अत्तरिया– कैलालीको अत्तरियामा सुदूरपश्चिम डेन्टल हस्पिटल सञ्चालनमा आएको छ। डा अच्युत भट्ट र डा रोशन भट्टको समूहले डेन्टल हस्पिटल सञ्चालनमा ल्याएका हुन्।
अस्पतालले सेवा सुरु गरेको अवसर पारेर एक महिनासम्म निःशुल्क चेकजाँचको व्यवस्था गरेको छ। अस्पताल अत्तरिया चोक नजिकै धनगढी रोडमा रहेको छ।
अस्पतालमा अत्याधुनिक डेन्टल चियर, स्टेरिलिसेसन मेसिन, एक्सरे मेसिन लागायतका अत्याधुनिक उपकरण तथा सामग्री राखेर सेवा दिन थालिएको सञ्चालकले जनाएका छन्।