काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले आन्दोलनरत नर्सहरुको समस्या तत्काल समाधान गर्न निर्देशन दिएकी छिन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समेत जिम्मेवारी लिइरहेकी प्रधानमन्त्री कार्कीले बिहिबार स्वास्थ्य तथा मन्त्रालयका सचिवद्वय डा विकास देवकोटा र डिल्लीराम शर्मासँग छलफल गरेकी थिइन्।
त्यसक्रममा आवासीय चिकित्सक र आन्दोलनरत नर्सहरुका विषयमा समेत छफल भएको थियो। सोही क्रममा नर्सहरूको समस्या समाधान गर्न निर्देशन दिएकी हुन् । प्रधानमन्त्री कार्कीले नर्सहरुको पारिश्रमिक न्युन भएको सुनिएको बताउँदै पहलका लागि निर्देशन दिएकी हुन्।
मन्त्रालयका तर्फबाट भएका निर्णय र फलोअपका विषय समेत त्यहाँ राखिएको थियो। स्वास्थ्य क्षेत्रका अन्य विषयमा समेत छलफल भएको थियो।