काठमाडौं- नेपाली कांग्रसका नेता तथा पूर्व स्वास्थ्यमन्त्री गगन थापाले प्रधानमन्त्री केपी शर्मा अोलीलार्इ नेपालको मेडिकल शिक्षाको विषयमा हासिल गरेको ज्ञानको अाधार के हो भन्ने प्रश्न गरेका छन्।
स्वास्थ्य खबरको विशेष कार्यक्रम 25मा थापाले उक्त प्रश्न गरेका हुन्। उनले नेपालको मेडिकल शिक्षाका विषयमा अाफूले पाएको अधिकांश ज्ञान डा गोविन्द केसी, त्रिविका पूर्व उपकुलपति केदारभक्त माथेमा, डा भगवान कोइराला, डा अर्जुन कार्की, डा रमेशकान्त अधिकारी लगायतका यो क्षेत्रका विज्ञहरु र प्रतिवेदन भएको बताएका छन्। 'प्रधानमन्त्रीज्यूलार्इ म प्रश्न गर्न चाहन्छु नेपालको मेडिकल शिक्षाका विषयमा तपाईंले पाएको ज्ञानको अाधार के हाे ?' कार्यक्रममा थापाले भने।
चिकित्सा शिक्षा क्षेत्रको सुधारको माग राख्दै डा केसीले १५ औं अनसन सुरु गरेपछि डा केसीमा माग र उनका मागविपरीत सरकारले ल्याउन खोजेको चिकित्सा शिक्षा विधेयक लगायतका विषयमा थापासँग 25मा कुराकानी भएको छ। हेरौं सांसद थापाले स्वास्थ्यखबरका मेडिकल एडिटर डा सुवास प्याकुरेलसँग गरिएको भिडियो कुराकानी :