काठमाडौं- ट्रयान्क्विलिटी इन्टरनेशनल ब्युटी एण्ड स्पा एकेडेमीले रोजगारीको ग्यारेन्टी सहित तीन महिने 'स्पा थेरापिष्ट'को तालिम दिने बताएको छ। काठमाडौंको कमलादीस्थित हेरिटेज प्लाजामा रहेको ट्रयान्क्विलिटी इन्टरनेशनल ब्युटी एण्ड स्पा एकेडेमीले 'स्पा थेरापिष्ट'का लागि भर्ना सुरु भएको बताएको हो।
हेरिटेज प्लाजामा उक्त तालिम सञ्चालन गरिने एकेडेमीका कार्यकारी निर्देशक सुरेश पुरीले बताए। आफूले तालिम दिएकाहरु हालसम्म बेरोजगार बस्नु नपरेको उनको भनाइ छ। सन् २००९ मा ट्रयान्क्विलिटी ब्युटी एकेडेमीका रुपमा उक्त संस्था स्थापना भएको थियो। हाल ट्रयान्क्विलिटी इन्टरनेशनल ब्युटी एण्ड स्पा एकेडेमीका रुपमा सञ्चालित छ। सेन्टरले हालसम्म १५०० जना स्वदेशी तथा ३०० विदेशीलाई स्पा थेरापिष्ट सहित विभिन्न तालिम दिएको पुरीले बताए।
सेन्टरका ट्रेनिङ कोअर्डिनेटर राजेश फैजुले आवश्यकता अनुसार ६ दिनदेखि एक वर्षसम्मका तालिमको डिजाइन गरेको बताए। न्युन आय भएकाहरुलाई बैंकबाट कर्जना समेत व्यवस्था गरेर तालिम दिँदै रोजगारी दिने गरिएको उनको भनाइ छ।
उनले थपे, 'यस एकेडेमीले स्वीजरल्याण्ड, थाइल्याण्ड, दुबई, भारत लगायत देशका प्रतिष्ठित कलेज तथा तालिम केन्द्रहरूबाट तालिमप्राप्त, अनुभवी एवं दक्ष प्रशिक्षकका साथै आयुर्वेद चिकित्सक ऐश्वर्य श्रेष्ठबाट प्रशिक्षण गराइरहेका छौं।'
तालिमप्राप्त जनशक्तिको उच्च माग र आवश्यकतालाई मध्यनजर गर्दै सेन्टरले डिप्लोमा इन स्पा थेरापी, बेसिक इन मसाज थेरापी, आयुर्वेदा फाउन्डेसन कोर्स तथा एडभान्स डिप्लोमा इन स्पा म्यानेजमेन्ट जस्ता कोर्सहरु सञ्चालन गरेको जनाएको छ।
स्पा एकेडेमीबाट तालिम लिए पश्चात स्वरोजगार तथा व्यावसायिक सुरुवात गर्न चाहनेहरूलाई अत्यन्त उपयोगी हुनुका साथै वैदेशिक रोजगारीमा जान चाहनेहरुले आकर्षक तलब सहित सम्मानजनक जागिर प्राप्त गर्न सक्ने एकोडेमीको विश्वास लिएको छ।
ट्रयान्क्विलिटी इन्टरनेशनल ब्युटी एण्ड स्पा एकेडेमी नेपालका अधिकांश पाँचतारे होटलमा सेवा दिइरहेको छ। स्पा तथा वेलनेश जगतमा नेपालकै सबैभन्दा ठूलो र स्तरीय स्पा चेन भएको ट्रयान्क्विलिटी स्पा प्रालिको भगिनी संस्था हो।