• हाईफू के हो?
हाईफू भनेको हाई ईन्टेन्सिटी फोकस्ड अल्ट्रासाऊन्ड हो। आफ्नो उमेर भन्दा कम देखिने रहर सबैलाई हुन्छ। बढ्दो ऊमेरसँगै हाम्रो छालाको प्रोटिन (काेलाजन र इलास्टिनकाे) मात्रा कम हुँदै जान्छ र चाउरीपना र छाला झुलिने समस्या देखिन थाल्छ। सुई र चिरफार नगरी छालालाई तन्काउन र चाउरीपना हटाउन प्रयोग गरिने आधुनिक प्रविधि हो हाईफू।
• हाईफूले कसरी काम गर्दछ?
हाम्रो छालामा विभिन्न तहहरु हुन्छन्। यस मेसिनले छालाको सबै तहमा र सबैभन्दा महत्त्वपूर्ण तह स्मास (SMAS) जुन मांसपेशी र बोसोको बिचमा रहेको हुन्छ, त्यहाँ अल्ट्रासोनिक इनर्जीद्वारा छालाको तापक्रम बढाएर नयाँ कोलाजन र इलास्टिन बनाउने काम गर्छ। यसरी छालाको बाहिरी सतहमा कुनै पनि नोक्सानी नपुर्याइकन छालालाई कसिलाे बनाउने र तन्काउने गर्दछ।
• हाईफू के के मा प्रयोग गर्न सकिन्छ?
- अनुहार र घाँटीको छाला तन्काउन।
- अनुहारकाे चाउरीपना कम गर्न।
- आइब्रो, चिउडो र गालाकाे लिफ्टिङ गर्न।
- लाफ लाइन मिलाउन।
- अनुहारको भि-सेपिङ र डबल चिउँडो कम गर्न।
- शरीरको अन्य भाग जस्तै पेट, हात, थाईको छाला तन्काउन र बोसो घटाउन।
• हाइफु कसले गर्न मिल्छ र कति समय लाग्दछ?
३० वर्ष भन्दा माथि वा जसकाे चाउरीपना र छाला झुलिने समस्या भएकाले गर्न मिल्छ। यो एउटा अफिस प्रोसिडर भएको हुनाले ३०-४५ मिनेटमा गर्न सकिन्छ। हाईफू गरेको १-३ महिनामा यसको असर देखिन्छ भने कसैलाइ तुरुन्तै पनि रिजल्ट देखिन्छ। छालाको अवस्था हेरेर हाईफू वर्षको १-२ पटक सम्म गर्न सकिन्छ र यसको रिजल्ट पनि छिटो छरिताे र लामो समयसम्म रहन्छ।
• हाईफूको नकारात्मक असरहरु के के हुन्?
हाईफू एकदमै प्रभावकारी र सुरक्षित प्रविधि हाे। हाईफू गरेकाे दिनमा छाला हल्का राताे हुने, सुन्निने र चिरिक चिरिक गर्ने बाहेक अरु साइड इफेक्ट केही छैन। हाईफू गरेको दिनमै आफ्नो नियमित कार्यमा फर्कन सकिन्छ।
• के हाइफु प्रविधि महङ्गो हुन्छ?
कस्मेटिक उपचार अन्य उपचार भन्दा थाेरेै महङ्गो भएतापनि लामाे अन्तरालमा यसका फाइदाहरु धेरै छन्। सर्जरी बिना, दुखाईरहित गरिने हाइफु विश्वभरिनै प्रख्यात कस्मेटिक उपचार हो र नेपालमा पनि अब उपलब्ध छ।
(लेखक लेट मि इन स्किन हस्पिटलकी छाला तथा सौन्दर्य विशेषज्ञ हुन्।)