काठमाडौं- काठमाडौँको बानेश्वस्थित एभरेष्ट अस्पतालमा १८ सेमीको फाइब्रोइडलाई अत्याधुनिक ल्याप्रोस्कोपिक प्रविधिबाट सफलतापूर्वक शल्यक्रिया गरी हटाइएको छ।
ठूलो चिरा (कट) बिना नै गरिएको यस शल्यक्रियाले आधुनिक चिकित्सा प्रविधिको प्रभावकारिता र सुरक्षित उपचार पद्धतिलाई पुनः प्रमाणित गरेको अस्पतालले जनाएको ।
उक्त जटिल शल्यक्रिया ल्याप्रोस्कोपिक स्त्रीरोग विशेषज्ञ डा. राजन शाहको नेतृत्वमा सम्पन्न भएको हो। बिरामीलाई न्यून पीडा, छिटो निको हुने समय र कम जोखिमका साथ उपचार प्रदान गरिएको उपचारमा संलग्न चिकित्सकको दाबी छ।
अस्पतालले यस सफल शल्यक्रियामार्फत स्त्रीरोग उपचार क्षेत्रमा उच्चस्तरीय सेवा प्रदान गर्दै आएको उल्लेख गरेको छ। साथै चिकित्सक टोली तथा बिरामीको विश्वासप्रति हार्दिक धन्यवाद व्यक्त पनि गरेको छ।