मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, वैशाख १९, २०८३
Sat, May 02, 2026
शनिबार, वैशाख १९, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
मेडिकल काउन्सिलको वेबसाइट ह्याक, तथ्यांक सुरक्षित रहेको दाबी
डा देवका अनुसार पुरानो सर्भर पुन प्रयोग गर्न नमिल्ने भएकोले नयाँ सर्भर स्थापना गर्नुपर्ने अवस्था देखिएको छ। ह्याकरको पहिचानका लागि आइटी टिमले काम गरिरहेको उनले जानकारी दिए । प्रमाणहरूको आधारमा साइबर ब्यूरोले अध्ययन गरिरहेको छ । हालसम्मका तथ्यांक परिवर्तन नभएको दाबी काउन्सिलको छ ।
बुधबार, असोज २९, २०८२
ग्रामीण महिलाः नेपालको शक्ति र स्वास्थ्यको आधार
नेपालका सबै प्रदेशमा एउटै कुरा समान छ - ग्रामीण महिलाहरू देशको मेरुदण्ड हुन्। महिला स्वास्थ्य स्वयंसेवक कार्यक्रम नेपालकै सबैभन्दा सफल स्वास्थ्य पहल हो। उनीहरूले बच्चा खोप लगाउँछन्, सरसफाइ सन्देश फैलाउँछन्, आमा–शिशुको सुरक्षा गर्छन्, र समुदायलाई जोड्छन्। यिनै ग्रामीण महिलाहरूले गाउँ र सरकारबीचको पुल बनेका छन्, रोग रोकथामदेखि मातृत्व सुरक्षासम्म उनीहरूको योगदान अमूल्य छ।
बुधबार, असोज २९, २०८२
जेनेरिक औषधिको नाममा प्रेस्क्राइब गर्ने प्रचलन: फाइदा, समस्या र नेपालको यथार्थ
जेनेरिक औषधि भन्नाले एउटै रासायनिक सङ्घटन (chemical composition) र प्रभाव (therapeutic effect) भएको औषधि हो, जुन ब्रान्ड नाममा नभई वास्तविक वैज्ञानिक नाममा चिनिन्छ। उदाहरणका लागि, Paracetamol नै औषधिको जेनेरिक नाम हो, जबकि Niko, Centamol, Pacimol, Medomol आदि यसको ब्रान्ड नाम हुन्।
बुधबार, असोज २९, २०८२
नर्सिङको अपमान, देशलाई पर्छ भारी
चासो राख्दो हो त राष्ट्रको स्वास्थ्य सेवाले सेवाको साथै सुविधासहित फड्को मार्ने थियो होला। यहाँ त केवल कुर्सीमा बसेर स्वास्थ्य सेवा मूल्याङ्कन गर्नेको थिचोमिचो बढी छ। त्यसैले नैराश्यता छाएको छ। पलायन मनोविज्ञान बढ्दो छ। विडम्बनाको कुरा भन्नुपर्दा यो सबै पीडा बुझ्ने सामर्थ्य कसैले पनि राख्दैनन्। अचानोको पीडा खुकुरीले जानोस् पनि कसरी!
