काठमाडौं– बुधबार संघीय संसदबाट स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी विधेयक पारित भएसँगै चिकित्सकहरुमा खुशीयाली छाएको छ।
नेपाल चिकित्सक संघका अध्यक्ष डा लोचन कार्कीले चिकित्सकको माग अनुसार नै विधेयक पास भएको र अब ऐन आउने बताए।
सो ऐन जारी भएपछि अबका दिनहरुमा अस्पताल, स्वास्थ्यसंस्थामा हुने तोडफोड, तथा स्वास्थ्यकर्मी तथा चिकित्सकहरुमाथि कुटपिट गर्नेलाई पुर्पक्षका लागि थुनामा राखेर कारबाही गर्न मिल्ने बताए।
चिकित्सक तथा स्वास्थ्यसंस्थाको सुरक्षाका लागि यो कानुन उपयुक्त भएको उनको भनाइ छ।
डा कार्कीले चिकित्सकले मान्छे मार्ने उद्देश्यले चिकित्सकीय पेसा नगर्ने भएपनि चिकित्सकहरु पनि भगवान् नै भने नभएको बताए। सो ऐनले नियतबस गलत प्राक्टिस गर्ने अधिकार भने चिकित्सकलाई नदिएको डा कार्कीको भनाइ छ।
चिकित्सकले नियतवस गल्ति वा गैर कानुनी चिकित्सकीय अभ्यास गरेमा उसलाई कारबाही गर्ने कानुनी व्यवस्था नै भएको डा कार्कीले बताए।
यो ऐन आएसँगै अब चिकित्सकहरुले कार्यक्षेत्रमा सुरक्षित महसुस गरेर सेवा प्रदान गर्न सक्ने डा कार्कीले बताए।
उनले बिरामीको मृत्युपछि अस्पताल वा चिकित्सकमाथि हुने दुर्घटना जोगाउन यो कानुन बनेको तर घटनालाई नै लुकाउने उद्देश्यले भने नभएको बताए।
स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी कानुनमा मुख्य कुरा के–के छन्? यो कानुन नै किन आवश्यक छ? यो कानुन कसरी आयो? यसको कार्यान्वयनका लागि चिकित्सक संघले कस्तो भुमिका निर्वाह गर्छ लगायतका विषयमा डा कार्कीसँग कुराकानी गरेका छौं।
प्रस्तुत छ डा कार्कीसँग गरिएको भिडियो संवाद