काठमाडौँ - स्वास्थ्य सेवा क्षेत्रमा करिब दुई दशक लामो सक्रिय यात्राबाट प्राप्त सीप, अनुभव र नेतृत्व क्षमतासहित डा. छवि पन्थीले मेडिकल काउन्सिल सदस्य पदमा दाबी गरेका छन्। बाल्यकालदेखि ग्रामीण स्वास्थ्य सेवासँग नजिक भएका उनले देशका दुर्गम जिल्लादेखि शहरी स्वास्थ्य केन्द्रसम्म निरन्तर सेवा प्रदान गर्दै आएको इतिहास बताएका छन्। 'आन्दोलन मात्रै गरेको' बताउनेका लागि भन्दै उनले आफ्नो व्यवसायिका यात्रा विवरण सार्वजनिक गरेका हुन् ।
१- खासमा म २०६३ साल देखी स्वास्थ्य सेवा प्रबेश गरेको हो, मैले एचए पास गरेपछि आफ्नै जिल्ला अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा १ बर्ष सिएमए पढाएँ र झोला झोलामा औषधी बोकेर घर दैलोमा विरामीहरुलाई निःशुल्क उपचार गरेको सुखद अनुभव छ ।
२- मैले बिएड तेस्रो बर्षको परिक्षा दिन चितवन आएको बेला गोरखाको आरुघाटमा जागिर खाने अबसर प्राप्त भो, धादिंगबेशीबाट ३७ किलोमीटर हिंडेर त्यहाँ पुगि १४ महिना हेल्थ असिस्टेन्टको रुपमा काम गरेको हो, जसले मलाई अति बिनित भएर सेवाप्रवाह गर्नु पर्छ भन्ने प्रेरणा दिई रहन्छ ।
३- मैले आरुघाट छोडे पछि धादिंगको मलेखुमा ६ महिना होलसेल औषधि पसलमा काम गर्ने मौका पाएँ तत्पश्चात आफ्नै लगानीमा काठ्माण्डौ, नागपोखरीमा औषधी पसल खोली १ बर्ष स्वास्थ्यव्यवसायी भएर काम गरें । पसल चलिरहेको थियो, १९ बर्षको उमेर थियो, विनायक अस्पतालमा जागिर खान गएको लिएनन्, बरु केही दिन पछि फिल्डमा काम गर्ने गरि केन्द्रीय स्वास्थ्य संयोजकको रुपमा काम गर्ने अवसर प्राप्त भयो । केही महिना सोही भूमिकामा काम गरे पछि अस्पताल व्यवस्थापकको रुपमा ३ बर्ष काम गरें । सो क्रममा मैले देशका ५५ वटा जिल्ला पुग्ने अबसर प्राप्त गरेको छु । ३१ वटा जिल्लामा मैले प्रत्यक्षरुपमा भेजाईनल हाईस्टेरेक्टोमीको सर्जिकल शिविर संचालनको नेतृत्व गरेको अनुभव छ र उक्त अस्पतालका १२ वटा आउटरिच हस्पिटल निर्माण र संचालनमा नेतृत्वदायी भूमिका निर्वाह गरेको अनुभव छ । यो क्रममा मलाई प्रत्यक्ष नजिकबाट चिन्ने अति आदरणीय, विनीत बरिष्ठ स्त्री तथा प्रसुती रोग बिशेशज्ञ डाक्टरहरु प्रा.डा. पदम राज पन्त, यम द्वा, विनिता सुवेदी, बिनोद महासेठ, दुर्गा खतिवडा, धिरेन्द्र कुमार शाह, उषा श्रेष्ठ खाँड, श्री अधिकारी, सन्देश पौडेल, रानी झा, सुनिलमणि पोख्रेल साथै एनेस्थीसियोलोजिस्ट बसन्त पन्त, अमिरबाबु, सुरेन्द्र श्रेष्ठ र जनरल सर्जन धर्मेन्द्र कुमार सिंह जस्ता मुर्धन्य ब्यक्तित्वहरुको मेन्टरसीप प्राप्त छ र उहाँहरु मेरो प्रेरणाको स्रोत हुनुहुन्छ ।
४- २०१८ को अगस्तमा एमविविएस सके पछि केही समय निम्स्ट कलेज ग्वार्कोमा पढाएँ पछि पुन: गोरखाको आरुघाटमा ६ महिना काम गरें, तत्पश्चात काठमाण्डौका केही क्लिनिकहरुमा नीजि प्राक्टिस गरें, सो समयमा हाम्रो श्रदेय डा. टिकामान बैध सरको नेशनल फर्टिलिटी केयर सेन्टर, नेपाल सिआरएस कम्पनीमा रहेर परिवार नियोजन सम्बन्धमा मास्टर ट्रेनरको रुपमा देशभर ६० वटा भन्दा बढी तालिम संचालन गरेको अनुभव छ, जसले मलाई देशका ६६ वटा जिल्लामा पुरायो पनि ।
५- यसै क्रममा काम गर्दै गर्दा कोविड आयो, कोविडले मलाई स्वास्थ्य मन्त्रालय संग जोडि दियो । त्यो बेला मैले एनएचआरसीमा काम गर्ने मौका पाएँ । मैले रेम्डेसिभिर कन्भालेसेन्ट प्लाज्मा, फ्याविपिराभिरको क्लिनिकल ट्रायल लगायतका केही रिसर्चहरुमा नेतृत्वदायी भूमिका निर्वाह गरेको छु, देशभरका ५२ वटा रिसर्च साईटहरुको ब्यबस्थापकको रुपमा काम गरेको अनुभव छ ।
६- कोभिड पछि पुन: सिटिईभिटीका कलेजहरुमा पढाउँदै आफ्नो ब्यबसायिक जीवनलाई अहिले काठ्माण्डौ विश्वबिध्यालयको आफ्नो टिचिंग अस्पताल, धुलिखेल अस्पतालमा आवसीय मनोचिकित्सकको रुपमा तेस्रो बर्षमा कार्यरत छु ।
मैले व्यवसायिक रुपमा प्राप्त गरेको सीप र ज्ञानहरु मेडिकल काउन्सिलमा पनि प्रयोगमा आउने छ भन्ने लागेको छ । मलाई यहाँहरुले आफ्नो अमूल्य मत दिएर र दिन लगाएर अत्याधिक मतले जिताउनुहुनेछ भन्ने आशा गरेको छु ।