बुधबार, असोज २९, २०८२
तिलगंगाका १९ कर्मचारी उत्कृष्ट प्रदर्शन पुरस्कारबाट सम्मानित
पुरस्कारबाट सम्मानित हुनेहरूमा वरिष्ठ नेत्ररोग विशेषज्ञदेखि लिएर विभिन्न प्रशासनिक र प्राविधिक पदमा कार्यरत कर्मचारीहरू संलग्न छन्। प्रतिष्ठानले उनीहरूको समर्पण र उत्कृष्टताको कदर गर्दै भविष्यमा अझ राम्रो कार्यसम्पादनको लागि हौसला प्रदान गरेको छ।
बुधबार, असोज २९, २०८२
यस्ता छन् रिफरका विषयमा स्वास्थ्य बीमा बोर्डको ९ बुँदे निर्णय
स्वास्थ्य बीमा बोर्डले बीमित सेवाग्राहीहरूलाई प्रेषण प्रक्रिया सहज बनाउन नयाँ व्यवस्था लागू गरेको छ। बीमितहरूले प्रथम सेवा विन्दुबाट प्रेषण भई रिफरल सेन्टरमा जाँदा देखिएका विभिन्न प्रकृयागत समस्या र गुनासाहरूको सम्बोधन गर्न ९ बुँदे निर्णय गरेको छ।
मंगलबार, असोज २८, २०८२
नर्सहरूको आन्दोलनका विषयमा मणिपाल मेडिकल कलेजले सार्वजनिक गर्यो आफ्नो धारणा
विज्ञप्तिअनुसार, असोज १० गते राति आईसीयु विभागका केही नर्सिङ कर्मचारीहरूले तलब–भत्ता नबढेसम्म काममा नजाने निर्णय गरेपछि अस्पताल प्रशासन र नर्सिङ सुपरभाइजरबीच छलफल भएर कर्मचारीहरूलाई कार्यमा फर्काइएको थियो।
मंगलबार, असोज २८, २०८२
बागलुङमा एक महिनामा नै १८७ मा डेङ्गी संक्रमण
सापकोटाका अनुसार जिल्लाको गलकोट नगरपालिकामा ४३ जनामा संक्रमण भएको छ भने काठेखोला गाउँपालिकामा २३ जनामा संक्रमण भएको छ । त्यसैगरी ढोरपाटन नगरपालिकामा १५ जना, ताराखोला गाउँपालिकामा ४ जना, बडिगाड गाउँपालिकामा ६ जना जैमिनी नगरपालिकामा ७ जना र निसीखोला गाउँपालिकामा २ जना रहेका छन्।
मंगलबार, असोज २८, २०८२
स्वास्थ्य क्षेत्र सुधार अभियानमा संलग्न चिकित्सकहरूले प्रधानमन्त्रीलाई बुझाए १५ बुँदे ज्ञापनपत्र
ज्ञापनपत्रमार्फत चिकित्सकहरूले जेन–जी आन्दोलनलाई भ्रष्टाचार, असमानता र राजनीतिक दुरुपयोगविरुद्धको साझा अभियान भन्दै समर्थन जनाएका छन्। उनीहरूले स्वास्थ्य क्षेत्रमा हुने अनियमितता, राजनीतिक हस्तक्षेप र अपारदर्शी निर्णय प्रक्रियाले सेवाको गुणस्तर खस्किएको भन्दै सुधारका ठोस प्रस्तावहरू अघि सारेका छन्।
मंगलबार, असोज २८, २०८२
सरकारको निर्देशनमा निजी मेडिकल कलेजहरूको चुनौती : नर्सलाई सरकारी सरह पारिश्रमिक दिन सकिँदैन
नेपाल प्राइभेट मेडिकल तथा डेन्टल कलेज एसोसिएसनका अध्यक्ष प्रा. डा. ज्ञानेन्द्र मान सिंह कार्कीले मन्त्रालयका सचिवलाई पठाएको पत्रमा भनेका छन्, 'नेपाल सरकार सरह पारिश्रमिक र सेवा सुविधा लागू गर्नु वर्तमान संरचनामा व्यावहारिक रूपमा सम्भव छैन।'
मंगलबार, असोज २८, २०८२
किष्ट मेडिकल कलेजमा 'प्यालियटिभ केयर' सेवा सुरु
ललितपुर, ग्वार्कोस्थित किष्ट मेडिकल कलेज शिक्षण अस्पतालले क्यान्सरका बिरामीहरूको जीवनको अन्तिम चरणलाई सहज बनाउन विशेष ‘प्यालियटिभ केयर युनिट’ सञ्चालनमा ल्याएको छ। यस सेवाको शुभारम्भ बिरामी तथा उनीहरूका आफन्तको उपस्थितिमा सोमबार एक कार्यक्रमबीच गरियो।
मंगलबार, असोज २८, २०८२
जेनजी' आन्दोलनका घाइतेको वर्गीकरण गर्न १० सदस्यीय प्राविधिक समिति गठन
स्वास्थ्य मन्त्रालयका गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा. सरोज शर्माको संयोजकत्वमा समिति गठन गरिएको हो। यसअघि गत असोज १२ गतेको मन्त्रिपरिषद् बैठकले घाइतेहरूको वर्गीकरणका लागि प्राविधिक समिति गठन गर्ने र विज्ञ तोक्ने जिम्मा मन्त्रालयलाई दिने निर्णय गरेको थियो।
मंगलबार, असोज २८, २०८२
पुरुषको तुलनामा महिलाले एसीमा बढी चिसो किन महशुस गर्छन् ?
