काठमाडौं- सोनीले अत्यन्तै साना टिस्यु (तन्तु), नसाहरू र रक्तनलीहरूमा शल्यक्रिया गर्ने शल्यचिकित्सकलाई सहयोग पुर्याउने माइक्रोसर्जरी सहायक रोबोटको प्रोटोटाइप सार्वजनिक गरेको छ।
यो सानो आकारको रोबोटमा स्वचालित रूपमा शल्य उपकरणहरू फेरबदल गर्ने प्रणाली छ, जसले शल्यक्रिया दौरान अवरोध कम गरी प्रक्रियालाई छरितो बनाउँछ। रोबोटको नियन्त्रण प्रणाली विशेष हलुका र संवेदनशील उपकरणबाट सञ्चालित हुन्छ, जसले चिकित्सकको औंलाको सानो–सानो गति समेत सटीक रूपमा प्रतिविम्बित गर्छ।
यसमा १.३-टाइप फोके ओलेड माइक्रोडिस्प्ले पनि जडान गरिएको छ, जसले शल्यक्रिया भइरहेको स्थानको उच्च गुणस्तरको तस्बिरहरु देखाएर चिकित्सकलाई उपकरणहरूको गति सही रूपमा नियाल्न सहयोग गर्छ।
जापानको आइची मेडिकल विश्वविद्यालयमा परीक्षण गरिएको यो प्रोटोटाइप अहिले विकासकै चरणमा रहेको र अहिल्यै बिक्री वा प्रयोगका लागि उपलब्ध नभएपनि, सोनीले भविष्यमा यसले शल्यक्रियाको सटिकता र प्रभावकारिता बढाउने विश्वास लिएको छ। साथै, विश्वभर स्वास्थ्यकर्मीको अभाव रहेको परिस्थितिमा यसले चिकित्सकको सहयोगी उपकरणको रूपमा काम गर्ने अपेक्षा गरिएको छ।