काठमाडाैं– लुम्बिनी प्रदेशका १२ जिल्लामा सक्रिय संक्रमितको संख्या १५ हजार १ सय १९ पुगेको छ। संक्रमितमध्ये ११ सय ६३ जना अस्पतालमा छन् भने १ सय २० जना आइसोलेन सेन्टरमा रहेका छन्। १३ हजार ८ सय ३६ जना भने होम आइसोलेनमा रहेका छन्।
लुम्बिनी प्रदेशमा हालसम्म ४८ हजार ६३ जनामा संक्रमण पुष्टि भएको छ भने ७४३ जना संक्रमितको मृत्यु भएको छ। संक्रमितमध्ये ३२ हजार २ सय ७ जना निको भएका छन्। निको हुने दर ६७ प्रतिशत रहेको छ।
हालसम्म सबैभन्दा धेरै रुपन्देहीमा फेला परेका छन्। रुपन्देहीमा १६ हजार १ सय ५९ जनामा संक्रमण पुष्टि भएको छ। रुपन्देहीपछि बाँकेमा धेरै मानिसमा संक्रमण पुष्टि भएको छ।
बाँकेमा ११ हजार ८ सय ५८ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै दाङमा ६ हजार ४ सय ३९ जनामा संक्रमण पुष्टि भएको छ। कपिलवस्तुमा २ हजार ८ सय ४९ जनामा संक्रमण पुष्टि भएको छ।
बर्दियामा २ हजार २ सय ९३ जनामा संक्रमण पुष्टि भएको छ। पाल्पामा २ हजार ७ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
बिहीबार लुम्बिनी प्रदेशका १२ जिल्लामा १७ सय ४६ जनामा संक्रमण पुष्टि भएको थियो। यसरी थपिएकामध्ये सबैभन्दा धेरै रुपन्देहीमा ८०९ जना थपिएका थिए। दाङमा ३२० र बाँकेमा १९० जना संक्रमित थपिएका थिए।