मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, वैशाख १९, २०८३
Sat, May 02, 2026
शनिबार, वैशाख १९, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
जलनपछि गायिका नितु पौडेलको स्वास्थ्य अवस्था गम्भीर
शनिबार दिउँसो काठमाडौंको अनामनगरस्थित एउटा स्टुडिओबाट प्रहरीले गायिका पौडेललाई उद्धार गरेको थियो । हाल उनको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ। उनको शरीरको ६० प्रतिशत भाग जलेको उपचारमा संलग्न डाक्टर किरण नकर्मीले स्वास्थ्यखबरलाई बताए।
आइतबार, कात्तिक २, २०८२
नोबेल मेडिकल कलेजमा पनि नर्सहरूले थाले आन्दोलन
शनिबार बुढीगंगा गाउँपालिका–२ मा रहेको विराट मेडिकल कलेजका नर्सिङ स्टाफले काम बहिष्कार गर्दै आन्दोलनमा उत्रिएका थिए। त्यसको भोलिपल्ट, आइतबारदेखि विराटनगरस्थित नोबेल मेडिकल कलेजका नर्सहरूले पनि आन्दोलन थालेका हुन्।
आइतबार, कात्तिक २, २०८२
बी एण्ड सी अस्पताल व्यवस्थापन र मेडिकल अफिसरबीच सहमति
अस्पतालमा कार्यरत मेडिकल अफिसर टिमबाट सार्वजनिक पत्रमा भनिएको छ, 'हामीले ड्युटी समय र तलब तालिकासम्बन्धी वैध मागहरू व्यवस्थापन पक्षमा राखेका थियौं। व्यवस्थापनले ती मागहरूलाई सकारात्मक रूपमा लिएर तत्काल छलफलको पहल गरेको छ र दुवै पक्षबीच खुला र पारदर्शी वार्ता सम्पन्न भएको छ।'
आइतबार, कात्तिक २, २०८२
रोग होइन, रोगीको उपचार
उपचार तबमात्र सफल हुन्छ जब हामी चिकित्सक रोगीलाई समष्टिगतरुपमा बुझ्छौं —उसको शरीर, मन, भावना, जीवनशैली र सामाजिक परिस्थिति । त्यसैले आधुनिक विज्ञान होस् वा परम्परागत चिकित्सा—सबैले अब रोगको नाममा मात्र होइन, रोगीको विशेषतामा पनि ध्यान दिनुपर्छ । यही दृष्टिकोणले स्वास्थ्यलाई स्थायित्व, जीवनलाई सन्तुलन र मानिसलाई वास्तविक सुख दिन सक्छ ।
आइतबार, कात्तिक २, २०८२
म्यामोग्राफी मेसिन खरिदमा अनियमितता: अख्तियारको भ्रष्टाचार मुद्दा लागेका अरु १३ जना को हुन् ?
अख्तियारका अनुसार स्वास्थ्य सेवा विभागले ‘प्रोक्युरमेनट अफ मेमोग्राफी मेसिन’ शीर्षकमा भएको खरिद प्रक्रियामा ठेकेदार कम्पनी म्याक्सिम इन्कर्पोरेशन ट्रेडर्स प्रा.लिसँग मिलेमतो गरी लागत अनुमानदेखि भुक्तानीसम्मका सबै चरणमा भ्रष्टाचार भएको देखिएको हो।
आइतबार, कात्तिक २, २०८२
डा संगीता कौशल मिश्रा विरुद्ध भ्रष्टाचार मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डा संगीता कौशल मिश्रा विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। जेनजी आन्दोलनपछि गठन भएको नयाँ सरकारमा स्वास्थ्य मन्त्री बन्ने चर्चा चलेकी डा मिश्राविरुद्ध मुद्दा दर्ता हुने अख्तियारले बताएपछि उनलाई मन्त्री बनाइएको थिएन।
आइतबार, कात्तिक २, २०८२
धन्वन्तरी : हिन्दु धर्मका देववैद्य र आयुर्वेदका आदिपुरुष
सुश्रुतका अनुसार महर्षीहरुकासाथ सुश्रुत भगवान धन्वन्तरीकहाँ आयुर्वेद अध्ययन गर्न गए। धन्वन्तरिले उनीहरुलाई उपदेश दिदैं भने, ‘ब्रह्माले सृष्टि सिर्जना गर्नुपूर्व नै अथर्ववेदको उपवेदम मानिएको आयुर्वेदको सहस्र अध्याय–शत सहस्र श्लोक प्रकाशित गरे । फेरि मानिसलाई अल्पमेधावी ठानेर आठ भागमा विभाजन गरे।
