काठमाडौं- स्वास्थ्य सेवा दिवसको अवसरमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्यका लागि उत्कृष्ट काम गरेमध्ये पाँचजना डाक्टर, स्वास्थ्यकर्मी र नर्सलाई पुरस्कृत गरेको छ। तीमध्ये एक हुन् डा केशर ढकाल। जसले स्वास्थ्यकर्मीका रुपमा, मेडिकल अफिसरका रुपमा र स्त्री तथा प्रसुति रोग विशेषज्ञका रुपमा २५ वर्षदेखि कर्णाली प्रदेशमा सेवा दिँदै आएका छन्। जिल्ला अस्पताल हुँदै प्रादेशिक अस्पताल बनेको कर्णाली प्रादेशिक अस्पतालमा उनले हजारौंलाई उपचार सेवा दिएका छन्। सयौं महिला र बच्चाको ज्यान जोगाएका छन्। उनीसँग स्वास्थ्यखबरले गरेको भिडियो संवाद :
स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।