा अन्तर्निहित (रुट) कारण थाहा नहुने हुँदा कुनै व्यक्तिले आफैँ अप्रिय घटना घटाएमा व्यक्तिलाई नै दोष दिनु सबैको बुझाइको कमी मात्र हो। किनकि व्यक्तिमा देखिने सुरुवाती समस्या र भावनात्मक प्रतिक्रिया नबुझ्नु हामी सबैले सोच्नुपर्ने विषय बनेको छ।
आइतबार, असार २८, २०८३
अस्पताल फार्मेसीमा सुशासनको परीक्षा : औषधि हिनामिना रोक्न प्रणाली बलियो बनाउनैपर्छ
यदि कुनै अस्पतालमा औषधि हिनामिना, आर्थिक अनियमितता वा भ्रष्टाचारसम्बन्धी उजुरी प्राप्त हुन्छ भने सम्बन्धित निकायले निष्पक्ष, स्वतन्त्र र प्रमाणमा आधारित छानबिन गर्नुपर्छ। छानबिनबाट दोषी देखिए कानुनबमोजिम कारबाही हुनु आवश्यक छ भने आरोप पुष्टि नभएसम्म कुनै व्यक्ति वा संस्थालाई दोषी ठहर गर्नु न्याय र कानुनी शासनको सिद्धान्तविपरीत हुन्छ।
आइतबार, असार २८, २०८३
औषधि प्रयोगसम्बन्धी यस्ता गल्ती गर्दै हुनुहुन्छ? गर्न सक्छ गम्भीर असर
उनका अनुसार औषधिको प्रयोग गर्दा मानिसहरूले गर्ने मुख्य गल्ती डाक्टरको सल्लाहबिना जथाभाबी औषधि खानु र निको भएको महसुस हुनासाथ औषधिको कोर्स बिचैमा छोड्नु पनि हो। यसले गर्दा रोग निको नहुने मात्र होइन, शरीरमा एन्टिबायोटिक रेसिस्टेन्स (औषधिले काम नगर्ने अवस्था) जस्तो गम्भीर समस्या निम्तिन सक्छ।
आइतबार, असार २८, २०८३
नर्सले पाएको पदक [कथा]
निराशाको यो औँसीको रातका बीच पनि एउटा मधुरो दियो बलिरहेकै थियो। हिजो मात्रै एकजना गम्भीर घाइते युवक निको भएर घर फर्कँदै गर्दा उनलाई एउटा सानो कागजको टुक्रा थमाएर गएका थिए, जसमा लेखिएको थियो, “सिस्टर, तपाईँको सेवा, मनोबल उच्च राख्ने उत्प्रेरणा र सहनशीलताले मलाई औषधिले भन्दा छिटो निको बनायो। तपाईँ हुनुहुन्छ र त हामी बाँच्छौँ। तपाईँजस्तै नर्स सबै अस्पतालका बिरामीले पाऊन्, थ्याङ्क यू।”
आइतबार, असार २८, २०८३
नेपालमै पहिलोपटक काठमाडौं क्यान्सर सेन्टरमा सुरु भयो 'कार टी सेल' थेरापी
नेपालको क्यान्सर उपचारको क्षेत्रमा एक ऐतिहासिक फड्को मार्दै भक्तपुरको ताथलीस्थित काठमाडौं क्यान्सर सेन्टरले विश्वव्यापी रूपमा प्रभावकारी मानिएको अत्याधुनिक 'कार टी सेल' (केमिरिक एन्टिजिन रिसेप्टर-टी सेल) थेरापी सेवा प्रारम्भ गरेको छ।
आइतबार, असार २८, २०८३
स्वास्थ्य क्षेत्रको कार्यसम्पादन: परम्परागत शैली हैन, स्वचालित र बैज्ञानिक मूल्याङ्कन
मातहतका हरेक कर्मचारीहरुको क्षमतामा देखिएका समस्याहरुका सन्दर्भमा सम्बन्धित सुपरभाइजरहरुले तहगत रुपमा क्रमैसँग समस्या समाधानका लागि आफ्ना तर्फबाट उपलब्ध गरिएको सहयोगलाई कमेण्टका रुपमा प्रविष्ट गर्दै जानुपर्नेछ। साथै, कर्मचारीहरुले प्रविष्ट गरेका सहज कार्यसम्पादनहरुलाई डिजिटल्ली प्रमाणित गर्दै माथिल्लो अपरेटर लेभलमा प्रतिवेदन गर्दै जानुपर्नेछ।
आइतबार, असार २८, २०८३
क्वेष्ट फर्मास्युटिकल्सको २५ वर्ष पूरा: भक्तपुरमा 'इनोभेसन सेन्टर' खुल्दै
दुई दशकभन्दा लामो व्यावसायिक यात्रा पार गरेको क्वेष्ट फर्मास्युटिकल्स प्रालिले आफ्नो २५ औँ वर्षगाँठ मनाउँदै गर्दा अबको ध्यान अनुसन्धान, नवप्रवर्तन र हालसम्म आयातमा मात्रै निर्भर रहेका औषधिहरू स्वदेशमै उत्पादन गर्ने रणनीतिमा केन्द्रित गरेको जनाएको छ।
शनिबार, असार २७, २०८३
कति उमेर भएपछि बालबालिकालाई आफैँ खाना खान दिनुपर्छ?
