काठमाडौं– विश्वभर कोरोना संक्रमितको संख्या ६ करोड ८ लाख नाघेको छ। शुक्रबार बिहानसम्म जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको तथ्यांक अनुसार विश्वभर ६ करोड ८ लाख ८० हजार १ सय ४५ जना संक्रमित भएको तथ्यांक रहेको छ।
अमेरिकामा संक्रमितको संख्या एक करोड २८ लाख ७९ हजार ८ सय ६४ पुगेको छ। त्यस्तै भारतमा ९२ लाख ६६ हजार ७ सय ५, ब्राजिलमा ६१ लाख ६६ हजार ६ सय ६ र रुसमा २१ लाख ६९ हजार ४ सय २४ जनामा ंसंक्रमण पुष्टि भएको तथ्यांक रहेको छ।
त्यस्तै पछिल्लो तथ्यांक अनुसार १४ लाख ३० हजार ८ सय २२ जना कोरोना संक्रमितको मृत्यु भएको तथ्यांकमा उल्लेख गरिएको छ।
अमेरिकामा २ लाख ६३ हजार ४ सय १३ , ब्राजिलमा १ लाख ७० हजार ७ सय ६९, मेक्सीकोमा एक लाख ३ हजार ५ सय ९७, बेलायतमा ५७ हजार १ सय २८, इटालीमा ५२ हजार ८ सय ५० जनाको मृत्यु भएको छ ।
विश्वभर तीन करोड ९० लाख ४ हजार ८ सय जना संक्रमणमुक्त भएका छन्।
शुक्रबार बिहानसम्मको तथ्यांक अनुसार ब्राजिलमा ५५ लाख ३४ हजार १०, अमेरिकामा ४८ लाख ७१ हजार २ सय ३ , रुसमा १६ लाख ७१ हजार ३ सय ४९ जना संक्रमणमुक्त भएका छन्।
नेपालमा पनि दुई लाख २७ हजार ६ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये दुइ लाख ९ हजार ४ सय ३५ जना संक्रमणमुक्त भएका छन् भने एक हजार ४ सय १२ जनाको मृत्यु भएको छ।
भारतमा संक्रमितको संख्या ९२ लाख ६६ हजार ७ सय ५ पुगेको छ। भारतमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या एक लाख ३५ हजार २ सय २३ पुगेको छ। भारतमा हालसम्म ८६ लाख ७९ हजार १ सय ३८ जना संक्रमित संक्रमणमुक्त भएका छन्।
पाकिस्तानमा हालसम्म ३ लाख ८६ हजार १ सय ९८ जना संक्रमित भएका छन्। संक्रमितमध्ये पाकिस्तानमा ७ हजार ८ सय ४३ जनाको मृत्यु भएको छ। पाकिस्तानमा हालसम्म ३ लाख ३४ हजार ३ सय ९२ जना उपचारपछि निको भएका छन्।
बंगलादेशमा कोरोना संक्रमितको संख्या ४ लाख ५६ हजार ४ सय ३८ पुगेको छ। बंगलादेशमा हालसम्म ६ हजार ५ सय २४ जनाको मृत्यु भएको छ। उपचारपछि निको हुनेको संख्या बंगलादेशमा ३ लाख ७१ हजार ४ सय ५३ छ।
अफ्गानिस्तानमा संक्रमितको संख्या ४५ हजार ७ सय १६ पुगेको छ। अफगानिस्तानमा १ हजार ७ सय ३७ जनाको मृत्यु भइसकेको छ भने ३६ हजार २ सय ३२ जना उपचारपछि निको भएका छन्।
श्रीलंकामा संक्रमितको संख्या २२ हजार २८ जना रहेको छ। संक्रमणपछि मृत्यु हुनेको संख्या ९९ छ भने निको हुनेको संख्या १५ हजार ८ सय १६ रहेको छ।
माल्दिभ्समा संक्रमितको संख्या १२ हजार ८ सय ८९ जना रहेको छ। मृत्यु हुनेको संख्या ४६ छ भने उपचारपछि निको हुनेको संख्या ११ हजार ७ सय १७ पुगेको छ ।
भुटानमा संक्रमितको संख्या ३८६ पुगेको छ। उपचारपछि निको हुनेको संख्या ३६७ छ।