मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, माघ १०, २०८२
Sat, Jan 24, 2026
शनिबार, माघ १०, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
सहमतिका लागि आन्दोलनरत चिकित्सक समक्ष सरकारले राख्यो ३ बुँदे 'प्रस्ताव', आन्तरिक छलफलमा चिकित्सक
उपभोक्ता अदातलको फैसलालाई लिएर आन्दोलित चिकित्सक समक्ष सरकारले सहमतिका लागि तीन बुँदे प्रस्ताव अघि सारेको छ। छाता संगठन नेपाल चिकित्सक संघ (एनएमए)सँगको प्रारम्भिक छलफलपछि सहमतिका लागि प्रस्ताव अघि सारेको हो।
मंगलबार, असार २४, २०८२
चिकित्सकहरुलाई देश छोड्न बाध्य नपार सरकार! [कविता]
म व्यापारी होईन बिन्ति मलाई व्यापारी नबनाउ! म त सत्यको पुजारी हुँ म असल चिकित्सक हुँ! मेरो उपचारमा शंका गर्दै मेरो नियतलाई बद्नियत भन्नेहरु, बुझ्ने गर मेरो जीवन-
मंगलबार, असार २४, २०८२
स्वास्थ्यखबर 'पोलिसी क्लिनिक'मा डा अनिल कार्की र वरिष्ठ अधिवक्ता विष्णु तिमिल्सेना (भिडियो)
स्वास्थ्य खबर नियमित संवाद शृंखला 'पोलिसी क्लिनिक'मा यसपल्ट नेपाल चिकित्सक संघका अध्यक्ष डा अनिल विक्रम कार्की र उपभोक्ता हित संरक्षण मञ्चका महासचिव तथा वरिष्ठ अधिवक्ता विष्णु तिमिल्सेना रहेका छन्। उपभोक्ता संरक्षण ऐन २०७५ का व्यवस्था र त्यसले पारेका प्रभावका विषयमा बहश भएको छ।
मंगलबार, असार २४, २०८२
चिकित्सक संघको आन्दोलनमा आयुर्वेद चिकित्सक संघको ऐक्यवद्धता
उपभोक्ता अदालतको फैसलापछि आन्दोलनमा उत्रेको नेपाल चिकित्सक संघको माग र कार्यक्रममा आयुर्वेद चिकित्सक संघ नेपालले ऐक्यवद्धता जनाएको छ। आयुर्वेद चिकित्सक संघले मंगलबार विज्ञप्ति जारी गर्दै नेपाल चिकित्सक संघद्वारा सार्वाजनिक गरिएका आन्दोलनका मागहरूप्रति पूर्ण समर्थन गरेको हो।
मंगलबार, असार २४, २०८२
उपभोक्ता अदालतको फैसला र चिकित्सक, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाप्रतिको अटुट विश्वासमाथि न्यायकर्मीको अदुरदर्शिता
यस्तो संवेदनशील क्षेत्रलाई उपभोक्ता संरक्षण ऐनभित्र समावेश गरी स्वास्थ्यसँग सरोकार राख्ने संवेदनशील क्षेत्रलाई अन्य उपभोग्य वस्तु सरहका रुपमा जथाभावी रुपमा फैसला गर्दै यो वा त्यो जरिमाना तोकेर नेपालको स्वास्थ्य सेवालाई नै गम्भिर मोडमा पुर्याउनु अत्यन्तै दुःखत पक्ष देखिएको छ। त्यसैले पनि नेपाल चिकित्सक संघले आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरी दिनप्रतिदिन स्वास्थ्य सेवा प्रवाह गर्ने कार्यबाट पन्छिन बाध्य भएको छ।
मंगलबार, असार २४, २०८२
स्वास्थ्यखबर हेल्थ अवार्डको तेह्रौं संस्करणको लागि आवेदन खुला
स्वास्थ्यखबर हेल्थ अवार्डको तेह्रौं संस्करणको लागि आवेदन तथा मनोनयन प्रक्रिया खुला गरिएको छ। यस वर्षको हेल्थ अवार्ड ‘आधारभूत स्वास्थ्य'का क्षेत्रमा केन्द्रित रहनेछ। हेल्थ अवार्डका लागि असार २४ देखि साउन ६ गतेसम्म १५ दिनको समयभित्र आवेदन दिन सकिनेछ।
मंगलबार, असार २४, २०८२
आन्दोलनरत चिकित्सकसँग संवाद : ६ बजे फेरि तीन मन्त्रीसहित बस्नेगरी बैठक स्थगित
बेलुकी ६ बजे तीन जना मन्त्रीसहित बस्नेगरी स्थगित भएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा स्वास्थ्य मन्त्री प्रदीप पौडेल, कानुन मन्त्री अजय चौरसिया र उद्योगमन्त्री दामोदर भण्डारीबीच छलफल भएपछि आन्दोलनरत पक्षलाई बोलाइएको थियो।
मंगलबार, असार २४, २०८२
तलब हजारमा, क्षतिपूर्ति करोडौंमा ?