कतिपय अभिभावकले बच्चा ५ वर्ष पूरा हुँदा पनि आफैँ खाना खुवाइदिने गर्छन्। यसले उनीहरूमा परनिर्भरता बढाउने तथा विकासमा समेत असर गर्ने बालरोग विशेषज्ञहरू बताउँछन्। बच्चालाई ९ देखि १२ महिनाको उमेर भएपछि आफैँ खाना खान दिन सुरु गर्नुपर्ने बालरोग विशेषज्ञ डा. ज्योतिरत्न शाक्य बताउँछन्।
शनिबार, असार २७, २०८३
गर्भावस्थामा गर्न नहुने गल्ती र अपनाउनुपर्ने सावधानी
गर्भावस्था एक संवेदनशील अवस्था हो। यस समयमा आमाले गर्ने प्रत्येक गतिविधिले गर्भमा रहेको बच्चालाई समेत असर गरिरहेको हुन्छ। गर्भावस्थामा महिलाले आफ्नो र शिशुको स्वास्थ्यका लागि विशेष ध्यान दिनुपर्ने स्त्रीरोग विशेषज्ञ डा. गणेश दंगाल बताउँछन्।
शनिबार, असार २७, २०८३
जलनबाट गम्भीर घाइते नेपालीको निधन
जलनबाट गम्भीर घाइते भएका गणेश नेपालीको निधन भएको छ। वीर अस्पतालका डेपुटी डाइरेक्टर तथा प्रवक्ता डा प्रकाश बुढाथोकी अनुसार नेपालीको उपचारका क्रममा निधन भएको हो। काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी पवन भट्टराईले पनि नेपालीको निधन भएको जानकारी दिएका छन्।
शुक्रबार, असार २६, २०८३
चिकित्सा शिक्षा आयोगका ४ निर्देशक पदका लागि दरखास्त आह्वान, यस्तो छ कार्यविधि
चिकित्सा शिक्षा आयोगको निर्देशक पदमा नियुक्तिका लागि नाम सिफारिस गर्न गठित सिफारिस समितिले आज (शुक्रबार) एक सूचना जारी गर्दै योग्य उम्मेदवारहरूबाट दरखास्त आह्वान गरेको हो।
शुक्रबार, असार २६, २०८३
स्वास्थ्य मन्त्रीलाई फर्मासिस्टको खुला पत्र: नारामा सुलभ, व्यवहारमा कहिले?
अन्त्यमा, यी प्राविधिक पक्षहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गरिएमा मात्र 'अस्पताल फार्मेसी' सही अर्थमा 'सुलभ र भरपर्दो फार्मेसी' का रूपमा उदाउनेछ। यसले फर्मास्युटिकल जनस्वास्थ्यलाई बलियो बनाउँदै सरकारी स्वास्थ्य सेवाप्रति सर्वसाधारणको भरोसा बढाउनेछ।
शुक्रबार, असार २६, २०८३
अंग प्रत्यारोपण समन्वय समितिको अध्यक्षका लागि आवेदन आह्वान
गत १९ वैशाखमा जारी अध्यादेशका कारण पुराना नियुक्तिहरू बदर भई यो समिति पदाधिकारीविहीन बनेको थियो। समितिको अनुपस्थितिका कारण नयाँ स्वास्थ्य संस्थाहरूले प्रत्यारोपणको लाइसेन्स पाउन सकेका छैनन् भने प्रत्यारोपण सम्बन्धी अन्य महत्त्वपूर्ण कामहरू समेत ठप्प छन्।
शुक्रबार, असार २६, २०८३
६ स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण
शपथ ग्रहण गर्नेहरूमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का उपकुलपति डा. विवेक आचार्य, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. नवीस मान सिं प्रधान, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. स्मृति कार्की, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. नारायण सिंह गुरुङ, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. सूर्यमान मेन्याङबो र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. अजय कुमार मिश्र रहेका छन्।
शुक्रबार, असार २६, २०८३
६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्त
प्रतिष्ठानका कुलपति समेत रहेका प्रधानमन्त्री वालेन्द्र शाहले स्वास्थ्यका ६ वटा प्रतिष्ठानमा रिक्त रहेको उपकुलपति पदमा सिफारिस समितिले गरेको सिफारिस अनुसार उपकुलपति नियुक्त गरेका हुन्।
बिहीबार, असार २५, २०८३
चिकित्सा शिक्षा आयोगको कोष सञ्चालन कार्यविधि, २०८३ स्वीकृत
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको बैठकले चिकित्सा शिक्षा आयोगको कोष सञ्चालन कार्यविधि, २०८३ स्वीकृत गरेको छ।
बिहीबार, असार २५, २०८३
टीकापुर अस्पतालका ल्याब इन्चार्जमाथि कुटपिट गर्ने फिजियोथेरापिस्ट पक्राउ, के थियो घटना?
आफूमाथि दुर्व्यवहार र कुटपिट गर्ने तिवारीलाई कानुनी कारबाही गर्न माग गर्दै बजगाईँले अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डाक्टर रेमकुमार राईलाई निवेदन दिएका थिए। सोही उजुरीका आधारमा अस्पताल प्रशासनले इलाका प्रहरी कार्यालय टीकापुरमा कारबाहीका लागि पत्र पठाएपछि प्रहरीले तिवारीलाई पक्राउ गरी घटनाको थप अनुसन्धान अघि बढाएको छ।
बिहीबार, असार २५, २०८३
Previous
22
23
24
25
26
Next
सर्च गर्नुहोस्
×
Search