काठमाडौं— सप्तरीको कञ्चनरुपमा देखिएको हङकङ फ्लु र स्वाइन फ्लु बाबाधाम गएका व्यक्तिबाट फैलिएको बताइएको छ ।
स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका महामारी नियन्त्रण शाखा प्रमुख डा प्रकाश साहले भारतको बाबाधाम गएर फर्किएका अधिकांश व्यक्तिहरुमा फ्लु देखिएको बताए।
उनले बाबाधाम गएर फर्किएका व्यक्तिहरुलाई विशेष निगरानीमा राखिएको बताउँदै उनले फ्लुबाट बच्न स्थानीय सञ्चार माध्यम तथा माइकिङबाट सुरक्षित रहने उपाय, निगरानीबारे जानकारी गराइरहेको बताए।
स्वास्थ्य खबरसँग कुरा गर्दै डा साहले भने, ‘हामीले स्वास्थ्यकर्मीलाई र बिरामीको लागि विशेष प्रकारको एक सय थान मास्क र आवश्यक औषधि विहीबार नै सप्तरी पठाइएको बताए।
सप्तरीको कन्चनरुपमा नगरपालिकामा फ्लुको समाचार आएपछि काठमाडौंबाट रोग नियन्त्रण महाशाखाका महामारी नियन्त्रण शाखा प्रमुख डा साहको कोइरालाको नेतृत्वमा गत भदौ २२ गते चार सदस्यीय टोली सप्तरी पुगेको थियो । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका इन्टर्नल मेडिसिनका चिकित्सकको अर्को टोली पनि सप्तरी पुगिसेको ेबताइएको छ । दुवै टोलीसहित स्थानीय जनप्रतिनिधिलगायतको संयुक्त बैठक बसी स्वास्थ्य शिविर गर्ने निर्णय गरेको थियो।
टोलीले रुघाखोकी र ज्वरोका बिरामी अत्याधिक भएको भन्ने खबर पछि तीन दिने शिविर राखेको थियो । डा साहले भने, ‘हामीले १ हजार १२२ जना बिरामीको जाँच गरेका थियौँ, जसमा सबैभन्दा बढी ज्वरोका बिरामी थिए, ती मध्ये १० जनाको रगत नमुना लिई जाँचका लागि काठमाडौँ पठायौँ, त्यसबाहेक हमुमान नगर कङकाली नगरपालिकाबाट पनि ६ जनाको छुटै रगत नमुना पठाएका थियौँ ।’
ती १६ नमुनामध्ये राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काडमाडौंले १० जनामा हङकङ फ्लु र दुईजनामा स्वाइन फ्लु पुष्टि गरेको छ।
२५ गते थप ४ नमुनाको रिपोर्ट भने शुक्रवार आउने डा साहले बताए । उनले एक व्यक्तिबाट अर्को व्यक्तिमा फ्लु सजिलै सर्ने भएकाले रुघाखोकी, ज्वरो आएमा तुरुन्त जाँच गराउन सुझाव दिए । धेरै भीडभाडमा नजाने, पानी उमालेर खाने, सरसफाईमा बस्न पनि सर्वसाधारणसँग आग्रह गरे।