चिकित्सा सेवा अत्यन्त जटिल/संवेदनशील सेवा भएकाले यसलाई (सेवालाई नजर अन्दाज गर्न खोजेको होइन है) सामान्यीकरण गर्ने र त्यही ढंगले मुद्दा किनारा लगाउने गर्न मिल्दैन, सेवाको संवेदनशीलता अनुसार विज्ञ परामर्श/सुझावका आधारमा मात्र फैसला हुने व्यवस्था हुनुपर्यो भन्ने माग हो
मंगलबार, असार २४, २०८२
डाक्टर आन्दोलनका विषयमा तीन मन्त्रीको संवादपछि चिकित्सक संघसँग छलफल हुँदै
नेपाल चिकित्सक संघको अगुवाईमा देशभरका चिकित्सकहरु आन्दोलनमा उत्रेपछि तीन जना मन्त्रीबीच छलफल भएको छ।
मंगलबार, असार २४, २०८२
आयुर्वेदिक औषधि उत्पादन विदेश निर्यातका लागि सघाउन जिएमपी प्रमाणपत्र दिने स्वास्थ्य मन्त्री पौडेलको निर्णय
विभिन्न कम्पनीहरुले आयुर्वेदिकसहितका परम्परागत चिकित्सा प्रणालीका औषधि उत्पादन गर्दै आएको भए पनि अन्तर्राष्ट्रिय मापदण्डको प्रमाणपत्र दिने अभ्यास थिएन।
मंगलबार, असार २४, २०८२
सडकमा डाक्टर [फोटो फिचर]
उपभोक्ता अदालतसम्बन्धी विषयमा असन्तुष्टि जनाउँदै नेपाल चिकित्सक संघले घोषणा गरेको चरणबद्ध आन्दोलन अन्तर्गत काठमाडौं उपत्यकामा रहेका डाक्टरहरु सडकमा आएका छन्। चिकित्सक संघको आहवान अनुसार माइतीघरमा उपत्यकाका विभिन्न अस्पतालमा कार्यरत चिकित्सकहरु जम्मा भएका हुन्। उनीहरुले माइतीघरमा विरोध प्रदर्शनसँगै र्याली पनि गरेका छन्।
मंगलबार, असार २४, २०८२
चिकित्सकको व्यावसायिक सुरक्षा, कानुनी सुधार र बिरामीको हितका लागि एनडानको १० बुँदे निर्णय
संघले उपभोक्ता संरक्षण ऐनले उपचारको नियत, सेवा सन्दर्भ, र नेपालको स्वास्थ्य प्रणालीको यथार्थतालाई नबुझेको आधारमा गरिएका केही न्यायिक फैसलाहरूले सम्पूर्ण स्वास्थ्य सेवा प्रणालीलाई नै अन्योलमा पारेको जनाउँदै, चिकित्सा अभ्यासको स्पष्ट कानुनी संरचना निर्माण गर्न सरकार र सरोकारवालासँग सहकार्यको तयारी पनि जनाएको छ।
मंगलबार, असार २४, २०८२
चिकित्सकहरुको आन्दोलन : मंगलबार पनि देशभर आकस्मिक बाहेकको सेवा ठप्प
मंगलबार अस्पतालको सेवा बन्दसहित काठमाडौंको माइतीघरमा प्रदर्शन गर्ने कार्यक्रम समेत छ। संघले बिहान ११ बजे उपत्यका भित्रका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई माइतीघर मण्डलामा एवं उपत्यका बाहिरका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई सम्बन्धित प्रदर्शन स्थलमा भेला भई धर्ना दिन आह्वान गरेको छ।
