दाङ- राप्ति स्वास्थ्य बिज्ञान प्रतिष्ठानले एमबीबीएसका विद्यार्थीलाई स्वागत गरेको छ। यही वर्षदेखि एमबीबीएस अध्ययन अनुमति पाएको प्रतिष्ठानले बिहिबार बिएनएस, बिएस्सि नर्सिङ र एमबिबिएस बिद्यार्थीहरुलाई स्वागत गरेको हो।
प्रतिष्ठानका उपकुलपति डा विकास लामिछाने, निमित्त शिक्षाध्यक्ष प्राडा वसन्त लामीछाने, रजिष्ट्रार प्रा श्याम लम्साल, निमित्त डिन डा रमेश कँडेल, निमित्त अस्पताल निर्देशक डा जनार्दन पन्थीले विद्यार्थिहरुलाई खादा, माला, टिका लगाएर स्वागत गरेका थिए।
सो अवसरमा वोल्दै प्रतिष्ठानका उपकुलपति डा. लामिछानेले प्रतिष्ठानको भौतिक पूर्वाधारले सम्पन्न गर्न वर्तमान नेतृत्व अत्यन्तै क्रियाशिल भएर लागि परेको बताए। उनले प्रतिष्ठानमा ४०० बेडको टिचिङ्ग अस्पतालको भवनको प्रधानमन्त्रीबाट नै शिलन्यास गर्ने गरी तयारी भइरहेको पनि जानकारी दिए।
प्रतिष्ठानको समग्र विकासका लागि यहाँका राजनितिक दल, नागरिक समाज, सरोकारवाला पक्षले अत्यन्तै सकारात्मक ढंगले सहयोग गरेको बताउँदै दाङलाई मेडिकल हवकारुपमा विकास गर्ने गरी साझा योजना तथा रणनिति बनाएर अघि बढ्नुपर्नेमा जोड दिए।
त्यस्तै प्रतिष्ठानका निमित्त शिक्षाध्यक्ष प्राडा वसन्त लामिछानेले एमबीबीएस र नर्सिङका विद्यार्थिहरुलाई पढाइ र बसाइको शिलशिलामा कुनै कमजोरी नहुने गरी तयारी गरिएको बताए। दाङमै एमबीबीएस, नर्सिङ पढ्न पाउनु अत्यन्तै सुखद कुरा भएको उल्लेख गरे।
भन्दै स्वास्थ्य क्षेत्रमा दाङ अघि बढ्दै गएको प्रतिष्ठानले समग्रमा शन्देश दिन सफल भएको बताए। प्रतिष्ठानका रजिष्ट्रार प्रा श्याम लम्सालले एमबीबीएस र नर्सिङको पढाई दाङमै गर्ने गरी पूर्वाधार, कार्यक्रम अघि बढ्नु दाङवासीका लागि ऐतिहासिक काम भएको भन्दै यहाँको सामाजिक, आर्थिक विकासमा टेवा पुग्ने विश्वास ब्यक्त गरे।
यसैगरी प्रतिष्ठानका निमित्त अस्पताल निर्देशक डा जनार्दन पन्थीले दाङमै एमबीबीएस पढाइ सञ्चालन गर्नका निमित्त आफू लगातार लागी परेको भन्दै प्रतिष्ठानको विकासका लागि आफूले धेरै सहेर आजको दिनमा सफलता हासिल भएको चर्चा गरे। कार्यक्रममा एमबीबीएस कोर्डिनेटर डा निरज पाण्डे र स्कुल अफ नर्सिङ कलेजकी प्रिन्सीपल प्रा अम्विका पौडेलले विद्यार्थि र अभिभावकलाई एमबीबीएस र नर्सिङको तयारी कक्षाका बारेमा जानकारी गराएका थिए।