स्किन बुस्टर पछिल्लो समय एकदमै प्रयोग रहेको उपचार विधी हो । स्किन बुस्टर भन्नाले इन्जेक्सनहरु बुझिन्छ । हाम्रो शरीरमा हाइलोनिक एसिड नामक तत्व रहेको हुन्छ । जुन सुगरबाट बनेको हुन्छ । शरीरमा पानीलाई सञ्चय गरेर राख्ने काम यसले गर्छ।
यसको प्रयोग विभिन्न अवस्थामा हुने गर्छ । छालामा चमक बढाउन, हाइड्रेसन ल्याउन,चाउरीपना घटाउन समेत स्किन बुस्टरको प्रयोग हुने गरेको छ ।
शरीरमा भइरहेको मोस्चराइजिङ तत्वहरुलाई आवश्यक परेको अवस्थामा स्किन बुस्टरको रुपमा दिने गरिन्छ। छालाका लागि निकै महत्वपूर्ण मानिने हाइलोनिक एसिड स्किन बुस्टरमा रुपमा दिँदा छाला एकदमै चम्किलो हुन्छ।
उपचार विधि
छालालाई लाटो बनाउने एक प्रकारको एक क्रिम लगाएको आधा घन्टा राखेपछि इन्जेक्सनको सहायताले स्किन बुस्टर दिने गरिन्छ। सुरुवात गरेको १५,२० मिनेटपछि उपचार सकिन्छ । असर कम हुने भएकोले पनि यो विधी पछिल्लो समय एकदमै प्रचलनमा रहेको छ। छालालाई टाइट गर्ने तथा चमक बढाउनका लागि यो प्रचलित विधी हो। छालालाई लामो समयसम्म फाइदा गर्ने कोलाजिन जस्ता तत्वहरु समेत समावेश गरिने भएकोले यो प्रभावकारी विधी हो ।
इन्जेक्सनको माध्यमबाट दिइने स्किन बुस्टरले दुईदेखि तीन साताको फरकमा दिँदा प्रभावकारी रुपमा काम गर्छ । यसरी तीनपटक स्किन बुस्टर दिदाँ त्यसले ६ महिनासम्म काम गर्छ।
महंगो हुनुको कारण
मलिक्युलहरु महंगो हुने भएकोले यस प्रकारको उपचार विधि केही महंगो भने छ । यद्यपि यसमा बिरामीले यस प्रकारको विधिबाट सन्तुष्टि भने लिने गरेका छन् । स्किन बुस्टरका कारण शरीरका खासै असर पार्दैन। इन्जेक्सनको राम्रोसँग लगाउन नजानेमा लगाएको ठाउँमा डल्लाडल्ली आउने, सामान्य रातो डाबर आउने सामान्य असरहरु कसैलाई देखा पर्न सक्छन्।
कसलाई दिनु हुँदैन स्किन बुस्टर ?
गर्भवती तथा स्तनपान गराइरहेका महिला, आइरोनिक एसिडजन्य औषधिको असर पर्ने महिलाहरुले भने यस विधिको प्रयोग गर्नु राम्रो मानिदैन । यद्यपि यो छालाको उपचारमा प्रयोग हुने सुरक्षित उपचार विधि हो।
यसले हजार पटकसम्म आफ्नो तौल भन्दा बढी पानी तान्ने गर्छ । यसले छालालाई तन्काउने,चाउरीपनालाई घटाउने लगायतका काम गर्छ। छालालाई चमकदार तथा मुलायम बनाउनका लागि यो पछिल्लो समय बढी प्रचलित विधी हो। वर्ष दुई पटक ६/६ महिनाको अन्तरमा स्किन बुस्टर गर्दाे यो बढी प्रभावकारी हुन्छ।
(डा भूषाल मिराकल स्किन, हेयर एन्ड एस्थेटिक क्लिनिकमा कार्यरत छन्)