काठमाडौं- नेपाल मेडिकल काउन्सिलको सदस्य निर्वाचनमा ६८०० मतको गणना पूरा भएको छ। पछिल्लो मत परिणामअनुसार उम्मेदवारहरूबीच प्रतिस्पर्धा रोचक बन्दै गएको छ।
पछिल्लो गणनामा उपाध्यक्षमा डा गुरुशरण साह २९०२, डा कुन्जाङ शेर्पा २५७९, अजयसिंह थापा १०४९ रहेका छन्।
डा. सरिका गोइत अग्रस्थानमा रहेकी छन्। उनले २,९९६ मत प्राप्त गर्दै ४४.०६ प्रतिशत मतसहित पहिलो स्थान कायम राखेकी छन्। उनलाई डा. छवि लाल पन्थीले २,९०७ मत (४२.७५ प्रतिशत)सहित नजिकबाट पछ्याइरहेका छन्।
तेस्रो स्थानमा डा. योविन कुमार यादव रहेका छन्। उनले २,४४६ मत प्राप्त गर्दै ३५.९७ प्रतिशत मत पाएका छन्। चौथो स्थानमा रहेका डा. सम्राट पराजुलीले २,२०४ मत (३२.४१ प्रतिशत) प्राप्त गरेका छन् भने डा. दिपेन्द्र पाण्डेले २,१९४ मत (३२.२६ प्रतिशत)सहित पाँचौँ स्थानमा छन्।
त्यस्तै डा. अस्मिता पोखरेलले १,७०६ मत (२५.०९ प्रतिशत), डा. घनश्याम पाण्डेले १,६९० मत (२४.८५ प्रतिशत) र डा. निना राईले १,५४६ मत (२२.७४ प्रतिशत) प्राप्त गरेका छन्।
-1767010833.png)