काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले गत वर्षको तुलनामा स्वास्थ्य संरचनामा उल्लेखनीय सुधार गरिएको दाबी गरेका छन्।
सोमबार देशबासीको नाममा सम्बोधन गर्दै उनले सबै जसो अस्पताललाई कोभिडको उपचार गर्न सक्ने स्थितिमा पुर्याइएको बताए।
‘सबै स्थानीय तहमा पाँचदेखि १५ शय्याका आधारभूत अस्पताल निर्माण केन्द्र तथा प्रदेशमा संक्रामक रोग अस्पताल निर्माणलाई तीव्रता दिइएको छ’, उनले भने।
उनले शून्यको संख्याको रहेको पिसिआर परीक्षण ल्याब संख्या क्रमशः बढाउँदै लगिएको बताए। ‘हाल सरकारी र निजी स्तरका गरी ८७ स्थानमा पिसिआर परीक्षण हुने गरेको छ’, उनले बताए।
अप्ठ्यारोकै बीचमा आफूहरुले सबैलाई कोभिड विरुद्धको निशुल्क खोप दिने प्रक्रिया सुरु गरिसकेको उनले बताए। ‘आफ्ना देशबासीलाई खोप लगाउनेमा हामी दक्षिण एशियामा भारतपछिको दोस्रो मुलुक हौं’, उनले भने।