काठमाडौं– सरकारले विभिन्न निकायमा कार्यरत २७ जना सहसचिवको सरुवा गरेको छ। पछिल्लो मन्त्रिपरिषद् बैठकले सहसचिवहरूको सरुवा गर्ने निर्णय गरेको हो।
सरुवा सूचीअनुसार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको प्रशासन महाशाखाका सहसचिव दिवस आचार्यको कोशी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत सरुवा भएको छ। आचार्यले अब कोशी प्रदेश सरकारअन्तर्गत रहेर जिम्मेवारी सम्हाल्नेछन्।
आचार्यको स्थानमा हुमकला पाण्डे आएकी छिन्। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट सरुवा भई स्वास्थ्य मन्त्रालयमा आएकी हुन्। प्रशासन महाशाखाको जिम्मेवारी सम्हाल्ने छिन्।
यसैगरी अर्का सहसचिव गोविन्दप्रसाद अधिकारी पनि मन्त्रालय अन्तर्गत आएका छन्। अधिकारी यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत थिए। सरकारले गरेको पछिल्लो सहसचिव सरुवाअनुसार अधिकारीलाई स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा जिम्मेवारी दिइएको हो।