मंगलबार, असार २४, २०८२
राष्ट्रिय जनसङ्ख्या नीति, २०८२ मन्त्रिपरिषदबाट पास : यस्ता छन् मुख्य विशेषता
नयाँ नीति अनुसार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीको अध्यक्षतामा राष्ट्रिय जनसङ्ख्या निर्देशन तथा समन्वय समिति गठन गरी तीनै तहका सरकारलाई प्रभावकारी जनसङ्ख्या व्यवस्थापनमा जिम्मेवार बनाइनेछ। साथै, संघीय, प्रादेशिक र स्थानीय तहमा जनसङ्ख्या व्यवस्थापन मार्गदर्शन जारी गरिनेछ।
मंगलबार, असार २४, २०८२
मंगलबार पनि आकस्मिक बाहेकका सेवा बन्द, माइतीघरमा प्रदर्शन गर्दै चिकित्सक
चिकित्सक संघले सोमबार विज्ञप्ति जारी गर्दै सोमबार जस्तै मंगलबार पनि अकस्मिक एवं सघन उपचार बाहेकका अन्य सम्पूर्ण सेवाहरु बहिष्कार गर्न आह्वान गरेको छ। संघको आह्वानमा सोमबार देशभरका अस्पतालमा इमर्जेन्सीबाहेकका सेवा ठप्प भएको थियो। जसका कारण बिरामीहरुले सास्ती खेप्नु परेको छ।
सोमबार, असार २३, २०८२
चिकित्सकको आन्दोलनबाट बिरामी मर्कामा, क्यान्सरको केमो चढाउन आएका बिरामीले समेत पाएनन् सेवा
‘आज ब्लडको रिपोर्ट देखाएर भोलिका लागि किमो दिने समय लिएको थियो,’ उनले भने- ‘अस्पताल आएपछि लाइन बस्न भनियो,’ ‘चिकित्सक हड्ताल तथा बेड नपाएका कारण घर फर्किनुपर्ने अवस्था भयो।’
सोमबार, असार २३, २०८२
बयालपाटा अस्पतालको स्वामित्व ग्रहणमा प्रदेश सरकारले देखाएको परिपक्वता र अभिभावकिय भूमिका
बयालपाटा अस्पताललाई सरकारी-गैह्रसरकारी साझेदारीको अवधारणा अन्तर्गत विगत लामो समयदेखि न्याय हेल्थ नेपालले सञ्चालन गर्दै आइरहेकोमा विकसित पछिल्लो परिस्थितिका कारण बन्द हुने अवस्थामा रहेको बयालपाटा अस्पताललाई सुदूरपश्चिम प्रदेश सरकारले जीवन्तता दिने महत्वपूर्ण सम्झौता गरेको छ । यो सम्झौताले सुदूरश्चिम प्रदेशका विकट पहाडी जिल्ला र कर्णाली प्रदेशका नागरिकलाई समेत खुशी दिलाएको छ।
सोमबार, असार २३, २०८२
संसदमा डा सुनिल शर्माले भने– डाक्टर खशीबोका काट्ने कसाई जस्ता होइनन्
उनले एउटा गम्भीर विसङ्गतिप्रति औँल्याउँदै भने, 'मेडिकल काउन्सिलले लाइसेन्स दिएर अपरेसनको अधिकार दिने, तर उद्योग मन्त्रालयअन्तर्गतको कानुनले चिकित्सकीय होइनन् भन्ने व्यक्तिले त्यो काम ठीक कि बेठीक ठहर गर्ने?'
