मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, माघ १०, २०८२
Sat, Jan 24, 2026
शनिबार, माघ १०, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
मेडिकल पढ्दै गरेका केएमसीयनहरुको भेला सम्पन्न
केएमसी बागबजारबाट बाट कक्षा १२ उत्तीर्ण गरी काठमाडौं उपत्यकाभित्र रहेका विभिन्न मेडिकल कलेजहरुमा एमबीबीएस, बीएमएस, बीडीएस, बीपीएच, बीएससी नर्सिङ, बी फार्मेसी, बीएससी एमआइटी, बीएमएलटी लगायतका प्रोग्राममा अध्ययनरत केएमसीयन हरुका लागि असार १४ गते ‘केएमसी मेडिकल सेक्टर- एलुम्नी मिट २०८२’ आयोजना गरी सम्पन्न भएको छ।
मंगलबार, असार १७, २०८२
४७ औँ स्थापना दिवसमा नेपाल स्वास्थ्य प्राविधिक संघको विभिन्न कार्यक्रम
नेपाल स्वास्थ्य प्राविधिक संघले आफ्नो ४७ औँ स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ। यो संगठन १३ असार २०३६ सालमा स्थापना भएको थियो। ७७ वटै जिल्लामा शाखा रहेको संगठनले सोमबार जिल्ला शाखा मार्फत देशव्यापी कार्यक्रम गरेको छ।
मंगलबार, असार १७, २०८२
भारतको तेलंगानाको औषधि उद्योगमा विस्फोटपछि आगलागी हुँदा कम्तीमा ३४ जनाको मृत्यु
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गर्दै सामाजिक सञ्जाल एक्समा लेखेका छन्, 'तेलंगानाको संगारेड्डीमा फ्याक्ट्रीमा आगलागी हुँदा मानिसहरूको मृत्यु भएको खबरले म अत्यन्त दुःखी छु। पीडित परिवारप्रति समवेदना व्यक्त गर्दछु र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु।'
मंगलबार, असार १७, २०८२
नेपाल चिकित्सक संघको अभियानमा नेपाल डेन्टल एसोसिएसनद्वारा ऐक्यबद्धता घोषणा
'चिकित्सकहरूमाथि भइरहेका दुर्व्यवहार, राजनीतिक तथा प्रशासनिक उपेक्षा, तथा अनावश्यक दबाबको घटनाले सम्पूर्ण स्वास्थ्य प्रणाली प्रभावित पारिरहेको छ,' महासचिव डा. प्रदिप भण्डारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ, 'तसर्थ यस समस्याको तत्काल समाधान अत्यावश्यक छ भन्ने हाम्रो ठम्याइ छ।'
मंगलबार, असार १७, २०८२
चिकित्सा शिक्षा आयोगको निर्देशकमा डा स्वयंप्रकाश पण्डित नियुक्त
नवनियुक्त निर्देशक डा पण्डितले जिम्मेवारी समेत सम्हालिसकेका छन्। डा पण्डित आयोगको नेशनल बोर्ड अफ मेडिकल स्पेसियालिटिज (एनबीएमएस) को निर्देशक बनेका हुन्।
मंगलबार, असार १७, २०८२
उपभोक्ता अदालतको फैसलाविरुद्ध नेपाल चिकित्सक संघद्वारा चरणबद्ध आन्दोलन घोषणा
संघले आवश्यकताअनुसार थप कडा आन्दोलनका कार्यक्रमहरू घोषणा गर्न सक्ने चेतावनीसमेत दिएको छ। संघले यथाशीघ्र सरकारको ध्यानाकर्षण गराउँदै, ऐन संशोधन गरी काउन्सिललाई मात्र चिकित्सकीय मुद्दा हेर्ने अधिकार सुनिश्चित गर्न माग गरेको छ।
सोमबार, असार १६, २०८२
नेपालको स्वास्थ्य क्षेत्र सहकार्यदेखि आयुर्वेद स्वास्थ्यकर्मीको क्षमता वृद्धिमा भारतले सघाउने
