काठमाडौं- स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशकमा डा. कृष्णप्रसाद पौडेलले जिम्मेवारी पाएका छन्। डा पौडेललाई स्वास्थ्य मन्त्री निशा मेहताले गत शुक्रबार मन्त्रीस्तरीय निर्णय गर्दै विभागको निमित्त महानिर्देशकको जिम्मेवारी दिएकी हुन्।
डा पौडेलले सोमबार निमित्त महानिर्देशकको जिम्मेवारी पाएका हुन्। उनले आज मंगलबार आफ्नो नयाँ जिम्मेवारी सम्हाल्ने छन्। डा पौडेल यसअघि सप्तरीको राजविराजस्थित गजेन्द्रनारायणसिंह अस्पतालमा कार्यरत थिए।
डा पौडेललाई जिम्मेवारी दिनुअघि विभागको निमित्त महानिर्देशकमा डा अनुज भट्टचन थिए। डा भट्टचनलाई विभागसँगै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको निर्देशक थिए। अब डा भट्टचनले अब महाशाखाको मात्र जिम्मेवारी सम्हाल्ने छन्।
स्वास्थ्य सेवा विभागको महानिर्देशक पद १२ औँ तहको हो। हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा डा. संगिता मिश्रा तानिएसँगै स्वास्थ्य मन्त्रालयमा १२ औँ तहमा कार्यरत डा. श्रीकृष्ण श्रेष्ठ मात्रै बाँकी छन् ।