काठमाडौं- त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)बाट एमबिबिएस अध्ययन गरेका डाक्टरहरुको दोस्रो अल्मुनाइ मिट हुने भएको छ।
आइओएमको नेपाल मेडिकल स्टुडेन्ट सोसाइटीले फागुनमा अल्मुनाइ मिट गर्न लागेको हो। आइओएमबाट अध्ययन गरेका डाक्टरहरुलाई एकै स्थानमा भेला पारी अनुभव साटासाट गर्न यस्तो मिट गर्न लागिएको सोसाइटीका अध्यक्ष शक्ती चौरसियाले जानकारी दिए।
उनका अनुसार अल्मुनाइ मिट आगामी फागुन १० गते अर्थात २२ फेब्रअरीमा गर्न लागिएको हो। अल्मुनाइ मिट आइओएममा नै हुने छ।