मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, असोज १०, २०८३
Sat, Sep 26, 2026
शनिबार, असोज १०, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने
‘विद्युतीय माध्यमबाट स्वास्थ्य बीमामा आबद्धता तथा बीमालेख नवीकरण सम्बन्धी कार्यविधि, २०८३’ बमोजिम सञ्चालनमा ल्याइएको प्रणाली राष्ट्रिय परिचयपत्र (एनआईडी)सँग अन्तरआवद्ध गरिएको छ। एनआईडी नभएका परिवारका सदस्यले भने म्यानुअल रूपमा डिजिटल विवरण पेश गर्न सक्ने व्यवस्था गरिएको छ।
शुक्रबार, साउन २९, २०८३
पूर्वप्रहरी कर्मचारी परिषद् र केएमसीबीच सम्झौता : द्वन्द्वपीडितलाई उपचारमा शतप्रतिशतसम्म छुट, पाँच जनालाई निःशुल्क मिर्गौला प्रत्यारोपण
सम्झौताअनुसार आईभीएफ, सीटीभीएस, कलेजो प्रत्यारोपण, क्याबिन बसाइ, प्लास्टिक तथा कस्मेटिक सर्जरी र अन्य कस्मेटिक सर्जरीमा छुट उपलब्ध हुने छैन । त्यस्तै, इम्प्लान्ट, सर्जिकल सामग्रीलगायत चिकित्सासम्बन्धी सामग्री तथा औषधिमा पनि छुट लागू हुने छैन।
शुक्रबार, साउन २९, २०८३
निजी मेडिकल कलेजले निर्वाह भत्ता दिन्न भन्न मिल्दैन: शिक्षा मन्त्री पोखरेल
'सरकारको निर्णय मान्दिन भन्न मिल्दैन,' छलफलका क्रममा मन्त्री पोखरेलले भने, 'निजी मेडिकल कलेजका समस्याका विषयमा सरकारसँग टेबलमा बसेर छलफल गरी निकास निकाल्न सकिन्छ। तर सरकारको निर्णय नै मान्दिन भनेर उहाँहरूले भन्न मिल्दैन।'
शुक्रबार, साउन २९, २०८३
स्वास्थ्यमा सरुवा, को कहाँ?
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मातहतका केही कर्मचारीको जिम्मेवारी हेरफेर गरेको छ। स्वास्थ्य मन्त्रालयले स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखाका प्रमुख डा. मदन उपाध्यायलाई सरुवा गर्दै वीर अस्पताल पठाउने निर्णय गरेको छ। डा. उपाध्यायको सरुवासँगै परिवार कल्याण महाशाखा प्रमुखको जिम्मेवारी डा. ओम अर्यालले पाएका छन्। डा. अर्याल भरतपुर अस्पतालमा कार्यरत थिए।
शुक्रबार, साउन २९, २०८३
स्वास्थ्य बीमाअन्तर्गत ३७६ स्वास्थ्य संस्थालाई ३ अर्ब ५६ करोड भुक्तानी
स्वास्थ्य बीमा कार्यक्रमको २०८२ माघ र फागुन महिनाको सेवाबापत स्वास्थ्य संस्थाहरूलाई उक्त रकम भुक्तानी गरिएको हो। भुक्तानी पाउनेमा सरकारी अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र,नगर अस्पताल,आँखा अस्पताल तथा निजी तथा शिक्षण अस्पतालसमेत छन्।
शुक्रबार, साउन २९, २०८३
सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा खगराज भट्ट, सामाजिक विकास मन्त्रीमा सन्तोष शर्मा थापा
शुक्रबार, साउन २९, २०८३
युएनएफपिएसँग स्वास्थ्य क्षेत्रमा दीर्घकालीन सहकार्यबारे छलफल
शुक्रबार, साउन २९, २०८३
दाइको कलेजो प्रत्यारोपणबाट जीवनदान, भाइसँग प्रेमपछि विवाह तय
डट्सन र नोआको कथा त्यसैले एउटा असाधारण प्रेमकथा मात्र होइन, अंगदानले कसरी एक जीवन बचाउन सक्छ र त्यसको प्रभाव पुस्तौँसम्म फैलिन सक्छ भन्ने भावुक उदाहरण पनि बनेको छ।