आइतबार, कात्तिक २, २०८२
नर्सका माग सम्बोधन गर्न सरकारले बनायो समिति, पहिलो बैठक आजै
आइतबार, कात्तिक २, २०८२
विराट मेडिकल कलेज र आन्दोलनरत स्वास्थ्यकर्मीबीच चार बुँदे सहमति
स्वास्थ्य मन्त्रालयको पत्रानुसार पारिश्रमिक तथा सुविधा कार्यान्वयनको पहल गर्ने भनिएको छ। उक्त विषयमा अस्पताल प्रशासनले सम्बन्धित निकायहरूसँग छलफल गरी आवश्यक व्यवस्था गर्ने सकारात्मक प्रतिबद्धता जनाएको छ।
आइतबार, कात्तिक २, २०८२
४ महिनादेखि तलब नपाएको भन्दै दुर्गा प्रसाईंको बी एण्ड सी मेडिकल कलेजका डाक्टरले थाले आन्दोलन
मेडिकल अफिसरहरूको अस्पताल प्रशासनसँग विभिन्न माग राखेर आन्दोलन सुरु गरेका हुन् । उनीहरुले भनेका छन्, 'तलब बक्यौता, श्रमशोषण, तथा मेडिकल अफिसरको अभावबारे पटक–पटक प्रशासनलाई जानकारी गराउँदा पनि कुनै ठोस कदम नचालिएकाले २०२५ अक्टोबर १९ (२०७२ असोज ४ गते आइतबार) देखि आन्दोलनका कार्यक्रम सुरु गर्ने निर्णय गरिएको हो।'
आइतबार, कात्तिक २, २०८२
तलबसुविधाका विषयमा पोखरा मणिपालबाट उठेको नर्सहरुको आन्दोलन फैलियो विराटनगर
त्यहाँका स्वास्थ्यकर्मीहरुले उचित पारिश्रमिकको माग राख्दै प्रदर्शन समेत गरेका छन्। 'हामीले विगतदेखि बारम्बार माग राख्दै आएका छौं, तर व्यवस्थापन पक्षबाट कुनै ठोस पहल नदेखिएकाले अब पेन डाउन कार्यक्रममार्फत शान्तिपूर्ण रूपमा हाम्रो आवाज उठाउने निर्णय गरेका हौं,' आन्दोलनरत स्वास्थ्यकर्मीमध्ये एकले भने।
आइतबार, कात्तिक २, २०८२
धन्वन्तरी जयन्ती विशेष : आरोग्यताको आधार, योग–ध्यान र आयुर्वेद उपचार
आयुर्वेदको इतिहास अध्ययन गर्दा विभिन्न ग्रन्थहरूमा आयुर्वेदसम्बन्धी लेखहरू पाइए तापनि आयुर्वेद विज्ञानको सबैभन्दा भरपर्दो र वैज्ञानिक ग्रन्थ धन्वन्तरि संहिता नै हो भन्ने स्पष्ट हुन्छ। अन्य आयुर्वेदिक अनुसन्धानकर्ता चरक, सुश्रुत आदिले पनि आफ्नो ज्ञान धन्वन्तरिबाट नै प्राप्त गरेको उल्लेख गरेका छन्।
आइतबार, कात्तिक २, २०८२
सरकारद्वारा प्रस्तावित नर्सको तलब अव्यवहारिक : अफिन
संघले नर्स तथा स्वास्थ्यकर्मीहरूको योगदान र समर्पणप्रति उच्च सम्मान व्यक्त गर्दै श्रम ऐनअनुसार न्यूनतम पारिश्रमिकलाई आधार मानी अस्पताल र कर्मचारीबीच न्यायोचित तलब संरचना आपसी सहमतिमा तय गर्न अनुरोध गरेको छ।
शनिबार, कात्तिक १, २०८२
नेपालमा 'सिमुलेसन' बुझाइरहेका बेलायतमा कार्यरत सर्जन डा विश्व
डा. कार्कीका अनुसार सिमुलेसन एजुकेसन भनेको वास्तविक बिरामीमा सर्जरी गर्नुअघि मोडल, एनिमल टिस्यु वा सिलिकन मोडलमार्फत अभ्यास गर्नु हो। यसले विद्यार्थीमा आत्मविश्वास र दक्षता बढाउँछ। 'बेलायतमा मैले हरेक अपरेसन गर्नुअघि सिमुलेसन ल्याबमा गएर अभ्यास गर्थें। यसले मेरो सिप मात्र होइन, बिरामीको सुरक्षालाई पनि सुनिश्चित गर्छ। नेपालमा पनि यस्ता ल्याब र प्रशिक्षण जरुरी छन्। बिरामीमाथि प्रत्यक्ष अभ्यास गर्नु नै सिकाइ होइन, नैतिक दृष्टिले पनि त्यो ठीक होइन,' उनी भन्छन्।
शनिबार, कात्तिक १, २०८२
म नर्स हुँ ! म हुँ स्वास्थ्यकर्मी ! मलाई मेरो हकको तलबमान देऊ !
