काठमाडौं- नेपाल मेडिकल काउन्सिलको निर्वाचनका लागि उपाध्यक्ष पदमा उम्मेदवारी दिएका डा कालुसिंह खत्रीले नाम फिर्ता लिएका छन्। बिहीबार काउन्सिलले अन्तिम नामावली प्रकशित गर्नुअघि उनले फिर्ता लिएका छन्।
उनले दुई कार्यकाल काउन्सिलमा सदस्यका रुपमा काम गरेका छन्। उनले फिर्ता लिएसँगै उपाध्यक्षका तीन उम्मेद्वार डा. कुन्जाङ शेर्पा, डा. गुरुशरण साह र डा. अजयसिंह थापाबीच प्रतिष्पर्धा हुनेछ।
आठ सदस्यका लागि हुने निर्वाचनमा ३३ जना प्रतिष्पर्धा गर्दैछन्। सदस्यतर्फ डा दीपेन्द्र पाण्डे ,डा योबीन कुमार यादव, डा सम्राट पराजुली, डा प्रमोदकुमार साह, डा नीना राई, डा दिनेशकुमार विक, डा बुद्धि प्रसाद भण्डारी, डा विजय बिक्रम बम, डा प्राची बोगटी, डा हरिप्रसाद रिजाल डा निशास भुर्त्याल, डा अस्मिता पोखरेल, डा प्रदीप कुमार रोय, डा कुम्भराज जोशी, डा ध्रुबनारायण साह, डा दिनेश दर्नाल, डा अरुणकुमार महत, डा कुन्दन शेखर शर्मा, डा उज्वल ठाकुर, डा दीपेश पौडेल, डा उत्तरकुमार गौतम, डा सारिका गोइत, डा सरोजकुमार गोहीवार, डा बुद्धिनाथ साह, डा सरस्वति भट्टराई, डा छविलाल पन्थी, डा रविन बस्नेत, डा सरोजकुमार साह, डा प्रकाश सिंह, डा राम थापा क्षेत्री, डा बुद्धिमान तामाङ, डा दिक्षान्त आचार्य र डा घनश्याम पाण्डे रहेका छन् ।
काउन्सिलले काठमाडौँ उपत्यका बाहिर पुसको ५ र ६ गते तथा काठमाडौँ उपत्यका भित्र पुसको ११ र १२ गते गर्ने मतदान गर्ने तालिका तय गरेको छ।