‘द कन्भरजेसन’ मा प्रकाशित एक रिपोर्टका अनुसार, महिलाहरूको मेटाबोलिक रेट पुरुषहरूको तुलनामा कम हुन्छ। जसका कारण चिसो मौसममा शरीरले गर्मी उत्पादन गर्ने क्षमता घट्छ। रिपोर्टका अनुसार यही कारणले गर्दा तापक्रम घट्दा महिलाहरूले बढी चिसो महसुस गर्छन्।
सोमबार, असोज २७, २०८२
तपाईंको परिवारको 'जीपी' को हो ?
नेपालको सामुदायिक क्लिनिक, आधारभूत अस्पताल, जिल्ला अस्पताल, प्रादेशिक अस्पताल र संघिय अस्पतालहरुमा कन्सल्टेन्ट मेडिकल जनरलिस्ट वा जनरल प्राक्टिसनर (जीपी) वा फ्यामिली फिजिसियन वा फ्यामिली डाक्टर पर्याप्त राख्न सके मात्र हामीले धेरै स्वास्थ्य सेवा जिल्लाभित्र प्रदान गरेर संघीय अस्पतालहरुमा हुने भिड र लामो लाइनहरुलाई कटौती गर्न सक्छौं। सबैभन्दा महत्वपूर्ण कुरा चाहिँ ठूला अस्पतालहरुमा अन्य विशेषज्ञ चिकित्सकहरुको गुणस्तरीय स्वास्थ्य सेवा दिने प्रणाली विकास गर्न सहजीकरण गर्नु हो।
सोमबार, असोज २७, २०८२
वीर अस्पतालका लेखा अधिकृत ढुण्डी राज दाहाल १ लाख २० हजार घुससहित पक्राउ
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालका अनुसार, दाहालले विभिन्न सप्लायर्स कम्पनी तथा ठेकेदारहरुलाई भुक्तानी प्रक्रिया अघि बढाउने क्रममा रिसवत रकम असुल गरेको भन्ने उजुरीका आधारमा आयोगले निगरानी गरेको थियो। सोही सूचनाका आधारमा खटिएको टोलीले दाहाललाई उनकै कार्यकक्षबाट घुस रकमसहित पक्राउ गरेको जनाएको छ।
सोमबार, असोज २७, २०८२
चिकित्सक, नर्स र स्वास्थ्यकर्मीको पारिश्रमिक सरकारी सरह बनाउन मन्त्रालयको निर्देशन
मन्त्रालयका अनुसार मिति २०६१ मङ्सिर २७ गतेको निर्णयअनुसार जारी निर्देशनहरू अझै पूर्ण रूपमा कार्यान्वयन नभएको भन्दै अस्पतालहरूलाई तुरुन्त कार्यान्वयन गरी प्रतिवेदन मन्त्रालयमा बुझाउन अनुरोध गरिएको हो। निर्देशनअनुसार स्वास्थ्य संस्थामा कार्यरत सबै नर्सिङ्ग तथा स्वास्थ्यकर्मीलाई नेपाल सरकारको मापदण्डभन्दा कम पारिश्रमिक दिन नपाइने र तोकिएको समयभन्दा बढी काम गरेमा अतिरिक्त भत्ता दिनुपर्ने व्यवस्था गरिएको छ।
आइतबार, असोज २६, २०८२
मणिपाल मेडिकल कलेजका नर्सहरुको आन्दोलन जारी, के भन्छन् सञ्चालक ?
