काठमाडौं- राष्ट्रिय ट्रमा सेन्टरमा गोली लागेका दुई सहित ४ जनाको उपचार जारी छ। राजावादी आन्दोलनका क्रममा गोली लागेको एकको अवस्था गम्भीर छ।
अस्पतालका निर्देशक बद्री रिजालका अनुसार ती व्यक्तिको पेटमा गोली लागेको छ र आकस्मिक शल्यक्रिया भइरहेको छ। अर्का एक जनाको भने कुममा गोली लागेको छ।
अन्य दुईजना भने झडपमा परी घाइते भएकाहरु हुन्।