– रायोको सागमा भिटामिन–ए प्रशस्त पाइने भएकाले यसले रतन्धोलगायत रोगबाट केटाकेटीलाई बचाउँछ ।
– रुघा लागेमा रायोको दाना पिसेर यसलाई महमा मिसाई सुँघ्नाले सञ्चो हुन्छ ।
– पाचनशक्ति कमजोर छ भने रायोको दाना पिसेर यसलाई तरकारीमा हालेर हप्तादिनजति खानाले पाचनशक्ति बलियो बन्दै जान्छ । यसो गर्नाले भोक नलाग्ने समस्या पनि हटेर जान्छ
– रायोको गेडाको चूर्णलाई तातोपानीमा हालेर घोली कुल्ला गर्नाले दाँतको दुखाइ कम हन्छ ।
– बच्चाको ओछ्यानमा पिसाब फेर्ने बानी छ भने उसलाई रायोको चूर्णलाई चिसोपानीमा मिसाएर पिलाउने गर्नुपर्छ ।
स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।