शुक्रबार, साउन २९, २०८३
गोकर्णेश्वरवासीलाई नेपाल मेडिकल कलेजमा १ लाखसम्म निःशुल्क उपचार सुविधा
बिहीबार आयोजित कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यामनारायण गौली र नेपाल मेडिकल कलेजकी प्रबन्ध निर्देशक डा. सबिहा यासमिनले सम्झौतापत्रमा हस्ताक्षर गरे। स्थानीय नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न कलेजले नगरपालिकासँग सहकार्य गरेको हो।
शुक्रबार, साउन २९, २०८३
सर्पदंश र रेबिजविरुद्धका भ्याक्सिन टेकु केन्द्रीय स्टोरमा आइपुग्यो
बिहीबार, साउन २८, २०८३
नेपालमा नर्सिङ शिक्षा, सेवा र पेशागत अवस्था: अवसर र चुनौती
स्टाफ नर्सको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि आधुनिक ठूला अस्पतालहरूमा त्यति मात्र पर्याप्त हुँदैन। शिक्षण अस्पतालहरूले आफ्नै परिसरमा तालिम दिई विशेषज्ञ नर्स उत्पादन गर्ने तर आफ्नै संस्थाको संस्थागत संरचनामा यस्ता जनशक्तिको भूमिकालाई स्पष्ट रूपमा समावेश नगरेसम्म न त नर्सिङ सेवाको विस्तार हुन्छ न विशेषज्ञ नर्स उत्पादन गर्नुको औचित्य नै रहन्छ। स्नातकोत्तर गरेका विशेषज्ञहरू केवल कलेजका शिक्षकमा मात्र रोजगार हुने अवस्था छ।
बिहीबार, साउन २८, २०८३
स्वास्थ्यकर्मीमाथिको हिंसा अन्त्य गर्न जवाफदेहिता निगरानी समितिको सरकारसँग आठबुँदे माग
समितिले स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थामाथिको हिंसा मानव अधिकारको विषय भएको उल्लेख गर्दै सुरक्षित वातावरणमा काम गर्न पाउने अधिकार सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराएको छ। अस्पताल शान्ति क्षेत्र भएकाले त्यहाँ हुने हिंसाले स्वास्थ्यकर्मीलाई मात्र नभई आम नागरिकको स्वास्थ्य अधिकारसमेत प्रभावित गर्ने समितिको निष्कर्ष छ।
बिहीबार, साउन २८, २०८३
आयुर्वेद चिकित्सा परिषदको अध्यक्षमा सिद्धार्थ कुमार ठाकुर नियुक्त
बिहीबार, साउन २८, २०८३
वीर अस्पतालको निर्देशकमा डा. विकास नेपाल
बिहीबार, साउन २८, २०८३
निजी मेडिकल कलेजविरुद्ध आज इन्टर्न र आवासीय चिकित्सकको ‘पेनडाउन’
चिकित्सा शिक्षा आयोगले सञ्चालन गर्ने यस वर्षको एकीकृत प्रवेश परीक्षा नजिकिँदै गर्दा निजी मेडिकल कलेज एसोसिएसनले सिट तथा शुल्क वृद्धि गराउन सरकारमाथि दबाब सिर्जना गर्ने उद्देश्यले आवासीय तथा इन्टर्न चिकित्सकको पारिश्रमिक रोकिएको अभियानको दाबी छ।
बिहीबार, साउन २८, २०८३
सभ्य समाजको असली परिचय: अशक्त नागरिकलाई राज्यले गर्ने व्यवहार !
बेलायतमा अपाङ्गता भन्नाले केवल हातखुट्टा चलाउन नसक्ने वा देखिने किसिमको शारीरिक समस्या मात्र बुझिँदैन। दीर्घकालीन रोग, मानसिक स्वास्थ्य समस्या, अटिजम, सिकाइसम्बन्धी कठिनाइ, स्नायुसम्बन्धी समस्या, उमेरसँगै आउने शारीरिक कमजोरी तथा दुर्घटनाबाट भएका स्थायी असरहरू पनि अपाङ्गताको दायरामा पर्छन्। त्यसैले अपाङ्गता आजको समाजमा स्वास्थ्य, रोजगारी, सामाजिक सुरक्षा र समान अवसरसँग जोडिएको ठूलो विषय बनेको छ।
