विराटनगर — नेपाल मेडिकल एसोसिएसन (एनएमए) को आगामी निर्वाचनका लागि उपाध्यक्ष (कोशी प्रदेश संयोजक) पदमा डा. टंक बाराकोटीले औपचारिक रूपमा उम्मेदवारी घोषणा गरेका छन्।
कोशी प्रदेशमै कार्यरत चिकित्सक डा. बाराकोटीले प्रदेशका चिकित्सकहरूको हकहित, पेशागत सुरक्षा र समग्र मेडिकल फ्राटर्निटीको सुदृढीकरणका लागि आफू उम्मेदवार बनेको बताएका छन्। उनले आफ्नो प्रमुख कार्यसूचीका रूपमा चिकित्सक हकहितसँग सम्बन्धित ‘डा. बाराकोटी प्रतिवेदन’ (Barakoti Report) लाई कार्यान्वयनमा लैजाने प्रतिबद्धता जनाएका छन्।
डा. बाराकोटीले डा. मंगल रावल र उनको टिमसँग सहकार्य गर्दै अघि बढ्ने स्पष्ट पार्दै सम्पूर्ण चिकित्सक समुदायलाई आफ्नो समूहलाई समर्थन गर्न अपिल गरेका छन्। “हाम्रो सामूहिक एजेन्डा कार्यान्वयन गरेर चिकित्सकहरूको हकहित सुनिश्चित गर्नु नै मेरो मुख्य उद्देश्य हो,” उनले बताएका छन्।
डा. टंक बाराकोटीले केही समयअघि मात्रै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य सेवा विभागको महानिर्देशक पदबाट राजीनामा दिएका थिए।