काठमाडौं– प्रभु बैंक लिमिटेड र स्वस्तिक हेल्थ केयर सेन्टरबीच अन्तरङ्ग तथा बहिरङ्ग सेवामा विशेष छुट प्रदान गर्न सम्झौता गरेको छ।
उक्त सम्झौता पश्चात् प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरूले ताल्छिखेल, सातदोबाटो, ललितपुर स्थित रहेको उक्त हेल्थ केयरमा ओपिडि टिकट बाहेक रेडियोलोजी, प्याथोलोजी, फार्मेसी, फिजियोथेरापी लगायतका स्वास्थ्य सेवाहरूमा विशेष छुट पाउने भएका छन्।
स्वस्तिक हेल्थ केयर सेन्टरमा विभिन्न स्वास्थ्य परिक्षणका प्याकेजहरु मार्फत नियमित स्वास्थ्य परिक्षण, परामर्श तथा उपचार सेवाहरुमा १० देखि २५प्रतिशत सम्मको छुट व्यवस्था रहेको छ। एक समारोहका बिच स्वस्तिक हेल्थ केयर सेन्टर का अध्यक्ष डा अमृश थापा र प्रभु बैंकका प्रमूख मार्केटिङ्ग अफिसर रविन्द्र ढकालले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्।