स्वास्थ्य तथा जनसंख्या मन्त्री पौडेलले भारतसँगका विभिन्न वार्ताहरुमा यो विषय उठाएका थिए। भारतको समेत प्राथमिकता रहेको आयुर्वेदमा अब स्वास्थ्यकर्मीले भारतमा सीप विकासको अवसर पाउने बाटो खुल्नेछ। भारतले नेपालमा आयुर्वेद र वैकल्पिक जनशक्ति विकास, प्रविधि र सीप हस्तान्तरणमा सघाउने गरी समझदारी गर्ने तयारी अघि बढेको छ।
सोमबार, असार १६, २०८२
मुख तथा घाँटीको क्यान्सरसम्बन्धी राष्ट्रिय सम्मेलन सम्पन्न
सम्मेलनमा देशभरका १५० जना भन्दा बढि चिकित्सकहरू सहभागी थिए।सम्मेलनमा क्यान्सर रोग विशेषज्ञहरू, रेडियोलोजिस्टहरू, नाक-कान-घाँटी शल्यचिकित्सक र विद्यार्थीहरूले पनि सहभागिता जनाएका थिए। सहभागीहरूले यस कार्यक्रमबाट धेरै कुरा सिक्न पाएको र यस्ता कार्यक्रमहरू नियमित रुपमा आयोजना गर्नुपर्ने बताएका छन् ।
सोमबार, असार १६, २०८२
संघीय निजामती सेवा विधेयकबाट स्वास्थ्य बीमा बोर्ड 'आउट', सामाजिक सुरक्षा कोष 'इन'
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र स्वास्थ्य बीमा बोर्ड स्वास्थ्य बीमा ऐन र नियमावली अनुसार निजामती कर्मचारीसहित औपचारिक क्षेत्रका कर्मचारीलाई बीमामा ल्याउने प्रक्रिया अगाडि बढाइरहेको समयमा संसदबाट पारित विधेयकले स्वास्थ्य बीमा बोर्डलाई कानुनी रुपमा नै 'आउट' गर्दै सामाजिक सुरक्षा कोषलाई 'इन' गरेको छ।
सोमबार, असार १६, २०८२
स्वास्थ्य मन्त्री पौडेलको स्वास्थ्यमा क्रमिक सुधार: वीर अस्पताल
'माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलज्यू स्वास्थ्य उपचारको लागि मिति २०८२/०३/१४ गते यस चि.वि.रा.प्र., वीर अस्पतालमा ज्वरो आई भर्ना हुनुभएकोमा अस्पतालका निर्देशक प्राडा दिलीप शर्माको नेतृत्वमा विषेशज्ञ चिकित्सकहरूको प्रत्यक्ष निगरानीमा उपचार भइरहेको र हाल स्वास्थ्यमा क्रमिक सुधार भइरहेको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो विज्ञप्ति जारी गरिएको छ,' अस्पतालद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
सोमबार, असार १६, २०८२
स्वास्थ्य बीमा बोर्डको 'प्रथम सेवा बिन्दु'को पत्रले आमजनमा अन्योल, खाश कुरा के हो ?
आमजनमा अन्योल सृजना भएको भन्दै यसरी तोकेरै पत्र सार्वजनिक गर्ने तयारी समेत बोर्डले गरिरहेको सूचना अधिकारी विकेश मल्ल ठकुरी बताउँछन्। उनले भने, 'जसलाई लक्षित गरेर परिपत्र गरिएको उहाँहरुले बुझ्नुभएको छ। तर, त्यही पत्र आमजन माझ पुग्दा केही अन्योल सृजना भएको छ। त्यसलाई प्रस्ट पार्दैछौं।'
सोमबार, असार १६, २०८२
जोमसोममा कठिन प्रसवपछि आकस्मिक शल्यक्रियाबाट शिशु जन्म, आमा र बच्चा दुवै सकुशल
गर्भावस्थाको ४० हप्ता ४ दिन पुगेकी ती महिलालाई तीन साता अगाडि रिफर गरिएको थियो। तर नगएपछि स्थिति झन् जटिल तब बन्यो, त्यसपछि थाहा भयो करिब २० महिना अघि उनको गर्भपतन भएको थियो। त्यो बेला काठमाडौंको प्रसूति गृह पुगे पनि आवश्यक एन्ट-डी खोप लगाउन नसकिएकोले अहिलेको गर्भमा थप जोखिम निम्तिएको थियो।
सोमबार, असार १६, २०८२
२० वर्षपछि ओएण्डएम सर्वे : अस्पताल व्यवस्थापकलाई विदेशतिर लखट्ने सरकारको नीति !