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वरिष्ठ पाँचौं तहका कर्मचारीका लागि सुरुवाती तलब ३४ हजार ७३० तलबमान तोकेको छ। त्यसैगरि वरिष्ठ पाँचौं तहका लागि सुरुवात तलब ३७ हजार ७४३ छ। नर्सहरुले सोही बराबर तलबसुविधा लागि आन्दोलन गरेका हुन्।
आइतबार, असोज २६, २०८२
पर्सामा हैजाविरुद्धको खोप अभियान सुरु, ६ लाख ५४ हजारलाई दिइने
आइतबार जिल्ला प्रशासन कार्यालय पर्सामा आयोजित एक कार्यक्रमका बीच प्रमुख जिल्ला अधिकारी (सिडिओ) तोयनारायण सुवेदीले स्वास्थ्यकर्मीको हातबाट खोप सेवन गरी अभियानको औपचारिक शुभारम्भ गरे। उनले खोप सेवन गर्न योग्य सबै उमेर समूहका व्यक्तिलाई खोप लगाएर आफू र परिवारलाई सुरक्षित राख्न आग्रह गरे।
आइतबार, असोज २६, २०८२
राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज, के भएको थियो?
मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचारका लागि भर्ना भएका राष्ट्रपति रामचन्द्र पौडेल आज डिस्चार्ज भएका छन्। राष्ट्रपति पौडेललाई अचानक चक्कर लाग्ने र बान्ता हुने समस्या देखिएपछि हिजो शनिबार अस्पताल भर्ना गरिएको थियो।
आइतबार, असोज २६, २०८२
रक्षा क्यान्सर केयर सोसाईटिद्वारा ‘स्तन क्यान्सर: चुनौती र समाधान’ विषयक अन्तर्क्रिया
कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ कलाकार हरिबंश आचार्यले क्यान्सर जस्ता रोगको सचेतना फैलाउनमा कलाकारको मुख्य भूमिका रहने बताए। उनले आफूहरूले कुष्ठरोगबारे टेलिचलचित्र बनाउँदा थुप्रै बिरामी परीक्षणका लागि आएको र धेरैको निदान भएको स्मरण गराए।
आइतबार, असोज २६, २०८२
किर्ते लिखत कसुरमा कान्तिपुर भेट डिष्ट्रिब्यूटर्सका सञ्चालक अध्यक्ष पक्राउ
लिखत सम्बन्धी कसुरमा संलग्न रहेको आरोपमा केन्द्रीय अनुसन्धान ब्यूरोले कान्तिपुर भेट डिष्ट्रिब्यूटर्स प्रा.लि. का सञ्चालक अध्यक्ष सुना सुवेदीलाई पक्राउ गरेको छ। सुवेदीले पशु सेवा विभागबाट जारी भएको सिफारिस पत्र किर्ते गरी नेपालमा दर्ता नभएका विभिन्न औषधिहरू आयात गरेको पाइएको छ।
आइतबार, असोज २६, २०८२
सर्वाधिक रक्तदाता प्रेमसागर कर्माचार्यद्वारा रसुवामा १८४ औं पटक रक्तदान
नेपालका सर्वाधिक स्वयंसेवी शतक रक्तदाता एवं नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यले आफ्नै पुरानो रेकर्ड तोड्दै १८४ औं पटकको रक्तदान गरेका छन्।
आइतबार, असोज २६, २०८२
लोपोन्मुख राउटे समुदायको अस्वस्थ जीवनशैलीले निम्त्याएको स्वास्थ्य जोखिम
बिगत ३ वर्षमा मात्रै कलिला युवाहरु लगायत धेरै जनाको मृत्यु भएको छ भने जन्मेका बालबालिकाहरु १, २ बाहेक सबै मर्ने गरेका छन्। बिहानदेखि साँझ सम्म लगातार मादक पदार्थ पिउने र अस्तव्यस्त जीवनशैली बन्दै गएको र राउटे समुदायका मानिसहरु असुरक्षित समेत बन्दै गएका छन्।
आइतबार, असोज २६, २०८२
फ्याटी लिभर के हो?