बिहीबार, साउन २८, २०८३
नियम नमान्ने मेडिकल कलेजको सिट घटाऊ, अटेरी दोहोरिए सम्बन्धन खारेज गर
कलेज सञ्चालकको दबाब, धम्की वा राजनीतिक पहुँचका अगाडि राज्य झुक्ने हो भने त्यसको मूल्य अन्ततः विद्यार्थी र आम नागरिकले तिर्नुपर्नेछ। आज एउटा मेडिकल कलेजले नियम मिच्दा त्यसलाई छुट दिने हो भने भोलि अर्को कलेजले पनि त्यही बाटो रोज्नेछ। त्यसपछि नियम पालना गर्ने संस्था कमजोर र अटेरी गर्ने संस्था शक्तिशाली बन्ने खतरनाक अवस्था सिर्जना हुनेछ।
बुधबार, साउन २७, २०८३
अपराध संहिता र स्वास्थ्यकर्मी सुरक्षासम्बन्धी ऐन संशोधन गर्न गठित कार्यदलले बुझायो प्रतिवेदन
गत साउन १३ गते स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका मन्त्री, अन्य सरोकारवाला मन्त्रालयका पदाधिकारी तथा नेपाल चिकित्सक संघका पदाधिकारीहरूबीच भएको बैठकको निर्णयानुसार यो कार्यदल गठन गरिएको थियो। साउन १५ गते कार्यदेश पाएको कार्यदलले तोकिएको १५ दिनको समयावधिभित्रै कार्य सम्पन्न गरी प्रतिवेदन बुझाएको हो।
बुधबार, साउन २७, २०८३
चिकित्सा शिक्षा संघर्ष अभियानद्वारा निजी मेडिकल कलेजमा आन्दोलन घोषणा
अभियानका अनुसार चिकित्सा शिक्षा सुधारका लागि डा. गोविन्द केसीले उठाउँदै आएको आवाज सेलाउन नपाउँदै प्रवेश परीक्षाको पूर्वसन्ध्यामा आवासीय तथा इन्टर्न चिकित्सकहरूको वर्षौंदेखिको पारिश्रमिक तथा तलब रोक्ने र उनीहरूलाई आन्दोलनमा उत्रिन बाध्य बनाउने प्रयास भएको छ। त्यसैको आडमा मेडिकल कलेजको सिट तथा शुल्क वृद्धि गराउन सरकारमाथि दबाब सिर्जना गर्न खोजिएको अभियानको आरोप छ।
बुधबार, साउन २७, २०८३
कस्ता खानेकुराले बिगार्छ कलेजो?
कलेजो शरीरको सबैभन्दा महत्त्वपूर्ण अंग हो। मस्तिष्कजस्तै संवेदनशील र जटिल अंग हो कलेजो। कलेजोको मुख्य काम शरीरको विषाक्त पदार्थ बाहिर निकाल्नु हो। यसका साथै, यसले पाचन प्रक्रिया र मेटाबोलिज्मलाई सन्तुलनमा राख्छ।
बुधबार, साउन २७, २०८३
किन पटक-पटक उमालेको दूध पिउनु हुँदैन?
दूधमा मानव शरीरलाई चाहिने आवश्यक पोषक तत्त्वहरू हुन्छन्। दूधमा हड्डीदेखि दाँत बलियो बनाउनेसम्मका पोषण तत्त्व पाइन्छ। यसमा क्याल्सियम, फोस्फोरस, प्रोटिन, भिटामिन बी-१२, भिटामिन 'ए' लगायत स्वास्थ्यवर्धक तत्त्व पाइन्छ। तर, दूधलाई बारम्बार उमालेर खाएमा यी पौष्टिक तत्त्वहरू नष्ट हुन्छन्।
बुधबार, साउन २७, २०८३
आईभीएफ सेवा सुरक्षित र व्यवस्थित बनाउन सांसदहरूको माग, डिम्ब तस्करी प्रकरणमा कडा कारबाही हुनुपर्ने
बैठकमा बोल्दै सांसद डा. ओजस्वी शेरचनले प्राकृतिक रूपमा सन्तान प्राप्त गर्न नसक्ने दम्पतीका लागि आईभीएफलगायत प्रविधि महत्वपूर्ण भए पनि यस संवेदनशील सेवामा बिरामीको सुरक्षा, उपचारको गुणस्तर र खर्चमा पारदर्शिता सुनिश्चित गर्न स्पष्ट कानून आवश्यक रहेको बताइन्।
बुधबार, साउन २७, २०८३
पदभन्दा पेशा, हैसियतभन्दा क्षमता: स्वास्थ्य संस्थाको नेतृत्व कस्तो हुनुपर्छ ?