हाल देशभर संघीय र प्रदेश तहका ४५ भन्दा बढी अस्पतालमा करार सेवामा अस्पताल व्यवस्थापक कार्यरत छन्। यिनीहरूले अस्पताल सेवालाई व्यवस्थित तथा गुणस्तरीय बनाउन ठोस भूमिका निभाएका छन्। कतिपय अस्पतालहरू न्यूनतम मापदण्डमा ‘उत्कृष्ट’ ठहरिनु यसको प्रमाण हो। तर, यति ठूलो योगदान हुँदाहुँदै पनि अस्पताल व्यवस्थापन विषयलाई सरकारी संरचनाबाट बेवास्ता गरिनु दुःखद हो।
सोमबार, असार १६, २०८२
करोड क्षतिपूर्ति तिराउने अदालतको निर्णयले चिकित्सा क्षेत्र तरंगित
यस प्रकारका निर्णयहरूले समग्र स्वास्थ्य सेवामा गम्भीर नकारात्मक असर पर्ने चिन्ता व्यक्त गरिएको छ। चिकित्सक-बिरामीको सम्बन्ध व्यापारिक सम्बन्धमा परिणत हुने र बिरामीलाई उपभोक्ताको रूपमा हेर्नुपर्ने बाध्यता आउने उनले बताए।
आइतबार, असार १५, २०८२
वरिष्ठ अधिवक्ता विष्णु तिमिल्सेनासँग संवाद : चिकित्सा क्षेत्रका मुद्दा उपभोक्ता अदालतको प्राथमिकतामा परेका हुन् ?
तिमिल्सेनाले नेपाल मेडिकल काउन्सिललाई चिकित्सकहरूको बलियो प्रभाव रहेको र आफ्नै व्यावसायिक साथीहरूको विरुद्धमा बोल्न नसक्ने संस्थाको रूपमा चित्रण गरेका छन्।
आइतबार, असार १५, २०८२
नेपाल चिकित्सक संघको उपभोक्ता अदालतको निर्णयप्रति आपत्ति, आन्दोलनको चेतावनी
संघका अनुसार चिकित्सा सेवा उपभोक्ता वस्तु नभएको हुँदा यसका सम्बन्धमा देखिने कुनै पनि जटिलता वा प्रतिकूल असरका लागि चिकित्सकमाथि कारवाही गर्नु न्यायसंगत हुँदैन। साथै, नेपाल मेडिकल काउन्सिलजस्ता नियामक निकायलाई बेवास्ता गरेर गरिएको कानुनी हस्तक्षेपले चिकित्सा क्षेत्रमा अन्योल बढाएको संघको भनाइ छ।
आइतबार, असार १५, २०८२
अदालतको निर्णयप्रति गलत सन्देश फैलाउनु कानुनी शासनमाथिको उपहास : उपभोक्ता हित संरक्षण मञ्च
संविधानको धारा ४४ मा उपभोक्ताको गुणस्तरीय सेवा प्राप्त गर्ने मौलिक हक सुनिश्चित गरिएको छ भने गुणस्तरहीन सेवा वा वस्तुका कारण क्षति पुगेमा क्षतिपूर्तिको व्यवस्था गरिएको बताइएको छ।
आइतबार, असार १५, २०८२
'सिटामोल' को टिजर सार्वजनिक
'जुम्लेलीलाई जीवन जल नै गुन हजुर, रोल्पालीलाई सिटामोल नै सुन हजुर' सौगात मल्ल र बेनिशा हमाल अभिनीत फिल्म 'सिटामोल' को टिजर यही लाइनबाट सुरु भएको छ।
आइतबार, असार १५, २०८२
उपचारका क्रममा १२ वर्षीय बालकको मृत्यु, सिरहा अस्पतालमा आफन्तको आन्दोलन
बालकको मृत्युपछि आफन्त र गाउँलेले अस्पताल अगाडि प्रदर्शन गरेका हुन्। आन्दोलन र प्रदर्शनका कारण अस्पताल परिसर तनावग्रस्त बनेको छ।मृतक बालकका आफन्त र गाउँले अस्पताल अगाडिको सडक समेत केही बेर अवरुद्ध गरेका थिए।
आइतबार, असार १५, २०८२
