काठमाडौं- नेपाल स्वास्थ्य अनुसन्धान परिषद र नेपाल इन्टेन्सीभ केयर रिसर्च फाउण्डेसनबीच इन्टेन्सिभ केयर सम्बन्धी एकीकृत तथ्यांक राख्ने विषयमा सम्झौता भएको छ।
परिषदका सदस्य सचिव डा प्रदिप ज्ञावली र फाउण्डेसनका अध्यक्ष डा हेमराज पनेरुले एक कार्यक्रमका बिच सम्झौता पत्रमा हस्ताक्षर भएको हो।
परिषद्का अनुसन्धान अधिकृत डा मेधनाथ धिमालका अनुसार क्रिटिकल केयरको तालिमप्राप्त तथा विज्ञ जनशक्ति नेपालमा कति छन् भनेर एकिन तथ्यांक राख्ने सम्झौता भएको हो।
अस्पतालहरुमा आइसीयू, भेन्टिलेटर चलाउने दक्ष जनशक्तिको अवस्था के छ कस्तो छ भनेर एकिन गर्न तथ्यांक संकलन गर्न लागिएको डा धिमालले जानकारी दिए।
आइसीयू वेड कहाँ कति खाली छन्? आइसीयूमा काम गर्ने जनशक्तिको अवस्था के छ भनेर जानकारी तथ्यांक लिइने उनको भनाइ छ।