चितवन मेडिकल कलेजमा विगत ३ वर्षदेखि न्युक्लियर मेडिसिन सेवा सञ्चालनमा छ। उक्त विधिबाट २५१ जना थाइराइड क्यान्सर भएका बिरामीहरुको उपचार हुँदा २४४ जनाको उपचारमा सफलता मिलेको छ। तथ्यांक अनुसार ९७ प्रतिशत बिरामीमा उपचार सफलता मिलेको छ।
यीमध्ये २४० जना पहिलोपटकको उपचार प्रक्रियामा नै क्यान्सरमुक्त भएका थिए भने बाँकीलाई दोस्रोपटकको उपचार आवश्यक परेको थियो।
प्रारम्भिक चरणमा क्यान्सर फोक्सो र हड्डीसम्म नपुगेको अवस्थामा बिरामीहरु पहिलो पटकको उपचार प्रयासबाट नै निको भएका हुन्।
उपचारर केही बिरामीहरुको क्यान्सर फोक्सो तथा हड्डीसम्म पनि पुगिसकेको अवस्थाका कारण उनीहरुलाई दोस्रोपटकको उपचार आवश्यक परेको हो। यद्यपि उनीहरुको स्वास्थ्य अवस्थासमेत दिन दिनै सुधार हुँदै गएको छ ।
यसकारण प्रभावकारी नुक्लियर उपचार विधि
यस उपचार विधिबाट उपचाररत सबै बिरामीहरुलाई पूर्णरुपमा निको बनाउने लक्ष्य साथ हामीले काम गरिरहेका छौं। सबै बिरामीहरुलाई पूर्णरुपमा क्यान्सरमुक्त गराउने लक्ष्यका साथ हामीले स्तरीय सेवा प्रदान गरिरहेका छौं। आजसम्म हामी कहाँ उपचारका लागि आइपुगेका कुनै बिरामीको थाइराइड क्यान्सरको कारण मृत्यु भएको छैन। हामीले ६ वर्षीया बालकदेखि ९० वर्षका वृद्वको समेत उपचार गरेका छौं। यस प्रकारको उपचार विधिबाट उपचार गराउँदा बिरामीमा उपचारका क्रममा कुनै पनि प्रकारको दुष्प्रभाव नपरेकोले न्यूक्लियर उपचार विधि सुरक्षित तथा प्रभावशाली सावित भएको छ।
थाइराइड क्यान्सर प्रायः महिलामा देखिने क्यान्सर भएकोले हामी कहाँ उपचारका लागि आइपुगेका २५१ जनामध्ये १९९ महिला रहेका थिए।
विश्वस्तरीय सेवा प्रदान गर्दै चितवन मेडिकल कलेज
विगतमा नेपालमा यस प्रकारको उपचार विधिको सुरुवात नहुँदा न्यूक्लिएर उपचारका लागि ठूलो संख्यामा नेपालीहरु भारत तथा बैंकक जाने गरेको थिए।
हाल चितवन मेडिकल कलेजमा नै अत्याधुनिक तथा स्तरीय प्रविधिबाट उपचारको सुरुवात गरिएको छ।
हाल चितवन मेडिकल कलेजले न्यूक्लिएर मेडिसिन, इण्डोक्राइनोलोजी तथा हेड एण्ड नेक सर्जरी जस्ता विशिष्ट उपचार विधिको समेत सुरुवात गरेको छ।
विकसित मुलुकहरु तथा युरोप अमेरिकाले प्रदान गर्ने स्तरको थाइराइड क्यान्सरको उपचार हाल चितवन मेडिकल कलेजले प्रदान गरिरहेको छ भन्दा अतियुक्ति नहोला ।
हामीले थाइराइडका साथै मिर्गौला, मुटु, कलेजो, हाडजोर्नी लगायत अन्य क्यान्सरको उपचार समेत यस विधिबाट दिदैं आएका छौं ।
कोरोना कहरबीच चितवनमा न्युक्लियर मेडिसिन सेवा सुरु
डा पौडेल चितवन मेडिकल कलेजको न्यूक्लिएरयर मेडिसिन विभागीय प्रमुखका रुपमा कार्यरत्त छन्।