स्वास्थ्य संस्थामा नेतृत्व चयन गर्दा एउटा सरल तर गहन सिद्धान्त अपनाउन सकिन्छ - सही व्यक्ति, सही ठाउँमा । क्लिनिकल सेवामा उत्कृष्ट व्यक्तिलाई क्लिनिकल नेतृत्व दिन सकिन्छ; व्यवस्थापनमा दक्ष व्यक्तिलाई प्रशासनिक जिम्मेवारी दिन सकिन्छ; र अनुसन्धान तथा शैक्षिक क्षेत्रमा उत्कृष्ट व्यक्तिलाई शैक्षिक नेतृत्व दिन सकिन्छ । अन्ततः स्वास्थ्य संस्थाको नेतृत्वले सोध्नुपर्ने प्रश्न पद कति ठूलो छ भन्ने होइन, बरु त्यो पदमा बसेको व्यक्तिले संस्था, स्वास्थ्यकर्मी र बिरामीप्रति कति इमानदार र सक्षम ढंगले जिम्मेवारी निर्वाह गर्न सक्छ भन्ने नै हो।
बुधबार, साउन २७, २०८३
काठमाडौंका होटल–रेस्टुरेन्टमा हुक्का र चुरोट प्रयोगमा कडाइ, उल्लंघन गरे कारबाही हुने
मंगलबार, साउन २६, २०८३
इन्टर्न डाक्टरको दुःखमा निजी–सरकारी विभेद गर्न हुँदैन : सांसद धिताल
धितालका अनुसार निजी मेडिकल कलेजमा इन्टर्न डाक्टरले औसत १० हजार रुपैयाँ र सरकारी मेडिकल कलेजमा २४ हजार रुपैयाँ निर्वाह भत्ता पाउँदै आएका छन्। निजी र सरकारी मेडिकल कलेजका लागि एउटै मापदण्ड बनाउन कठिन भए पनि भत्तामा यति ठूलो अन्तर हुनु न्यायोचित नभएको उनको भनाइ छ।
मंगलबार, साउन २६, २०८३
जापानीज इन्सेफलाइटिसबाट ९ जनाको मृत्यु, सबैभन्दा बढी कोशी प्रदेशमा
उपलब्ध तथ्यांकअनुसार जापानीज इन्सेफलाइटिसबाट सबैभन्दा बढी मृत्यु कोशी प्रदेशमा भएको छ। कोशीमा मात्रै ६ जनाको मृत्यु भएको छ। झापामा ३ जना तथा इलाम, मोरङ र सुनसरीमा १–१ जनाको मृत्यु भएको विभागको तथ्यांक छ।
मंगलबार, साउन २६, २०८३
नर्भिक इन्टरनेशनल हस्पिटल र हेल्थ एट होमबीच सहकार्य
विशेषगरी अस्पतालबाट डिस्चार्ज भएका, नियमित हेरचाह आवश्यक पर्ने, ज्येष्ठ नागरिक, दीर्घरोगी, शल्यक्रियापछि पुनर्स्थापनामा रहेका र अस्पतालसम्म जान कठिन हुने बिरामी यसबाट लाभान्वित हुनेछन्। सम्झौताअन्तर्गत दुवै संस्थाबीच स्वास्थ्यकर्मीको तालिम, ज्ञान आदानप्रदान तथा बिरामी हेरचाहमा समन्वय हुनेछ।
मंगलबार, साउन २६, २०८३
नेपालका चिकित्सकको हेरचाह कसले गर्ने?
यो अस्पताल र चिकित्सकबीच द्वन्द्व सिर्जना गर्ने विषय होइन। यो सबैका लागि न्यायपूर्ण स्वास्थ्य प्रणाली निर्माण गर्ने विषय हो। निरन्तर थकित, कम पारिश्रमिकमा काम गरिरहेको र आफ्नो भविष्यप्रति सधैँ चिन्तित चिकित्सकबाट उत्कृष्ट सेवा अपेक्षा गर्नु पनि न्यायसङ्गत हुँदैन। चिकित्सकको हेरचाह गर्नु भनेको अन्ततः बिरामीको हेरचाह गर्नु हो।
मंगलबार, साउन २६, २०८३
अधिकार माग्दा धम्की दिइएको जानकी मेडिकल कलेजका इन्टर्नको गुनासो
कलेजका क्लिनिकल को–अर्डिनेटर प्रा. डा. आर.एन. मण्डलले विभागीय प्रमुखहरूलाई पठाएको पत्रमा इन्टर्नहरूले आफूखुसी र बिना कुनै अग्रिम जानकारी अचानक कामकाज बन्द गरेको उल्लेख गरिएको छ। यस्तो कार्यले विभागको अनुशासन, नियम तथा नियमनको मर्यादा उल्लंघन भएको पत्रमा जनाइएको छ।
मंगलबार, साउन २६, २०८३
सेतो कोटभित्रको कालो श्रम शोषण: इन्टर्न र रेजिडेन्ट डाक्टरहरूको भविष्यमाथि खेलबाड कहिलेसम्म?
चिकित्सकहरू समाजका जीवनरक्षक हुन्, उनीहरूलाई सेतो कोटभित्रको 'आधुनिक दास' बनाउने छुट कसैलाई छैन। यदि राज्यले आज उनीहरूको जायज माग र श्रमको सम्मान गरेन भने मुलुकबाट दक्ष चिकित्सकहरूको पलायन अझ तीव्र हुनेछ र यसको प्रत्यक्ष मार अन्ततः आम नेपाली जनताले नै भोग्नुपर्नेछ। तसर्थ, राज्यले कलेज सञ्चालकहरूको हठ अगाडि नझुकी युवा डाक्टरहरूको न्यायपूर्ण माग तुरुन्त सम्बोधन गरोस्।
मंगलबार, साउन २६, २०८३
Previous
12
13
14
15
16
Next
सर्च गर्नुहोस्
×
Search