म तिम्रो दास होइन, मलाई मेरो भागको जस सम्मान देऊ ! म जिउँदो लास होइन, मेरो अस्तित्व आफू कै समान देऊ !
शुक्रबार, असोज ३१, २०८२
जेनेरिक औषधि लेख्नुपर्ने नियम असान्दर्भिक र अवैज्ञानिक : नेपाल चिकित्सक संघ
शुक्रबार, असोज ३१, २०८२
अस्ट्रेलियन क्रिकेटर म्याडिन्सन क्यान्सर जितेर फर्किए मैदानमा
'सबैभन्दा कठिन कुरा भनेको छोरा अगस्टलाई मसँग खेल्न सक्दिन भन्ने भन्नु थियो,' उनले भनेका छन्, 'म शारीरिक रूपमा यति थाकेको थिएँ कि सोफाबाट उठ्नै सक्दिनथेँ। उसले धेरै कुरा बुझ्थ्यो। ऊ निकै होशियार बच्चा हो। ऊ मेरो कपाल छोएर सोध्थ्यो, ‘के भयो त?’ हामीले उसलाई भन्यौं कि म बिरामी छु र म यस्तो औषधि खाँदैछु, जसले कपाल झार्छ। तर म ठीक हुनेछु भन्ने पनि भन्यौं।'
शुक्रबार, असोज ३१, २०८२
राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रम: वर्तमान अवस्था, सम्भावना, चुनौती र आगामी रणनीति
नेपालमा स्वास्थ्य बीमा कार्यक्रम सरकारद्वारा सञ्चालित एक सामाजिक सुरक्षा कार्यक्रम हो जसको उद्देश्य सबै नेपाली नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने सुनिश्चितता दिलाउनु हो। यसले युनिभर्सल हेल्थ कभरेज हासिल गर्न टेवा पुर्याउँछ।
शुक्रबार, असोज ३१, २०८२
के हेलमेट लगाउँदा कपाल झर्छ ?
वास्तवमा, हेलमेट लगाउँदा कपाल झर्ने कुनै ठोस वैज्ञानिक प्रमाण छैन । तर, कहिलेकाहिँ हेलमेटले टाउकोमा घर्षण पैदा गर्न सक्छ, जसले पसिना जम्मा हुन सक्छ र त्यसको असर स्क्याल्पमा पर्न सक्छ । यदि हेलमेट धेरै फोहोर छ, धेरै टाइट छ, वा फोहर लागेको छ भने यसले कपालमा असर पार्न सक्छ ।
शुक्रबार, असोज ३१, २०८२
जर्मनीका डा. शैल रुपाखेतीसहित ११ देशका नेपाली राजदूत फिर्ता
बिहीबार, असोज ३०, २०८२
भेटनरी औषधि कम्पनीका सञ्चालक हेमराज बडाल पक्राउ
भन्सार शुल्क लाग्ने गरी आयात गर्न दिइएको सिफारिस पत्र कीर्ते गरी दर्ता नै नभएका पशु औषधिहरू आयात गरेको अभियोगमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बडाललाई पक्राउ गरेको हो।
बिहीबार, असोज ३०, २०८२
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. विकास लामिछानेले दिए राजीनामा
डा. लामिछानेलाई तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले २०७८ फागुन १० गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति पदमा नियुक्त गरेका थिए। सो अनुसार उनको कार्यकाल आगामी फागुन १० गतेसम्म कायम रहने थियो।
बिहीबार, असोज ३०, २०८२
प्रधानमन्त्री र स्वास्थ्य सचिव छलफल: नर्सहरुको समस्या समाधान गर्न प्रधानमन्त्री कार्कीको निर्देशन
त्यसक्रममा आवासीय चिकित्सक र आन्दोलनरत नर्सहरुका विषयमा समेत छफल भएको थियो। सोही क्रममा नर्सहरूको समस्या समाधान गर्न निर्देशन दिएकी हुन् । प्रधानमन्त्री कार्कीले नर्सहरुको पारिश्रमिक न्युन भएको सुनिएको बताउँदै पहलका लागि निर्देशन दिएकी हुन्।
बिहीबार, असोज ३०, २०८२
