काठमाडौं - चर्चित कलाकार तथा ‘माग्नेबुढा’ नामले चिनिने केदार घिमिरेको दायाँ कुममा चोट लागेको छ। उनी ब्याटमिन्टन खेल्ने क्रममा लडेका थिए। एभरेष्ट हस्पिटलका डा. सम्पूर्ण महर्जनका अनुसार घिमिरे क्रममा उनको दायाँ क्ल्याभिकल (काँधको हड्डी) को डिस्टल भागमा ‘चिप फ्याक्चर’ भएको पाइएको छ।
घिमिरेलाई हात प्रयोग गरेर कुनै पनि गतिविधि तत्काल नगर्न र कम्तिमा चार हप्ता पूर्ण आराम गर्न सल्लाह दिइएको छ।
क्ल्याभिकल भनेको काँध र छातीलाई जोड्ने लामो हड्डी हो। यसको डिस्टल भाग काँधतर्फको छेउमा हुन्छ। सो भागमा सानो टुक्रा झर्ने वा चिरिने अवस्थालाई चिप फ्याक्चर भनिन्छ। सामान्यतया यस्तो चोट खेलकुद वा लडेपछिको चोटपटकका कारण हुने गर्छ।