काठमाडौं- नेपालका नाै जिल्लामा पाँच सय भन्दा बढी कोरोना भाइरस संक्रमित उपचाररत छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रदेश १ को मोरङ, प्रदेश २ को पर्सा, बागमती प्रदेशको काठमाडौं, भक्तपुर र ललितपुरमा पाँच सय बढी सक्रिय संक्रमित रहेका छ्न।
त्यसैगरी,गण्डकी प्रदेशको कास्की, लुम्बिनी प्रदेशको दाङ, बाँके र रुपन्देहीमा पाँच बढी सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
सरकारले पाँच सय बढी सक्रिय संक्रमित रहेका जिल्लामा सिडियोले निषेधाज्ञा जारी गर्न सक्ने अधिकार दिनुपर्ने कोभिड१९ संकट व्यवस्थापन केन्द्र(सिसिएमसी)ले सरकारलाई सिफारिस गरेको छ।
बाँकेमा आजदेखि पूणर्रुपमा निषेधात्रा जारी गरिएको छ। भने काठमाडौं उपत्यकामा पनि निषेधाज्ञा जारी गर्ने तयारी गरिएको छ।