सुर्ती उद्योगीको कानुनी चलखेलबारे अन्तर्क्रिया : जनस्वास्थ्यका कानुनलाई मुद्दा हालेर अल्झाउने खेलप्रति सचेत रहनुपर्नेमा जोड
तीमध्ये पाटन उच्च अदालतमा विचाराधीन मुद्धा विद्युतीय चुरोट (भेप) सम्बन्धी हो भने सर्वोच्च अदालतमा परेको अर्को रिट स्वास्थ्य मन्त्रालयले सुर्तीजन्य पदार्थको प्याकेटमा १०० प्रतिशत सतहमा चेतावनी चित्र अनिवार्य गर्ने व्यवस्था विरुद्ध उद्योगीहरूले हालेका हुन्। जुन व्यवस्था भदौबाट नै लागु हुनुपर्ने थिए ।
बिहीबार, असोज ३०, २०८२
उपेन्द्र देवकोटा मेमोरियल न्युरो अस्पताल बाँसबारीमा थपियो अत्याधुनिक उपकरण
अस्पतालले पत्रकार सम्मेलन गर्दै हालै थपिएका तथा स्तरोन्नति गरिएका उपकरणबारे जानकारी दिएको हो। स्नायु विज्ञानमा विकसित प्राविधिक प्रगतिअनुरूप स्नायु शल्यक्रियालाई सुरक्षित, न्यून जोखिमयुक्त, सहज र विश्वस्तरीय बनाउन विश्व बजारका नविनतम प्रविधि र उपकरणहरू भित्र्याएको हो।
बिहीबार, असोज ३०, २०८२
मणिपाल तथा निजी अस्पतालका नर्सहरुको आन्दोलनको समर्थनमा त्रिवि शिक्षण अस्पतालमा प्रदर्शन
मणिपाल तथा विभिन्न निजी अस्पतालका नर्सहरुको आन्दोलनप्रति समर्थन जनाउँदै त्रिवि शिक्षण अस्पतालका नर्सहरुले प्रदर्शन गरेका छन्। आज (बिहीबार) बिहान १० देखी ११ बजेसम्म उनीहरुले अस्पताल परिसरमा प्रदर्शन गरेका हुन्।
बिहीबार, असोज ३०, २०८२
भक्तपुर क्यान्सर अस्पतालले 'बीसीएच प्यालियटिभ केयर कोष' स्थापना
नेपालमा प्यालियटिभ केयरको विस्तार गर्ने उद्देश्यले भक्तपुर क्यान्सर अस्पतालले 'बीसीएच प्यालियटिभ केयर कोष' स्थापनाको घोषणा गरेको छ। विश्व होस्पिस तथा प्यालियटिभ केयर दिवसको अवसरमा आयोजित कार्यक्रममा अस्पतालले यो घोषणा गरेको हो।
बिहीबार, असोज ३०, २०८२
खाना खाएपछि तुरुन्त पानी पिउँदा के हुन्छ?
देख्दा सामान्य लाग्ने यो बानी वास्तवमा शरीरका लागि हानिकारक हुन सक्छ। यो लेखमा हामी बुझ्नेछौं- खाना खाएपछि तुरुन्त पानी पिउँदा शरीरमा के हुन्छ, यसको वैज्ञानिक कारण के हो, र स्वस्थ तरिका कुन हो।
बिहीबार, असोज ३०, २०८२
बालबालिकाको रोग प्रतिरोध क्षमता बढाउने ‘स्वर्णविन्दु प्राशन’ अभियान
चालु आर्थिक वर्षदेखि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागअन्तर्गतको कार्यक्रमका रूपमा गण्डकी प्रदेशका बागलुङ, कास्की र तनहुँमा यो अभियान सुरु गरिएको हो। देशभरका २३ जिल्लामा सञ्चालन भइरहेको यस कार्यक्रमको शुभारम्भ गण्डकी प्रदेशका ती तीन जिल्लामा भएको धौलागिरी आयुर्वेद अस्पताल बागलुङका प्रमुख डा. शरद पन्थीले जानकारी दिए।
बुधबार, असोज २९, २०८२
किन बढ्दैछ मधुमेह? असन्तुलित खानपानदेखि वंशाणुसम्मको प्रभाव
यो रोग तब उत्पन्न हुन्छ, जब शरीरको प्यान्क्रियासले पर्याप्त मात्रामा इन्सुलिन उत्पादन गर्न सक्दैन, वा शरीरका कोषहरूले त्यस इन्सुलिनलाई प्रभावकारी रूपमा उपयोग गर्न सक्दैनन्। यस्तो अवस्थामा ग्लुकोज (चिनी) रगतमा जम्मा हुँदै जान्छ, जसलाई नै मधुमेह भनिन्छ।
बुधबार, असोज २९, २०८२
Previous
49
50
51
52
53
Next
सर्च गर्नुहोस्
×
Search