काठमाडौं - दोषिलाई कारबाही र सुरक्षाको माग गर्दै आन्दोलित बनेका नेपाल मेडिकल कलेजका चिकित्सकले हेल्मेट लगाएर विरोध प्रदर्शन गरेका छन्।
ड्यिुटीमा रहेका चिकित्सामाथि आक्रमण गर्नेलाई कारबाहीको माग राख्दै शान्तिपूर्ण आन्दोलनमा रहेका उनीहरुले अब भने निर्णायक आन्दोलन गर्ने बताएका छन्। तर निर्णायक आन्दोलनको स्वरुप कस्तो हुने भन्ने विषयमा भने अझै खुलाइएको छैन।
घटना घटेको १२ औं दिन हुँदा पनि दोषि माथि कुनै कारबाही हुन नसकेको भन्दै उनीहरुले अब निर्णायक आन्दोलन गर्ने बताएका हुन्। उनीहरुले अधुरो सम्झौताको आडमा आन्दोलनबाट पछि नहट्ने बताएका छन्।
उनीहरुले जेल विथआउट बेल, वैज्ञानिक पारिश्रमिक, एथेस्ट पिजि सेट लगायत माग पनि उनीहरुले अघि सारेका छन्। दोषिलाई कारबाही नभएसम्म आन्दोलन नरोकिने नेपाल मेडिकल कलेज संघर्ष समितिले जनाएको छ।
सुरक्षाको ग्यारेण्टी नभई काम गर्न नसक्ने उनीहरुको भनाई छ। जेठ १४ गते उपचारको क्रममा बिरामीको मृत्यु भएपछि आफन्तले उपचारमा संलग्न चिकित्सक माथि हातपात गरेका थिए।
दोषिलाई कारबाहीको माग गर्दै उनीहरु डा. गुञ्जन खड्का संयोजकत्वको संघर्ष समिति बनाएर १२ औं दिनदेखि आन्दोलनमा छन्।