काठमाडौं- धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको जुनियर रेसिडेन्टहरुको संस्था जुनियर रेसिडेन्ट वेलफेयर सोसाइटी (जेआरडब्लुएस) को प्रवक्तामा डा पदम नेपाली नियुक्त भएका छन्। सोसाइटीको कार्यकारी समितिको बैठकले सर्बसम्मत रुपमा उनलाई प्रवक्ताको जिम्मेवारी दिएको हो।
रेसिडेन्टहरुको संस्थामध्ये जुनियर वेलफेयर सोसाइटी निकै सक्रिय सस्थाको रुपमा चिनिन्छ। जुनियर रेसिडेन्टहरुको हक-अधिकारको बारेमा पैरवी गर्ने, लड्ने र आवश्यक पर्दा आन्दोलन नै गर्ने जुनियर वेलफेयर सोसाइटी चिकित्सा शिक्षा र सेवाको सुधार र विकृतिको बारेमा समेत जोडदार आवाज उठाउने गर्दछ। त्यसैगरी समाजसेवा, स्वास्थ्यसेवा र स्वास्थ्य शिविरमा समेत जेआरडब्लुएसले आफ्नो भूमिका निभाउँछ।
सत्याग्रही डा गोविन्द केसीको जीवनरक्षाका लागि विभिन्न दबाबमुलक कार्यक्रम गर्दै आएको र भविष्यमा पनि स्वास्थ्य सेवा र शिक्षामा हुने विकृति र आवासीय चिकित्सकहरुको हकहितका लागि सक्रिय भएर लड्ने र संगठनलाई चुस्त बनाइने प्रवक्ता डा नेपालीले बताए।