काठमाडौं- नेपाल मेडिकल काउन्सिलको उपाध्यक्षका लागि उम्मेदवार रहेका तिनैजना डा अजयसिंह थापा, डा गुरुशरण साह र डा कुन्जाङ शेर्पासँग प्रत्यक्ष संवाद कार्यक्रम गरिएको छ। 'नेपाल मेडिकल काउन्सिल: नवीन नेतृत्व, नयाँ दृष्टिकोण' शिर्षकमा अन्तरसंवाद गरिएको हो।
स्वास्थ्य खबर फाउन्डेसन र हेल्थ कन्सर्नको आयोजनामा भएको कार्यक्रममा उनीहरुले काउन्सिलको नेतृत्वका लागि आफूले तय गरेका अजेन्डा, सुधारका लागि प्रतिबद्धता र नयाँ दृष्टिकोणबाट अघि बढाउने कुरामा जोड दिएका छन्।
संवादको सहजिकरण हेल्थ कन्सर्नका अधयक्ष डा सुवास प्याकुरेलले गरेका थिए। कार्यक्रमको अध्यक्षता स्वास्थ्य खबर फाउन्डेसनका कार्यकारी अध्यक्ष प्रवीण ढकालले गरेका थिए। कार्यक्रममा काउन्सिलको सदस्यका उम्मेदवार डा योबिन यादव, डा अस्मिता पोखरेलले आफ्ना प्रतिबद्धता प्रस्तुत गरेका थिए। कार्यक्रममा चिकित्सा र सञ्चार क्षेत्रका विभिन्न व्यक्तित्वको उपस्थिति रहेको थियो।
हेर्नुहोस् भिडियो :