कलेजो शरीरको प्रमुख अंग हो जसले विषाक्त पदार्थ हटाउने, पाचनमा सहयोग गर्ने, रक्त शुद्ध गर्ने, भिटामिन तथा खनिज सन्तुलन गर्ने काम गर्दछ। कलेजोमा बोसो अत्यधिक बढेपछि यी सबै कार्यमा समस्या आउन थाल्छ।
शनिबार, असोज २५, २०८२
काठमाडौंस्थित सम्पर्क कार्यालय बन्द गर्न प्रतिष्ठानहरूलाई नयाँ सरकारको निर्देशन
पत्रमा भनिएको छ, 'नेपाल सरकारको स्रोतबाट व्यवहोरिने गरी अस्पताल तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूले काठमाडौंमा सम्पर्क कार्यालय राख्न नपाउने भएकोले सम्पर्क कार्यालय राखेको भए बन्द गरी यस मन्त्रालयमा जानकारी गराउनुहुनेछ।'
शनिबार, असोज २५, २०८२
स्वास्थ्य सेवामा क्लिनिकल बायोकेमिस्ट र क्लिनिकल बायोकेमिस्ट्रीको भूमिका
सही परीक्षण, सही व्याख्या र सही उपचार। क्लिनिकल बायोकेमिस्टहरू चिकित्सक र बिरामीबीचको अदृश्य तर महत्त्वपूर्ण पुल हुन्। नेपालमा स्वास्थ्य सेवा अझ गुणस्तरीय बनाउन, क्लिनिकल बायोकेमिस्ट्री क्षेत्रको सुदृढीकरण र दक्ष जनशक्ति विकास आजको अपरिहार्यता हो।
शनिबार, असोज २५, २०८२
ट्रमा सेन्टरमा ‘इन्डोस्कोपिक स्पाइन सर्जरी’को सुरुवात
राष्ट्रिय ट्रमा सेन्टरका प्रमुख मेडिकल सुपरिडेन्टेन्ड डा बद्री रिजालको नेतृत्वमा गरिएको उक्त शल्यक्रियामा अर्थाेपेडिक सर्जन डा कुलदीप मंगल जोशी लगायत नर्सिङ तथा अन्य जनशक्तिको सहभागिता रहेको थियो।
शुक्रबार, असोज २४, २०८२
गण्डकीमा असोज २९ गते स्वर्णविन्दु प्राशन खुवाइँदै
अस्पतालका अनुसार यस कार्यक्रममा २०८२ असोज २९ गतेसम्म एक वर्ष पुगेको र ५ वर्ष ननाघेका बालबालिकालाई समावेश गरी स्वर्ण प्राशनको थोपा खुवाइनेछ।
शुक्रबार, असोज २४, २०८२
नर्भिक अस्पतालले विश्व बाथ रोग दिवसका अवसरमा निःशुल्क ओपिडी सञ्चालन गर्ने
दिवसका अवसरमा यही असोज २६ देखि २९ गतेसम्म निःशुल्क ओपिडी सेवा प्रदान गर्न लागिएको हो। नर्भिक अस्पतालका वरिष्ठ बाथ रोग विषेशज्ञ डा अरुणकुमार गुप्ताले निःशुल्क ओपिडी सेवा दिनेछन्।निःशुल्क ओपिडी सेवा उक्त अवधिमा हरेक दिन दिउँसो २ देखि ४ बजेसम्म सञ्चालन हुनेछ।
शुक्रबार, असोज २४, २०८२
जेनेरिक नाममा औषधि सिफारिस- त्रिवि शिक्षण अस्पतालको सराहनीय पहल
त्रिवि शिक्षण अस्पतालले जेनेरिक नाममा औषधि सिफारिस गर्न सुरु गरेको कदम नीति, ऐन र आचारसंहिताको कार्यान्वयनतर्फको ऐतिहासिक र सराहनीय पहल हो। यसबाट अन्य सरकारी तथा निजी अस्पतालहरूले पनि प्रेरणा लिन सक्नेछन्।
शुक्रबार, असोज २४, २०८२
Previous
50
51
52
53
54
Next
सर्च गर्नुहोस्
×
Search