काठमाडौं– त्रिवि शिक्षण अस्पतालका डाक्टर विज्ञानराज ज्ञवालीले महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रसँग सहकार्य गरी स्पिकिङ भल्भ बनाएका छन्।
त्रिवि शिक्षण अस्पतालमा उपचारत एक बालकको श्वास नलिमा ट्रयाकेस्टोमी (श्वासप्रश्वासमा सहजता होस् भनेर घाँटीमा सानो प्वाल पार्ने सर्जरी) अर्थात ट्रयाकिए (श्वासनली)मा प्वाल पारेर ट्युब हालेकाले बोल्न नसक्ने अवस्थामा रहेको देखेपछि उनले स्पिकिङ भल्भ बनाउने सोच आएको बताए।
डा ज्ञवाली र राष्ट्रिय आविष्कार केन्द्रका इन्जिनियरहरुको टोलीले बनाएको स्पिकिङ भल्भले ती बिरामी बालक बोल्न सक्ने समेत भएका छन्।
डा ज्ञवाली र आविष्कार केन्द्रले नेपालमै बनाएको स्पिकिङ भल्भ के हो? यसले कसरी काम गर्छ? नेपालमा यसको किन आवश्यकता छ लगाएका विषयमा स्वास्थ्यखबरकी रिता लम्सालले डा ज्ञवालीसँग कुराकानी गरेकी छिन्।
प्रस्तुत छ डा ज्ञवालीसँग गरिएको भिडियो संवादः