धरान- नेपाल चिकित्सक संघ, धरान शाखाको नयाँ कार्यसमितिको अध्यक्षमा डा. अरुण कुमार सिंह चुनिएका भएका छन्। संघको निर्वाचन समितिले सार्वजनिक गरेको नतिजा अनुसार अध्यक्षमा डा. सिंह निर्विरोध निर्वाचित भएका हुन्।
त्यस्तै वरिष्ठ उपाध्यक्षमा डा. धन केसर खड्का, सचिवमा डा. दिपेन्द्र मिश्रा र सदस्यमा डा. अञ्जनी कुमार यादव र डा. दीपक पौडेल निर्विरोध चयन भएका छन्।
निर्वाचन समितिका संयोजक प्रा. डा. बालकृष्ण भट्टराईद्वारा जारी सूचनामा तोकिएको समयसीमा भित्र उम्मेदवारीमा कुनै विरोध वा फिर्ता नआएको हुँदा उम्मेदवारहरूलाई निर्विरोध घोषणा गरिएको उल्लेख छ।
समितिले यसअघि अध्यक्ष पदका लागि उम्मेदवारी दिएका डा. देव राज घिमिरेको उम्मेदवारी नेपाल चिकित्सक संघ निर्वाचन नियमावली २०७० अनुसार बदर भएको जानकारी समेत दिएको छ।
यससँगै नेपाल चिकित्सक संघ, धरान शाखाको २०८२ को कार्यसमिति निर्विरोध गठन भएको छ।