सोमबार, असार २३, २०८२
जनआन्दोलनका घाइतेको उपचार समस्या सम्बोधन गर्ने स्वास्थ्यमन्त्री पौडेलको निर्णय
द्वन्द्वपीडित तथा भूकम्पमा समेत घाइते भएकाहरुको उपचार सरकारी कोषबाट भइरहे पनि बजेट अभाव तथा पूर्ण उपचार समेटिन नसके पछि मन्त्री पौडेलले सबै उपचार समेट्ने गरी अस्पतालहरुलाई सोधभर्ना दिने कार्यविधि स्वीकृत गरेका हुन्।
सोमबार, असार २३, २०८२
भदौबाट प्रदेश सरकारले सञ्चालन गर्ने भयो बयालपाटा अस्पताल
सुदूरपश्चिम प्रदेशको अछाम जिल्लास्थित साँफेबगरमा रहेको बयालपाटा अस्पतालको सञ्चालन र व्यवस्थापन अब प्रदेश सरकारले गर्ने भएको छ। भाद्र १ गतेदेखि लागू हुने गरी भएको सम्झौतापछि यसअघि न्याय हेल्थ नेपालद्वारा सञ्चालित यो अस्पताल प्रदेश सरकारको मातहतमा आएको हो।
सोमबार, असार २३, २०८२
उपभोक्ता अदातलको फैसलाको विरोधमा आज देशभरका आकस्मिक बाहेकका सेवा बन्द
संघको घोषित कार्यक्रम अन्तरगत असार २२, आइतबार आ-आफ्नो कार्यस्थलमा पहिलो एक घण्टा धर्ना दिने थियो। असार २३ गते सोमबार देशभरका स्वास्थ्य संस्थाहरूमा आकस्मिक सेवा बाहेक सम्पूर्ण सेवा बन्द गर्ने, चिकित्सकहरूबाट हस्ताक्षर तथा मेडिकल काउन्सिलको प्रमाणपत्र संकलन गरी संघको केन्द्रीय कार्यालय बुझाउने कार्यक्रम छ।
सोमबार, असार २३, २०८२
'पुरुष नर्स’ बारे स्वास्थ्य क्षेत्रमै धेरैले सुनेको समेत रहेनछन् : लक्ष्मण श्रेष्ठ
उनी भन्छन्, ‘कतिपयले मलाई केटा भएको कारण पहिले डाक्टर भन्छन्, अनि फिमेल डाक्टरलाई चाहिँ सिस्टर भन्ने चलन देखिन्छ। यस्तो दोहोरो व्यवहार गलत हो। म आफैँ स्पष्ट गर्छु—म डाक्टर हैन, म नर्स हुँ, मेल नर्स।'
सोमबार, असार २३, २०८२
स्वास्थ्यको नयाँ दरबन्दी थप्ने विषयमा अर्थले माग्यो यी ६ विषयमा जवाफ
अर्थ मन्त्रालयले स्वास्थ्यलाई विभिन्न ६ वटा विषय प्रष्ट पार्न भन्दै फाइल फिर्ता पठाएको हो। अर्थले मन्त्रालय र अन्तर्गतका निकायहरुको संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदनलाई पुनरावलोकन गरी पुन:पठाउन भनेको छ।
आइतबार, असार २२, २०८२
किन हुन सकेन नेपाल आयुर्वेद चिकित्सक संघको ११ औं कार्यसमिती निर्वाचन ?
