काठमाडौं - पछिल्लो २४ घण्टामा देशभर ६ हजार ९५१ जना संक्रमित निको भएका छन्। नेपालमा संक्रमित निको हुने दर ८४ दशमलब २ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म ४ लाख ९७ हजार ९६० जना संक्रमित निको भइसकेका छन्।
स्वास्थ्य मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १२ हजार २ जनाको पिसिआर र ५ हजार ९०१ जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत ३ हजार ३७० जना र एन्टीजेटमार्फत १ हजार १०२ जना संक्रमित पुष्टि भएका छन्।
त्यसैगरी, पछिल्लो २४ घण्टामा देशभर ९२ जना संक्रमितको मृत्यु भएको छ। हालसम्म ७ हजार ९९० जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ।।