काठमाडौं– सोमबार काठमाडौं जिल्लामा ३९ हजार भन्दा बढीले कोभिसिल्डको दोस्रो मात्राको रुपमा एस्ट्राजेनेका खोप लगाएका छन्।
स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्री बहादुर खड्काका अनुसार काठमाडौंका विभिन्न खोप केन्द्रहरुमा पुगेर सोमबार मात्र ३९ हजार ३१९ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।
काठमाडौंमा कोभिसिल्डको पहिलो मात्रा लगाएका करिब ८३ हजार २७ जनालाई लक्षित गरेर खोप अभियान संचालन भएको छ।
खोप अभियानको पहिलो दिन सोमबार नै ४७ दशमलब ३६ प्रतिशतले खोपको दोस्रो मात्रा लगाएको स्वास्थ्य कार्यालयका प्रमुख खड्काले जानकारी दिए।
काठमाडौंमा मंगलबार पनि सोही खोप अभियान जारी छ। खोप कार्यक्रम विहान १० देखि ५ बजेसम्म चलिरहेको छ।