संघीय निजामती सेवा विधेयक प्रतिनिधि सभाबाट पारित
प्रदेश प्रमुख सचिव संघीय सेवाको हुनेगरी विधेयक अगाडि बढेको छ। प्रदेश सचिव र स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश निजामती सेवाको हुनेछ। तर, प्रदेशमा प्रदेश सचिव तयार नहुँदासम्म संघबाट १० वर्षसम्म खटाउन सकिने प्रावधानसहित विधेयक अगाडि बढेको छ।
आइतबार, असार १५, २०८२
फ्याकल्टी एसोसिएसन पाटनले भन्यो- एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी विधेयक खारेज गरियोस्
फ्याकल्टी एसोसिएसनद्वारा हस्ताक्षरित पत्रमा उल्लेख गरिएअनुसार, पाटन अस्पतालको समृद्ध इतिहासमा आधारित रही स्थापना भएको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले चिकित्सा शिक्षा, स्वास्थ्य सेवा तथा अनुसन्धानका क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउँदै आएको छ। पत्रमा भनिएको छ कि प्रतिष्ठानले ग्रामीण स्वास्थ्य सेवामूलक शिक्षा प्रणाली, सामाजिक उत्तरदायित्वमा आधारित शिक्षण अभ्यास, र महामारी तथा विपद्का समयमा सक्रिय सहभागिताजस्ता महत्वपूर्ण विशेषता कायम गर्दै आएको छ।
आइतबार, असार १५, २०८२
उपभोक्ता अदालतको फैसालपछि के भन्छन् नेपाल चिकित्सक संघका अध्यक्ष डा कार्की? [भिडियो]
अदालतबाट भइरहेको उक्त फैसला पुनरावेदनको माग गर्दै नेपाल चिकित्सक संघ लगायतका संघ संस्थाहरुले आन्दोलनको चेतावनी दिइरहेका छन्। चिकित्सकहरुको छाता संस्था नेपाल चिकित्सक संघका अध्यक्ष डा अनिल कार्कीसँग स्वास्थ्यखबरले अदालतको आदेशको किन विरोध? किन पुनरावेदनको माग भन्ने प्रश्न गरेको छ।
आइतबार, असार १५, २०८२
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल अस्वस्थ भएपछि वीर अस्पताल भर्ना
अस्पतालका अनुसार ज्वरो आएपछि उनी शनिबार बेलुका वीर अस्पताल भर्ना भएका हुन् । शनिबार ज्वरो आउने समस्या देखिएपछि मन्त्री पौडेललाई वीर अस्पतालको भीभीआईपी वार्डमा भर्ना गरिएको अस्पताल स्रोतले जानकारी दिएको छ।
आइतबार, असार १५, २०८२
एनेस्थेसियोलोजिष्ट डाक्टरको काम बिरामीलाई बेहोस बनाउने मात्र होइन: डा पवन हमाल
अहिले नेपालमा झण्डै ७ सयभन्दा बढी एनेस्थेसियोलोजिस्ट कार्यरत छन्।एनेस्थेसिया के हो? नेपालमा यसको विकास कहिले र कसरी भयो? एनेस्थेसियाका क्रममा के-के जोखिम आउन सक्छन्? एनेस्थेसियाले बिरामीमा अल्पकालीन वा दीर्घकालीन असर के-के पार्छ? यी विषयमा राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ कन्सल्टेन्ट एनेस्थेसियोलोजिस्ट डा. पवन हमालसँग स्वास्थ्यखबरका लागि लक्ष्मी चौलागाईंले गरेको कुराकानी:
आइतबार, असार १५, २०८२