कार्यसमितिले टार्गेट गरेका कामहरु सम्पन्न हुन नसकेकाले ती काम सम्पन्न गर्नका लागि नयाँ कार्यसमितिको चुनाव गर्न नसकिएको नेपाल आयुर्वेद चिकित्सक संघकी महासचिव डा कोपिला अधिकारीको तर्क छ। आयुर्वेद प्रतिष्ठान निर्माण यो कार्यसमितीको एजेन्डा भएकोले उक्त काम थालनी नहुँदा नयाँ कार्यसमिती चयनका लागि केही ढिलो भएको उनको दाबी छ।
आइतबार, असार २२, २०८२
डाक्टरहरु आन्दोलनमा उत्रेपछि उपभोक्ता मञ्चले प्रधानमन्त्रीलाई बुझायो १२ बुँदे पत्र
प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा पठाइएको पत्रमार्फत मञ्चका महासचिव विष्णु प्रसाद तिमिल्सिनाले उपभोक्ताको मौलिक हक र कानुनी व्यवस्थामाथि प्रहार हुने गरी स्वास्थ्य सेवा बन्द गर्न पाइँदैन भन्दै कानुनी कारबाहीको माग गरेका छन्।
आइतबार, असार २२, २०८२
राप्तीमा चिकित्सकमाथि आक्रमण : राष्ट्रिय चिकित्सक संघद्वारा भर्त्सना, शून्य सहनशीलता नीति कार्यान्वयनको माग
संघले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै घटनाको गम्भीर भत्सर्ना गर्दै दोषीलाई कानुनी कारबाही गर्न आग्रह गरेको छ। विज्ञप्तिमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान मात्र नभई देशभरका अस्पताल र जिल्ला प्रशासन कार्यालयहरूलाई स्वास्थ्यकर्मीहरूको सुरक्षाका लागि आवश्यक कदम चाल्न अनुरोध गरिएको छ।
आइतबार, असार २२, २०८२
चिकित्सकलाई कराेड क्षतिपूर्ति न्यायिक अराजकता हो : डा कालु सिंह खत्री (भिडियो संवाद)
चिकित्सकलाई कराेड क्षतिपूर्ति न्यायिक अराजकता हो : डा कालु सिंह खत्री (भिडियो संवाद)
आइतबार, असार २२, २०८२
उपभोक्ता अदालतको फैसलामा असन्तुष्टि जनाउँदै चिकित्सकले दिएर अस्पताल अगाडि धर्ना
संघको घोषित कार्यक्रम अन्तरगत असार २२, आइतबार आ-आफ्नो कार्यस्थलमा पहिलो एक घण्टा धर्ना दिने थियो। असार २३ गते सोमबार देशभरका स्वास्थ्य संस्थाहरूमा आकस्मिक सेवा बाहेक सम्पूर्ण सेवा बन्द गर्ने, सोमबारसम्म चिकित्सकहरूबाट हस्ताक्षर तथा मेडिकल काउन्सिलको प्रमाणपत्र संकलन गरी संघको केन्द्रीय कार्यालय, काठमाडौंमा पठाउने, असार २४, मंगलबार चिकित्सकहरूले नेपाल मेडिकल काउन्सिलको प्रमाणपत्र काउन्सिलमा बुझाउनेलगायत रहेका छन्।
आइतबार, असार २२, २०८२
अमेरिकी सहयोग कटौतीले २०३० सम्म १ करोड ४० लाखभन्दा बढीको ज्यान जाने खतरा: द ल्यानसेटको रिपोर्ट
शोधकर्ताहरूका अनुसार मृत्यु हुने मध्ये करिब एक तिहाइ बालबालिका हुनेछन्। ट्रम्प प्रशासनले अमेरिका फर्स्ट नीतिअनुसार विदेशमा हुने खर्च कटौती गर्दै आएको छ। यसै क्रममा २०२५ को मार्च महिनामा अमेरिकी विदेश मन्त्री मार्को रुबियोले अमेरिकी विकास सहायता एजेन्सी (युएसएआईडी) का ८० प्रतिशतभन्दा बढी कार्यक्रमहरू रद्द गरिएको घोषणा गरेका थिए।
आइतबार, असार २२, २०८२
क्लिनिकल फार्मासिस्ट : स्वास्थ्य सेवा प्रणालीका ओझेलमा परेका नायकहरू?
अनावश्यक औषधिको प्रयोग घटाउने तथा चिकित्सकीय सल्लाहअनुसार औषधि सेवन सुनिश्चित गर्ने क्लिनिकल फार्मासिस्टहरूको भूमिका बिरामीहरूको स्वास्थ्य सुधार गर्न र स्वास्थ्य सेवा स्रोतहरूको बोझ कम गर्न महत्वपूर्ण हुन सक्छ।
आइतबार, असार २२, २०८२
Previous
48
49
50
51
52
Next
सर्च गर्नुहोस्
×
Search