सुगरका बिरामी किन बढ्दै? के खाने के नखाने?- डा बजरंगकुमार रौनियार
डा बजरंगकुमार रौनियार कन्सल्टेन्ट इन्डोक्राइनोलोजिष्ट हुन्। स्वास्थ्यखबरले डा रौनियारसँग मधुमेहका (सुगर) र यससँग जोडिएका विषयमा कुराकानी गरेको छ। स्वास्थ्यखबरले उनीसँग सुगर, खानपान, ध्यान दिनुपर्ने विषय र उपचार लगायतका विषयमा केन्द्रित रहेर एक दर्जन जिज्ञासा राखेको छ।
आइतबार, असार १५, २०८२
नेपाल डेन्टल साइन्स हाइजेनिस्ट एसोसिएसन र सिंगापुरको संघबीच सम्झौता
नेपाल डेन्टल साइन्स हाइजेनिस्ट एसोसिएसन र एसोसिएसन फर ओरल हेल्थ थेरापिस्ट सिंगापुरबीच पेशागत समझदारी पत्रमा हस्ताक्षर भएको छ। यो सम्झौता अन्तर्राष्ट्रिय ओरल हेल्थ कांग्रेस २०२५ को अवसरमा सिंगापुरको सिगेल्था एकेडेमियामा सम्पन्न भएको हो।
आइतबार, असार १५, २०८२
प्रधानमन्त्रीसँग स्वास्थ्य क्षेत्रका प्रतिनिधिहरूको भेट: उपभोक्ता अदालतको निर्णय लगायतका विषयमा ध्यानाकर्षण
प्रतिनिधिमण्डलले हालै उपभोक्ता अदालतले गरेको निर्णय, स्वास्थ्य सेवा प्रदायकहरूलाई लक्षित बढ्दो दबाव, चिकित्सा शिक्षामा देखा परेका नीतिगत अस्पष्टता तथा निजी स्वास्थ्य क्षेत्रसँग सम्बन्धित अन्य विविध विषयमा प्रधानमन्त्रीलाई जानकारी गराएको थियो।
शनिबार, असार १४, २०८२
माओवादी केन्द्रमा ६२ जना चिकित्सकको प्रवेश, प्रचण्डले गरे स्वागत
प्रचण्डले चिकित्सकहरूको पार्टी प्रवेशलाई अर्थपूर्ण भएको बताउँदै, यसले मधेशसहित देशभर सकारात्मक सन्देश गएको उल्लेख गरे। 'मधेशका जनताका लागि यो एउटा राम्रो सन्देश हो,' उनले भने, 'तपाईंहरूले आँट गर्नुभयो, त्यो पनि सही ठाउँमा। तपाईंहरूको निर्णयप्रति म सम्मान प्रकट गर्छु।'
शनिबार, असार १४, २०८२
डाक्टरहरू भगवान् होइनन्, चिकित्सा विज्ञान पढेका मानव
डाक्टर बन्न धेरै वर्षसम्म पढ्नुपर्छ – शरीर र अंगहरूको अध्ययन, रोगहरूको जानकारी, औषधिहरूको प्रयोग र शल्यक्रिया सम्बन्धी तालिम। त्यसपछि इन्टर्नसीप र विशेषज्ञता हासिल गर्नुपर्छ। डाक्टर उनीहरूको शिक्षाले बनाएको हो, दैवी शक्तिले होइन।
शनिबार, असार १४, २०८२
वृद्धावस्थामा यौनिकता: बहुस्तरीय संयन्त्र र जीवन गुणस्तर
वृद्धावस्थामा यौनिकता केवल जैविक परिवर्तनले निर्देशित हुँदैन; व्यक्ति भित्रको धारणा, दृष्टिकोण, इच्छा, कल्पना र व्यक्तिगत क्षमताजस्ता पक्षहरू अत्यन्त महत्त्वपूर्ण हुन्छन् । नेपालमा उमेरप्रतिको नकारात्मक सोच, आन्तरिकीकृत उमेरवाद र यौनिक कलंकले वृद्ध व्यक्तिमा आत्म–मूल्यांकन र यौन जीवन सन्तुष्टिमा गिरावट ल्याउँछ ।
शनिबार, असार १४, २०८२
Previous
50
51
52
53
54
Next
सर्च गर्नुहोस्
×
Search